Trending
>>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते >>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला
Logo
१९ पुष २०८२, शनिबार
१९ पुष २०८२, शनिबार

विश्व


बालुवाको ढिस्कोमा पुरिएर आठ बालबालिकाको मृत्यु

२२ असार, एजेन्सी । पाकिस्तानको मार्तुङ खास शाङ्गला जिल्लामा बालुवाको ढिस्कोमा पुरिएर आठ जना बालबालिकाको मृत्यु भएको छ । क्रिकेट खेलिरहेका बालबालिकामाथि बालुवाको ढिस्को खस्दा उक्त हताहति भएको उद्धारकर्मीलाई उद्धृत गर्दै एआरवाई न्युजले जनाएको छ । एक जना बालकलाई जीवित उद्धार गरिएको तथा अन्य एक जनाको खोजी भइरहेको छ । दुर्घटनाका

चिनियाँ कम्पनीमाथि मानव अधिकार र वातावरणीय दुरुपयोगको आरोप

२२ असार, एजेन्सी । विश्वका विभिन्न मुलुकमा नवीकरणीय ऊर्जा उद्योगमा प्रयोग हुने खनिजमा लगानी गरेका चिनियाँ कम्पनीहरूमाथि मानवअधिकार एवम् वातावरणीय दुरुपयोगको आरोप लागेको छ । विश्वका १८ देशका खनिज उद्योगमा लगानी गरेका चिनियाँ कम्पनीमाथि करिब दुई वर्षको अवधिमा एक सयभन्दा बढी मानवाधिकार र वातावरणीय दुरुपयोगको आरोप लागेको हो । अन्तरराष्ट्रिय गैरसरकारी

सामाजिक बन्धन र निषेधलाई तोड्दै ग्रामीण कश्मीरको महिला समूह सेनेटरी न्यापकिन् उत्पादनमा

२२ असार, एजेन्सी । भारत अधिनस्थ उत्तरी कश्मीरको बान्दीपोरा जिल्लाको दुर्गम भेगमा अवस्थित शाहगुन्डका गाउँका केही महिलाले सामाजिक बन्धन र प्रतिबन्धलाई चुनौती दिँदै रजस्वला भएका बेला लगाइने ‘सेनेटरी न्यापकिन’ उत्पादन एवम् प्रवर्द्धनमा जुटेका छन् । ११ जना समर्पित सदस्य सम्मिलित समूहले ‘सेनेटरी न्यापकिन्’ उत्पादनका साथै कश्मिरका हरेक गाउँ, सुदूर बस्तीहरूमा महिला

६७ हजार भक्तजनले गरे अमरनाथमा पूजाअर्चना

२२ असार, एजेन्सी । बितेका पाँच दिनमा पजुलाई १ मा यात्रा सुरु भएदेखि कूल ६७ हजार पाँच सय ६६ भक्तले अमरनाथको पूजार्चना गरेका छन् । राज्य सरकारले बुधबार जारी गरेको विज्ञप्तिअनुसार बुधबार साँझसम्ममा ती तीर्थयात्रीले अमरनाथ गुफाको दर्शन तथा पूजार्चना गरेका हुन् । राज्यका सबै सुरक्षा निकायले यात्रीको सुरक्षालाई उच्च प्राथमिकतामा

विद्यालयमा कारको ठक्करबाट एक विद्यार्थीको मृत्यु, ८ जना घाइते

२२ असार, एजेन्सी । बेलायतको एक विद्यालयमा कारको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको र अन्य बालबालिकासहित आठजना घाइते भएका छन् । दक्षिणपश्चिम लण्डनको प्राथमिक विद्यालयको भवनमा बिहीबार कार ठोक्किँदा उक्त विद्यालयमा अध्ययनरत एक विद्यार्थीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा उनीसहित सात बालबालिका र दुई वयस्क गरी घाइते भएका

दुर्घटना रोक्न राजमार्गमा तारबार गर्ने भारतीय योजना

२२ असार, एजेन्सी । भारतको सङ्घीय सरकारले गाईगोरुलाई सडक पार गर्न नदिन र घातक दुर्घटना हुन नदिन देशका राजमार्गहरूमा कडा तारबार लगाउने योजना बनाएको अधिकारीहरूले बिहीबार बताएका छन् । भारतका सङ्घीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले उक्त घोषणा गरेका हुन् । मन्त्रीका अनुसार १.२० मिटर अग्लो तारबार लगाइनेछ र

आतङ्कवादी आक्रमाणको योजना बनाएको आरोपमा सात जना पक्राउ

२१ असार ,बर्लिन । जर्मन प्रहरीले इस्लामिक स्टेट (आईएस) समूहबाट प्रेरित भई जर्मनीमा आतङ्कवादी हमलाको योजना बनाएको आरोपमा बिहीबार सात जनालाई पक्राउ गरेको छ । पक्राउ परेका मध्य एसियाका ती पुरुष केही समयदेखि एकआपसमा परिचित रहेका तथा उनीहरूले पारस्परिक सम्पर्कलाई बढाउँदै कट्टरपन्थी इस्लामिक विचारधारा साझा गरेका सङ्घीय अभियोजकको कार्यालय बताएको

युक्रेन युद्धः रुसी आक्रमणमा तीन युक्रेनी मारिए

२१ असार, एजेन्सी । पश्चिमी युक्रेनी शहर ल्भिभमा रहेको एउटा अपार्टमेन्टमा रुसी रकेट प्रहार हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको नगरका प्रमखले बताएका छन् । नगरप्रमुख एन्ड्री सडोवीका अनुसार रुसी आक्रमणमा परी आठ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । भवनको भग्नावशेषमा  धेरै मानिस फसेको आशङ्का

खानीमा ग्यास चुहिँदा २४ जनाको मृत्यु

२१ असार, एजेन्सी । बुधवार साँझ बोक्सबर्गको बाहिरी भागमा अवस्थित एन्जेलो बस्तीमा अवैधरुपमा सञ्चालन गरिएको खानीमा ग्यास चुहिँदा बालबालिका र महिलासहित २४ जनाको मृत्यु भएको भएको छ । एकुरहुलेनीमा प्रकोप तथा आपत्कालीन व्यवस्थापन सेवाका प्रवक्ता विलियम तलाडीका अनुसार सिलिन्डरबाट चुहिएको ग्यासका कारण उनीहरूको मृत्यु भएको हो । दुई र पाँच वर्षका

पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी

२१ असार, एजेन्सी । पाकिस्तानको व्यापार घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा ४३ प्रतिशतले घटेको छ । पाकिस्तानको तथ्याङ्क विभाग (पीबीएस) का अनुसार आर्थिक वर्ष २०२२/२३ को जुलाईदेखि जुनको अवधिमा व्यापार घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा ४३ प्रतिशतले घटेको हो । यो अवधिमा व्यापार घाटा २७ अर्ब ५४ करोड ७० लाख अमेरिकी

सम्वन्धित समाचारहरु