Trending
>>   कस्तो रहला आज दिनभरको मौसम ? >>   आज मिति २०८१ साल माघ ०९ गते बुधबार,हेर्नुहोस आजको राशिफल >>   केपी ओलीले फेस गर्न सकेनन मलाई : हर्क साम्पाङ्ग >>   नेपालका अदालतहरुको कार्यसम्पादन अब्बल छः कानूनमन्त्री चौरसिया >>   मुद्दा चलाउने प्रक्रियामा प्रधानमन्त्रीको हस्तक्षेप छैनः महान्यायाधिवक्ता वडाल >>   धराने जनताको खानेपानी समस्या चालु वर्षभित्रै समाधान हुन्छ : खानेपानीमन्त्री यादव >>   एकले अर्कोलाई छेकेर देश चल्न सक्दैन : मेयर हर्क साम्पाङ >>   निर्वाचन आयोगमा धमाधम दल दर्ताः ०८४ लाई थपियाे नयाँ दल ! >>   अदालतमा उपस्थित हुन रवि लामिछाने भैरहवा पुगे >>   यस्ताे बन्याे ‘हेर्ने कथा’ बाट परिवार भेटेका प्रकाश तामाङकाे घर !
Logo
९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

विश्व


अफगानिस्तानमा ५ जनामा पोलियो फेला

५ असार, एजेन्सी । अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा पाँच वर्ष मुनिका एक बालकमा पोलियो सङ्क्रमण पत्ता लागेपछि कुल पोलियो सङ्क्रमितको सङ्ख्या पाँच पुगेको संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) अफगानिस्तानले जनाएको छ । अफगानिस्तानमा युनिसेफ पोलियो उन्मूलन कार्यक्रमको सञ्चार विभागका प्रमुख कमल शाह सैयदले नान्गार्हार प्रान्तको दुरबाबा जिल्लामा यो सङ्क्रमणको पुष्टि गरेका

युएईका राष्ट्रपतिले दिए इराकका राष्ट्रपतिलाई कोप-२८ को निमन्त्रणा

५ असार, एजेन्सी । युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले कोप-२८ जलवायु सम्मेलनमा भाग लिन आधिकारिक निमन्त्रणा सहित इराकका राष्ट्रपति अब्दुल लतिफ रशीदलाई लिखित पत्र पठाएका छन् । सो सम्मेलन नोभेम्बरमा एक्सपो सिटी दुबईमा हुँदैछ। उक्त निमन्त्रणा पत्र इराकका लागि युएईका राजदूत सलेम इसा कट्टाम अल जाबीमार्फत पठाइएको

इरानबाट २ हजार ५०५ अफगान शरणार्थी स्वदेश फर्किए

५ असार, एजेन्सी । अफगानिस्तानको शरणार्थी मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा छिमेकी इरानबाट विगत तीन दिनमा कुल २,५०५ अफगानी शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तान फर्किएको उल्लेख गरेको छ । "इरानमा वर्षौं शरणार्थीका रूपमा बसेका व्यक्तिहरूलाई स्वदेश फर्काउने प्रक्रिया जारी राखेपछि विगत तीन दिनमा कुल २,५०५ अफगानी शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तान फर्केका छन्,"

सिरियामा सडक किनारमा बम विस्फोट हुँदा ५ सैनिकको मृत्यु

५ असार, एजेन्सी । सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा सोमबार सडक किनारमा राखिएको बम विस्फोटमा परी पाँच सैनिकको मृत्यु हुनाका साथै अन्य सात जना घाइते भएको सरकार समर्थक शाम एफएम रेडियोले जनाएको छ । बम देइर अल–जोरको पश्चिमी ग्रामीण इलाकाको सडकको छेउमा राखिएको थियो । बम कसले राखेको हो भन्ने अझै

ट्युनिसियाबाट ३९ जना कागजातबिहीन आप्रवासीको उद्धार

४ असार ,ट्युनिस । ट्युनिसियाको नौसेनाले कागजात नभएका आप्रवासीहरूको ३९ जनाको एक समूहलाई उद्धार गरेको जनाएको छ । दक्षिणपूर्वी प्रान्त स्फ्याक्सको तटबाट विभिन्न अफ्रिकी देशका उनीहरूलाई नियन्त्रणमा लिइएको राष्ट्रिय सुरक्षा बलका प्रवक्ता होउसेमेडाइन जेबाब्लीले आइतबार बताएका छन् । जेबाब्लीले आफ्नो फेसबुक पेजमा लेखेका छन्, “स्फ्याक्सको लुआटाको तटमा शनिबार अबेर राति

पाकिस्तानका चार जिल्लामा भारी वर्षाका कारण ७ जनाको मृत्यु, ७२ जना घाइते

४ असार ,खैबर पख्तुनख्वा । आइतबार साँझ प्रान्तीय राजधानीको छेउमा बन्नु डिभिजनका तीन जिल्लामा भारी वर्षाका कारण कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य ७२ जना घाइते भएका छन्। बन्नु डिभिजनमा ५ जनाको मृत्यु भएको छ भने ६७ जना घाइते भएका छन् भने प्रान्तीय राजधानीमा २ जनाको मृत्यु भएको

पाकिस्तानको भाकर अदालतमा गोली चल्दा दुई जना घाइते

४ असार ,भाकर । पाकिस्तानको पञ्जाब प्रान्तको भाकर जिल्लामा सोमबार अदालतमा गोली चल्दा दुई जना घाइते भएका छन् । अधिकारीहरूका अनुसार न्यायाधीश भक्कर कलोरकोटको इजलासमा गोली चलेको थियो । मुद्दाको सुनुवाइका क्रममा प्रतिद्वन्द्वी समूहमा दुई जनाले गोली चलाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुई हतियारधारीलाई अदालतको हाताबाट नियन्त्रणमा लिइएको

अदालतमा गोली चल्दा दुई जना घाइते

४ असार, एजेन्सी । पाकिस्तानको पञ्जाब प्रान्तको भाकर जिल्लामा सोमबार अदालतमा गोली चल्दा दुई जना घाइते भएका छन् । अधिकारीहरूका अनुसार न्यायाधीश भक्कर कलोरकोटको इजलासमा गोली चलेको थियो । मुद्दाको सुनुवाइका क्रममा प्रतिद्वन्द्वी समूहमा दुई जनाले गोली चलाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुई हतियारधारीलाई अदालतको हाताबाट नियन्त्रणमा लिइएको छ

भारतमा अत्यधिक गर्मीका कारण करिब १०० जनाको मृत्यु

४ असार, एजेन्सी । भारतको उत्तर प्रदेश र त्यससँग जोडिएको राज्य बिहारमा पछिल्लो तीन दिनमा भीषण गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको स्थानीय अधिकारीले सोमबार बताएका छन् । गर्मीका कारण उत्तर प्रदेशमा ५४ जनाको मृत्यु भएको छ भने बिहारमा ४४ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार गर्मीका कारण बिरामी

ग्रीक डुङ्गा दुर्घटनापछि घटनामा सम्लग्न रहेको आरोपमा १० व्यक्ति पक्राउ

३ असार ,मुजफ्फराबाद । ग्रीसको तटीय क्षेत्रमा दर्जनौं आप्रवासी डुबानमा फसेको केही दिनपछि पाकिस्तानी अधिकारीहरूले १० जना कथित मानव तस्करहरूलाई पक्राउ गरेको अधिकारीहरूले आइतबार बताएका छन् । प्रधानमन्त्री शहबाज सरिफले मानव तस्करीमा संलग्न भएको पुष्टि भएमा उनीहरूलाई तत्काल कारबाही गर्न आदेश दिएका छन् । हरेक वर्ष, हजारौं युवा पाकिस्तानीहरू राम्रो

सम्वन्धित समाचारहरु