Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

रेलको ठक्करबाट दुर्लभ प्रजातिको सिंह मारियो


६ श्रावण, एजेन्सी । भारतको पश्चिमी प्रान्त गुजरातमा रेलले ठक्कर दिँदा दुर्लभ प्रजातिको एउटा सिंहको मृत्यु भएको छभने गम्भीर घाइते भएको अर्कोको उपचार भइरहेको छ ।

राज्यको अम्रेली जिल्लास्थित पिपाभाव बन्दरगाह नजिक शुक्रबार झिसमिसेमा मालबाहक रेलले ती सिंहलाई ठक्कर दिएको रेल विभागका एक जना कर्मचारीले सिन्ह्वालाई टेलिफोनमा बताए ।

रेलमार्गबाट हिँडिरहेका सिंहको बथानमा एउटा मारिएको र एउटा घाइते भएको उनले बताए । मरेको र घाइते दुवै भाले हुन् । दुई वटा पोथी भने सुरक्षित रुपमा रेलमार्गबाट निस्केका थिए । सिंहको बथान देख्नेवित्तिकै रेलका चालकले ब्रेक लगाएका थिए । निरन्तरको वर्षा र टाढैबाट वन्यजन्तुको आवागमन स्पष्ट देख्ने नसक्दा उक्त दुर्घना भएको हो । घाइते सिंहको स्थानीय चिडियाखानामा उपचार भइरहेको छ ।


प्रकाशित मिति: ६ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?