एजेन्सी। थाईल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुम्थम वेचायचाईले थाई–कम्बोडियाली सीमा मुद्दामा छलफलका लागि मलेसिया जाने प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुने भएको छ । थाई सरकारका प्रवक्ता जिरायु हाउङसुबले फुम्थम सोमवार मलेसियाका प्रधानमन्त्री, वर्तमान आसियान अध्यक्ष अनवर इब्राहिमको निमन्त्रणामा मलेसिया जाने बताए । थाई प्रतिनिधिमण्डलमा विदेशमन्त्री मारिस संग्याम्पोङ्सा पनि सामेल हुने बताइएको छ । प्रवक्ताकाअनुसार
एजेन्सी । जोर्डन सशस्त्र बल (जेएएफ) र संयुक्त अरब इमिरेट्स (यूएई) ले गाजापट्टीमा मानवीय सहायताको तीनवटा हवाई ढुवानी गरेको छ । मानवीय अवस्था बिग्रँदै जाँदा हवाई ढुवानी पुनः शुरु भएको हो । एन्क्लेभका धेरै स्थानहरूमा कुल २५ टन सहायता पुर्याइएको छ । हवाई ढुवानी बाहेक, खाद्यान्न आपूर्ति बोकेका ६० ट्रक
एजेन्सी। इजरायली सेनाले आईतवार गाजा पट्टीका केही भागहरूमा आफ्नो कार्यमा दैनिक १० घण्टा मानवीय विरामको घोषणा गरेको छ । साथै त्यहाँ बढ्दो भोकमरी संकटलाई लिएर बढ्दो अन्तर्राष्ट्रिय दबाबको बीचमा सहायता वितरणको लागि सुरक्षित मार्गहरू खोल्ने घोषणा गरेको छ । इजरायल रक्षा बलले एक विज्ञप्तिमा अर्को सूचना नभएसम्म स्थानीय समयअनुसार बिहान
एजेन्सी। उत्तरी चीनको हेबेई प्रान्त र भित्री मंगोलिया स्वायत्त क्षेत्रमा भारी वर्षा भएको छ । जसका कारण अहिलेसम्म दुई जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । गत बुधवारदेखि भित्री मंगोलियामा मुसलधारे वर्षा जारी छ । जसले गर्दा धेरै क्षेत्रमा बाढी आएको छ । सिलिङगोल लिग र
एजेन्सी। दक्षिण अफ्रिकाले भविष्यमा क्षयरोग खोप वितरणलाई तिब्र पार्ने उद्देश्यले जोहानेसबर्गमा क्षयरोग खोप देश तयारी कार्यशाला आयोजना गरेर क्षयरोग विरुद्धको विश्वव्यापी लडाईमा प्रयासहरू तिब्र पारेको छ । स्वास्थ्य विभाग र अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यमा प्रयासहरू तिब्र पारिएको हो । आयोजित कार्यक्रममा वैज्ञानिकहरू, नीति निर्माताहरू, दाताहरू र जनस्वास्थ्य विशेषज्ञहरूलाई
एजेन्सी। प्रजातान्त्रिक गणतन्त्र कंगोको उच्च सैन्य अदालतले पूर्वराष्ट्रपति जोसेफ काबिलासँग सम्बन्धित मुद्दा जुलाई ३१ सम्मका लागि स्थगित गरेको छ । सोही दिन भएको प्रारम्भिक सुनुवाइ पछि यो यो निर्णय लिइएको हो । काबिला अदालतमा उपस्थित भएनन् । अदालतले आधिकारिक रूपमा मुद्दामा आफ्नो क्षेत्राधिकार स्वीकार गर्यो । वकिलहरूले मुद्दा फाइलहरू समीक्षा
एजेन्सी। इरान र युरोपेली ३ देशहरू(फ्रान्स, बेलायत र जर्मनी)का कुटनीतिज्ञहरूले इस्तानबुलमा प्रतिवन्ध राहत र आणविक मुद्दाको बारेमा छलफलपछि परामर्श जारी राख्न सहमत भएका छन् । इरानी कानूनी तथा अन्तर्राष्ट्रिय मामिला उप–विदेशमन्त्री काजेम घरिबादीले यसबारे जानकारी गराएका हुन् । इरानी प्रतिनिधिमण्डलको नेतृत्व राजनीतिक मामिला उप–विदेशमन्त्री माजिद तख्त–रावन्ची र घरिबादीले गरेका थिए
एजेन्सी। यमनको राजधानी सानामा दशौं हजार यमनीहरू भेला भइ विरोध प्रदर्शन गरेका छन् । घेराबन्दीमा परेको गाजा पट्टीको भोकमरीको विरोध गर्दै उनीहरु सडकमा उत्रिएका हुन् । सहभागीहरूले गाजामा भोकमरी बन्द गर,गाजामा युद्ध बन्द गर र गाजामा इजरायली नाकाबन्दी तुरुन्तै हटाइनुपर्छ लेखिएका ब्यानरहरू बोकेका थिए । इजरायलले महिनौंदेखि गाजामा मानवीय सहायता
अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिवंगत अमेरिकी फाइनान्सर जेफ्री एपस्टाइनसँग आफ्नो कुनैपनि सम्बन्ध नरहेको बताउंदै उनले डेमोक्र्याटहरूले यसलाई नक्कली प्रचार गरिरहेको आरोप लगाएका छन् । ट्रम्पले स्कटल्याण्ड प्रस्थान गर्नुअघि ह्वाइट हाउसमा पत्रकारहरूलाई आफ्नो उक्त व्यक्तिसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् । २००३ मा एपस्टाइनले आफ्नो ५० औं जन्मदिनको लागि
अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले आगामी दिनहरूमा व्यापारिक साझेदारहरूलाई व्यापारिक ट्यारिफ सम्बन्धी लगभग २ सय पत्र पठाउने बताएका छन् । संयुक्त राज्य अमेरिकाले हालै अगस्ट १ देखि आयात शुल्क लगाउने धम्की दिने व्यापारिक साझेदारहरूलाई दर्जनौं पत्रहरू पठाएको छ । अप्रिल २ मा अमेरिकी ट्यारिफ नीतिको घोषणा पछि