Trending
>>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

विश्व


कुकर र बिरालोको मासु बिक्रीमा प्रतिबन्ध

६ श्रावण, एजेन्सी । इण्डोनेशियाको सुलावेसी टापुको कुख्यात पशु बजारमा अब कुकुर– बिरालोको मासु बेच्न नपाइने भएको छ । मासुका निम्ति पाशविकरुपमा ती पशु मारिएका भन्दै पशुअधिकारवादीले त्यसको अन्त्यका लागि वर्षौँदेखि कुकुर–बिरालो बचाऊ अभियान थालेका थिए । चमेरा, मुसा, सर्प र बाँदरको मासुसँगै कुकुर र बिरालोको मासु पनि बिक्रीमा राखिने गरेको

३ लाख १६ हजार भ्रष्टाचार मुद्दा गरियो छानविन

६ श्रावण, एजेन्सी । चिनियाँ सरकारका अनुशासन तथा अनुगमन निकायले यो वर्षको पहिलो छ महिनामा तीन लाख १६ हजार भ्रष्टाचारका मुद्दाको छानविन गरेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने देशको सबैभन्दा ठूलो निकायले शनिबार जनाएअनुसार १८ जना प्रान्तीय वा मन्त्रीस्तरका व्यक्तिसहित दुई लाख ५८ हजार जनामाथि कारबाही गरिएको छ । चिनियाँ कम्युनिष्ट

ट्रम्पको गोप्य दस्तावेजसम्बन्धी सुनुवाइ मे २०२४ मा हुने

६ श्रावण, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्तावेजको दुरुपयोग गरेको अभियोगमा अर्को वर्षको मे महिनामा मुद्दाको सुनुवाइ सुरु हुने भएको छ । अमेरिकी जिल्ला अदालतका न्यायाधीश आइलिन क्याननले सन् २०२४ को मे २० देखि पूर्वराष्ट्रपति ट्रम्पको सुनुवाई सुरु गर्न आदेश दिएका हुन् । अभियोजकहरूले डिसेम्बरमा मुद्दाको सुनुवाइ सुरु गर्न

साउदी अरबमा ६४ कैदीलाई मृत्युदण्डको सजाय

६ श्रावण, एजेन्सी । साउदी अरबमा हाल कम्तीमा ६४ जनालाई मृत्युदण्ड दिइएको एक अधिकारवादी समूहले शुक्रबार जनाएको छ। युरोपेली ‘साउदी अर्गनाइजेसन फर ह्युमन राइट्स (इएसओएचआर)’ ले प्रकाशित गरेको प्रतिवेदन साउदी अरबले मृत्युदण्डको निरन्तर प्रयोग गरिरहेको भन्दै पछिल्लो आलोचना गरेको छ। आलोचकहरूले ‘भिजन २०३०’ सामाजिक र आर्थिक सुधार एजेन्डामार्फत् आफ्नो छवि नरम

रेलको ठक्करबाट दुर्लभ प्रजातिको सिंह मारियो

६ श्रावण, एजेन्सी । भारतको पश्चिमी प्रान्त गुजरातमा रेलले ठक्कर दिँदा दुर्लभ प्रजातिको एउटा सिंहको मृत्यु भएको छभने गम्भीर घाइते भएको अर्कोको उपचार भइरहेको छ । राज्यको अम्रेली जिल्लास्थित पिपाभाव बन्दरगाह नजिक शुक्रबार झिसमिसेमा मालबाहक रेलले ती सिंहलाई ठक्कर दिएको रेल विभागका एक जना कर्मचारीले सिन्ह्वालाई टेलिफोनमा बताए । रेलमार्गबाट हिँडिरहेका

इराकद्वारा स्विडेनका राजदूत निष्कासित

५ ,श्रावण ,बग्दाद । स्वीडेनको राजधानी स्टकहोममा कुरान जलाइएको विरोधमा इराकले स्विडेनी राजदूतलाई निष्कासन गरेको छ । कुरान जलाइएको विरोधमा बिहीबार बग्दादमा विशाल प्रदर्शन भएको थियो । मध्य बगदादमा रहेको स्विडेनको दूतावासमा प्रदर्शनकारीहरूले आक्रमण गरी आगोसमेत लगाएका थिए । सामाजिक सञ्जाल सार्वजनिक भएका भिडियोमा स्विडेनको दूतावासभित्र प्रदर्शनकारीहरूको ठूलो भीड लागेको

अफगानिस्तानलाई छयत्तर लाख युरो सहयोग

५ ,श्रावण ,काबुल । खाद्य असुरक्षा र आर्थिक सङ्कटको चपेटामा परेको अफगानिस्तानलाई युरोपेली सङ्घले ७६ लाख युरो मानवीय सहायता घोषणा गरेको छ । देशका छ वटा प्रदेशमा किसानलाई सहयोग, खाद्यान्न उत्पादन वृद्धि, सिँचाइविहीन जमिनको वैकल्पिक व्यवस्थापन, आयआर्जनका अवसरको स्थापना, जलवायु अनुकूलन कृषि अभ्यासलगायत महिला सशक्तीकरणमा खर्च हुने गरी उक्त सहायता

मानहानि मुद्दामा राहुल गान्धीलाई राहत

५ श्रावण, एजेन्सी । सर्वोच्च अदालतले काङ्ग्रेस नेता राहुल गान्धीलाई मानहानि मुद्दामा दोषी ठहर गर्न अस्वीकार गरेको छ । यद्यपि उक्त अदालतले नेता गान्धीको पुनरावेदनमाथि अन्तिम निर्णय सुनाएको छैन । सर्वोच्च अदालतले शुक्रबार गुजरात उच्च न्यायालयको आदेशलाई चुनौती दिने काङ्ग्रेस नेता राहुल गान्धीको अपीलमा गुजरात सरकार र उजुरीकर्तालाई दश दिनभित्र जवाफ

कम्बोडियामा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

५ श्रावण, एजेन्सी । कम्बोडियाले पर्सी आइतबार हुने आमनिर्वाचनलाई दृष्टिगत गरी मदिरा बिक्री र सेवनमा प्रतिबन्ध लगाएको छ । सरकारले भोलि शनिबार र पर्सी आइतबार सबै प्रकारका मदिराको र सेवनमा प्रतिबन्ध लगाउने निर्देशन जारी गरेको छ । दक्षिणपूर्वी एसियाली देश कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुनसेनले हस्ताक्षर गरी शुक्रबार जारी गरेको निर्देशनमा

यूएईले सन् २०३० सम्ममा कूल गार्हस्थ्य उत्पादन दोब्बर बनाउने

५ श्रावण, एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई)ले सन् २०३० सम्ममा कूल गार्हस्थ्य उत्पादन (जीडीपी) दोब्बर बनाउने लक्ष्य राखेको छ । युएईले आफ्नो कूल गार्हस्थ्य उत्पादनलाई यस दशकको अन्त्यसम्ममा दोब्बर गरी ८०० अर्ब अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको त्यहाँका अर्थमन्त्रीले बिहीबार बताएका हुन् । संयुक्त अरब इमिरेट्स (युएई) का अर्थमन्त्री अब्दुल्ला

सम्वन्धित समाचारहरु