१० चैत्र, एजेन्सी। संयुक्त राष्ट्रसङ्घीय आणविक निकायका प्रमुखले युक्रेनको जापोरिजिया विद्युत गृहमा यसै महिना रूसी क्षेप्यास्त्र आक्रमणपछि त्यहाँको अवस्था ‘खतरनाक’ रहेको बताउनुभएको छ । युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्रलाई आणविक इन्धन राख्ने रिएक्टर र पोखरीलाई चिसो पार्न पानी प्रवाह गर्ने पम्पहरू सञ्चालन गर्न भरपर्दो बिजुली आपूर्तिको आवश्यकता पर्दछ ।
१० चैत्र, एजेन्सी। बेलायतका राजा चाल्र्स तृतीयको आगामी साता हुने फ्रान्सको राजकीय भ्रमणलाई परिवर्तन गर्ने कुनै योजना नरहेको बेलायत सरकारले बिहीबार जनाएको छ । “पक्कै पनि हामी राजाको कार्यक्रमलाई परिवर्तन गर्नेगरी अर्को निर्णय गर्नेतर्फ लाग्दैनौँ । यो निर्णय उहाँहरूको (दरबार)को निर्णय हुनेछ,” प्रधानमन्त्री ऋषि सुनकका प्रवक्ताले पत्रकारहरूसँग भने । “मलाई यो
१० चैत्र, एजेन्सी। दक्षिण कोरियाको संसदले सरकारले बढी चामल खरिद गर्न अनिवार्य गर्ने विधेयक पारित गरेको छ । विपक्षी डेमोक्र्याटिक पार्टीको नेतृत्वमा रहेको राष्ट्रिय सभाको पूर्ण अधिवेशनमा संशोधित अन्न व्यवस्थापन ऐनको पक्षमा उपस्थित २६६ सांसदमध्ये १६९, विपक्षमा ९० मत परेको छ । मतदानमा सात सांसद अनुपस्थित भएका थिए । संशोधित ऐनअनुसार
९ चैत्र, एजेन्सी। उत्तर कोरियाले आज फेरि धेरै ‘क्रुज मिसाइल’ प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले बताएको छ । उत्तर कोरियाले पूर्वीसागरमा प्रक्षेपण गरेका धेरै क्रुज मिसाइल पत्ता लगाएको सोलले जनाएको हो । परीक्षणसम्बन्धी विस्तृत विवरणलाई दक्षिण कोरिया र अमेरिकी गुप्तचर अधिकारीहरूले विश्लेषण गरिरहेका दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले आज एक
९ चैत्र, एजेन्सी । साउदी अरब र इरानी विदेशमन्त्रीबीच टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा उनिहरूले हालै भएको ऐतिहासिक द्विपक्षीय मेलमिलाप सम्झौता कार्यान्वयन गर्न शीघ्र भेट्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहानले होसेन अमिर–अब्दुल्लाहियानलाई फोन गरेर आजदेखि प्रारम्भ भएका पवित्र महिना रमजानको अवसरमा
९ चैत्र, एजेन्सी । भारतीय विपक्षी नेता राहुल गान्धीलाई स्थानीय अदालतले आपराधिक मानहानि मुद्दामा दुई वर्षको जेल सजाय सुनाएको छ । गान्धीलाई गुजरात राज्यको अदालतले २०१९ मा चुनावी र्यालीमा प्रधानमन्त्री नरेन्द्र मोदीको उपनामको बारेमा टिप्पणी गरेकोमा दोषी ठहर गरेको हो । गान्धिलाई तत्काल जेल नलगिने बताइएको छ । उनले ३० दिनको
९ चैत्र, एजेन्सी। फ्रान्सले गत वर्ष कतारको दोहामा भएको विश्वकप फुटबल प्रतियोगिताको फाइनल खेलमा पीडादायी पराजय भोगेको तीन महिनापछि देशको फुटबल खेलको नेतृत्व केलियन एमबाप्पेलाई सुम्पेको छ । राष्ट्रका धेरै दिग्गज खेलाडीले सन्न्यास लिएपछि एमबाप्पेलाई युरो २०२४ को छनोट अभियानका लागि कप्तानको जिम्मेवारी प्रदान गरिएको हो । दोहा विश्वकपमा अर्जेन्टिनासँग पेनाल्टी
९ चैत्र, एजेन्सी। भारतीय गायक सोनु निगमको घरबाट मोटो रकम चोरी भएको छ । उनको घरबाट ७२ लाख चोरी भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । यस घटनामा उनका पुर्व ड्राइभर अगम कुमारको संलग्नता भएको प्रहरीको अनुमान छ । सोही आरोपमा उनलाई गिरफ्तार गरेर अनुसन्धान समेत सुरू गरिएको छ । सोनुकी
८ चैत्र ,काठमाडौँ । ह्विलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुने १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली भोलि बिहीबार भारतको गुजरात प्रस्थान गर्ने भएको छ । हिमाल अर्यालको कप्तानीमा रहेको टोलीको अन्य सदस्यमा रामबहादुर तामाङ, राजु गुरुङ, दानबहादुर थिङ, सागर पाण्डे, डिगमसिंह चेम्जोङ, दीपक तिमल्सेना, सोमनाथ राई, फणिनारायण पौडेल, रमेश खत्री, बरुण
८ चैत्र, एजेन्सी। संयुक्त राज्य अमेरिकाले युक्रेन युद्धमा मस्को र किएभबीच चीनले निष्पक्ष मध्यस्थता गर्न नसक्ने बताएको छ । उसले निष्पक्षरूपमा मध्यस्थता गर्न चीन सक्षम नरहेको टिप्पणी पनि गरेको छ । मङ्गलबार चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटनबीच भएको वार्तामा युक्रेन युद्ध अन्त्यका निम्ति बेइजिङ मध्यस्थता गर्न