Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

कालिका कपको उपाधि नेपाल पुलिस क्लबलाई


१७ चैत ,ढोरपाटन । चैते दसैँ मेलाका अवसरमा बागलुङमा आयोजित सर्वाधिक राशिको ‘कालिका भलिबल कप’ को उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

पुलिस क्लबले घुम्टे गलकोटलाई ३–२ सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

शुक्रबार बालिका बाल उद्यानमा भएको खेलमा पुलिस क्लबले दोस्रो २५–१८, चौथो २५–२३ र पाँचौँ सेट १५–९ ले जित्यो ।

पहिलो र तेस्रो सेट घुम्टे गलकोटले जितेको थियो ।

प्रतियोगितामा विजेता बनेको नेपाल पुलिस क्लबले रु तीन लाख र उप–घुम्टे गलकोटले रु एक लाख पचास हजार हात पारेका छन् ।

यही चैत १३ गतेदेखि सञ्चालन भएको खेल शुक्रबार दिउँसो सकिएको हो ।

भलिबल प्रतियोगितामा देशभरबाट १३ समूहको सहभागिता रहेको चैते दसैँ मेला भलिबल खेलका व्यवस्थापक किशोर छन्त्यालले जानकारी दिए ।

चैते दसैँका अवसरमा हरेक वर्ष यहाँ ठूलो मेला लाग्ने गर्छ ।


प्रकाशित मिति: १७ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?