Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

कालिका कपको उपाधि नेपाल पुलिस क्लबलाई


१७ चैत ,ढोरपाटन । चैते दसैँ मेलाका अवसरमा बागलुङमा आयोजित सर्वाधिक राशिको ‘कालिका भलिबल कप’ को उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

पुलिस क्लबले घुम्टे गलकोटलाई ३–२ सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

शुक्रबार बालिका बाल उद्यानमा भएको खेलमा पुलिस क्लबले दोस्रो २५–१८, चौथो २५–२३ र पाँचौँ सेट १५–९ ले जित्यो ।

पहिलो र तेस्रो सेट घुम्टे गलकोटले जितेको थियो ।

प्रतियोगितामा विजेता बनेको नेपाल पुलिस क्लबले रु तीन लाख र उप–घुम्टे गलकोटले रु एक लाख पचास हजार हात पारेका छन् ।

यही चैत १३ गतेदेखि सञ्चालन भएको खेल शुक्रबार दिउँसो सकिएको हो ।

भलिबल प्रतियोगितामा देशभरबाट १३ समूहको सहभागिता रहेको चैते दसैँ मेला भलिबल खेलका व्यवस्थापक किशोर छन्त्यालले जानकारी दिए ।

चैते दसैँका अवसरमा हरेक वर्ष यहाँ ठूलो मेला लाग्ने गर्छ ।


प्रकाशित मिति: १७ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?