१ चैत्र ,लुम्बिनी । बुटवल उपमहानगरपालिकामा धार्मिक सङ्घ संस्थाका अगुवाहरूले धार्मिक सद्भाव कायम राख्न सबै एकजुट हुने प्रतिबद्धता जनाएका छन् । सेवा प्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न धार्मिक सङ्घसंस्थाका अगुवाहरूसँग आज भएको छलफलमा सहभागीले धार्मिक सद्भावपूर्ण सहरका रूपमा बुटवल रहेको भन्दै यसलाई एउटै छातामुनि राखेर समान व्यवहार गर्ने
१ चैत्र ,काठमाडौँ । एकीकृत सरकारी कर्मचारी सङ्गठन, नेपालको प्रथम राष्ट्रिय अधिवेशनले गगनसिंह विष्टको अध्यक्षतामा १३९ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । अधिवेशनका निर्णय सार्वजनिक गर्न यहाँ आज आयोजित पत्रकार सम्मेलनमा महासचिव प्रकाश राईले सरकारी सेवामा कार्यरत सबै कर्मचारीको हकहित संरक्षणका लागि सङ्गठनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै सरकारले
१ चैत्र , विराटनगर । युएनडिपी संसदीय सहयोग परियोजना र संसदीय पत्रकार मञ्च कोसी प्रदेशबीच आज छलफल भएको छ । परियोजनाबाट भएको सहयोगले मञ्चलाई के कति उपलब्धि हासिल भयो र आगामी दिनमा कस्तो सहयोग आवश्यक पर्ने विषयमा सुझाव लिने छलफलको उद्देश्य रहेको थियो । सो अवसरमा नेपालका लागि नर्वेका राजदूत
१ चैत ,पाटन । उपभोक्ताको हकको सुनिश्चितताका लागि व्यवसायी, उपभोक्ता र नियमनकारी निकाय तीनै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आज ललितपुरमा आयोजित अन्तक्र्रियाका वक्ताहरुले उपभोक्ता अधिकारका लागि सबै पक्ष जागरुक र सक्रिय हुनुपर्नेमा जोड दिएका हुन् । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले
१ चैत ,काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले मुलुकले पहिलोपटक सङ्घीयताको अभ्यास गरेकाले सङ्घ, प्रदेश र स्थानीय तहबीच अधिकारको बाँडफाँट तथा समन्वयमा केही समस्या र कमीकमजोरी देखिएको बताएका छन् । प्रदेश सरकारको अभ्यास, उपलब्धि र चुनौतीबारे उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा आगामी दिनमा अभ्यस्त भई सुधार हुँदै जाने विश्वास
१ चैत ,त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–३ का नरबहादुर सुनार स्थानीय छाडा गाईको संरक्षणमा लागेका छन्। करिब एक दशकअघिदेखि स्थानीय प्रजातिका छाडा गाईको संरक्षणमा लागेका सुनारको दिनचर्या गौशालामा रहेका गाईको स्याहारसुसार र रेखदेखमा बित्ने गरेको छ । सुनारले २०६८ सालमा दुई छाडा गाई राखेर संरक्षण अभियान सुरु गरेकामा
३० फागुन ,काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मानवअधिकारको पहिलो शर्त व्यक्तिको सुरक्षा भएको बताएका छन् । मानवअधिकार एलाइन्सले आयोजना गरेको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताको तेस्रो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले व्यक्तिको सुरक्षापछि नै अरु मानवअधिकारको विषय आउने बताए। “मानवअधिकारका लागि
३० फागुन ,काठमाडौँ । आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका उम्मेदवारले प्रचारप्रसार र आफूलाई मत माग्ने काम अन्तिम चरणमा पुगेको छ । निर्वाचनमा अष्टलक्ष्मी शाक्य (बोहरा), प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव उम्मेदवार रहेकामा प्रमिला कुमारीले यसअघि नै निष्क्रिय बस्ने घोषणा गरिसकेकि छन् । आचारसंहिताबमोजिम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र,
३० फागुन ,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित गर्ने प्रयास गरिरहेको बताएकि छन् । राजधानीमा आजदेखि सुरु भएको एशिया–प्यासिफिक एड्भान्स नेटवर्क (एपान)को ५५औँ अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले आफ्नै भू–उपग्रह र सफ्टवेयर निर्माणको पहल थालेको र त्यसका लागि उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग
२८ फागुन ,काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती सेवा अस्पतालमा राष्ट्रिय व्यक्तित्वलाई निजामती सरह सुविधा दिने तयारी भइरहेको बताeएका छन्। राष्ट्रिय समावेशी म्युजिक अवार्ड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय व्यक्तिको सम्मानका लागि उपचारमा निजामती सरह सुविधा उपलब्ध गराउने तयारी भइरहेको जानकारी गराएका हुन् । “तपाईँहरुको