Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

जीवनमा सबैभन्दा खुसी पाउँदा के सम्झनुहुन्छ? भारतीय अर्बपति रतन टाटाकाे जवाफ


जब भारतीय अर्बपति रतन टाटालाई टेलिफोन अन्तर्वार्तामा रेडियो प्रस्तोताले सोधे — सर, जीवनमा सबैभन्दा खुसी पाउँदा के सम्झनुहुन्छ ?

रतन टाटाले भने — मैले जीवनमा खुशीका चार चरण पार गरेको छु, र यी चार चरण पश्चात खुसीको अर्थ बुझ्न सके ।

पहिलो चरणमा धन र सम्पति कमाउनु थियो । तर यो चरणमा मैले चाहेको खुशी पाउन सकिन ।

त्यसपछि दोस्रो चरणमा आफूलाई मन परेका महंगा र वहुमुल्य सामन जोड्नु, सोख पुरा गर्नु थियो । तर यो कुराको प्रभाव पनि क्षणिक हुन्छ र बहुमूल्य वस्तुको चमक धेरै दिन टिक्दैन भन्ने बुझेँ ।

त्यसपछि तेस्रो चरणमा ठूलो परियोजना प्राप्त गर्नु थियो । त्यो बेला भारत र अफ्रिकामा डिजेल सप्लाई गर्ने प्रोजेक्ट पाए । म भारत र एशियाको सबैभन्दा ठूलो स्टिल कारखानाको मालिक पनि थिएँ। तर यहाँ पनि मैले सोचे जस्तो खुशी पाउन सकिन ।

चौथो चरण थियो जब मेरो एक साथीले मलाई अपाङ्गता भएका बालबालिकाका लागि ह्वीलचेयर किन्न आग्रह गरे । साथीको आग्रहमा मैले तुरुन्तै ह्वीलचेयरहरू किनें ।

तर साथीले मलाई उनीसँगै गएर बच्चाहरूलाई ह्वीलचेयर वितरण गरिदिन आग्रह गरे। म तयार भएँ र उनीसँगै गएँ । त्यहाँ मैले यी बालबालिकाहरूलाई आफ्नै हातले ह्वीलचेयर दिएँ । ती बालबालिकाको अनुहारमा अनौठो खुशीको चमक देखेँ । मैले ती सबैलाई ह्वीलचेयरमा बसेर, घुमफिर गरेको र रमाइलो गरेको देखेँ ।

मैले आफू भित्र साँच्चै खुशी महसुस गरें।

जब कार्यक्रम सकियो र म फर्कन लागेको थिए, एउटा बच्चाले मेरो खुट्टा समात्यो। मैले बिस्तारै खुट्टा छोड्ने कोसिस गरें, तर बच्चाले मेरो अनुहार हेर्यो र मेरो खुट्टालाई समातिरह्यो । मैले झुकेर बच्चालाई सोधें — तिमीलाई अरू केही चाहिन्छ?

यो केटाले दिएको जवाफले मलाई स्तब्ध बनाएको मात्र होइन, जीवनप्रतिको मेरो दृष्टिकोणलाई पूर्ण रूपमा परिवर्तन गरिदियो ।

यो बच्चाले भन्यो — “म तपाईको मुहारलाई हेरेर सम्झन चाहन्छु ताकि जब म तपाईलाई स्वर्गमा भेट्नेछु, त्योबेला म तपाईलाई चिन्न सकूँ र फेरि एकपटक धन्यवाद दिन सकूँ।”


प्रकाशित मिति: २७ चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?