Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

इराकद्वारा स्विडेनका राजदूत निष्कासित


५ ,श्रावण ,बग्दाद । स्वीडेनको राजधानी स्टकहोममा कुरान जलाइएको विरोधमा इराकले स्विडेनी राजदूतलाई निष्कासन गरेको छ । कुरान जलाइएको विरोधमा बिहीबार बग्दादमा विशाल प्रदर्शन भएको थियो ।

मध्य बगदादमा रहेको स्विडेनको दूतावासमा प्रदर्शनकारीहरूले आक्रमण गरी आगोसमेत लगाएका थिए । सामाजिक सञ्जाल सार्वजनिक भएका भिडियोमा स्विडेनको दूतावासभित्र प्रदर्शनकारीहरूको ठूलो भीड लागेको र त्यहाँबाट धुवाँको मुस्लो निस्किएको देखिएको थियो ।

दक्षिणी इराकको नासिरियामा रहेको अल जजिराका महमूद अब्देलवाहेदका अनुसार बिहीबार बिहानै दूतावासमा प्रदर्शनकारीहरूले प्रभावशाली इराकी शिया धार्मिक र राजनीतिक नेता मुक्तादा अल–सद्रलाई चित्रण गर्ने झण्डा फहराएका थिए । अल–सद्रका समर्थकहरूले बिहीबार स्टकहोममा इराकी दूतावास अगाडि कुरान जलाउने दोस्रो योजनाको विरोधमा दूतावास जलाउनआह्वान गरेका थिए ।

इराक सरकारले बिहीबार नै स्टकहोमबाट आफ्ना कूटनीतिज्ञलाई फिर्ता बोलाएको घोषणा गरेको थियो । प्रधानमन्त्री मोहम्मद शिया अलसुदानीले स्वीडेनबाट आफ्नो राष्ट्रका कार्यवाहक राजदूतलाई कुरान जलाएको विरोधमा फिर्ता बोलाएको तथा स्वीडेनको टेलिकम कर्पोरेशन एरिक्सनको इराकमा व्यवसाय सञ्चालन गर्ने अनुमति खारेज गरेको अल जजीराले जनाएको छ ।

यसैबीच, स्विडेनको विदेश मन्त्रालयले दूतावास घटनाको निन्दा गर्दै इराकी अधिकारीहरूलाई कूटनीतिक नियोग र कूटनीतिज्ञहरूको सुरक्षामा ध्यान दिन अनुरोध गरेको छ । साथै मन्त्रालयले बग्दादस्थित दूतावासका सबै कर्मचारीहरू सुरक्षित रहेका बताएको छ ।

साउदी अरबले पनि कुरानको अपमान भएकामा त्यसको निन्दा गर्दै रियादस्थित स्विडेनका कूटनीतिज्ञलाई विदेश मन्त्रालयमा बोलाएर विरोधपत्र हस्तान्तरण गरेको छ । मुसलमानहरूको पवित्र तीर्थ भएको मुसलमान बहुल खाडी राष्ट्रले अपमानजक गतिविधि रोक्नेतर्फ गम्भीर भएर लाग्न स्विडेन सरकारलाई अनुरोध गरेको छ ।


प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?