Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

एडिबीद्वारा दक्षिणपूर्वी बङ्गलादेश रेल परियोजनाका लागि ४० करोड अमेरिकी डलर सहयोग


११ असार, एजेन्सी । एशियाली विकास बैंक (एडिबी) र बङ्गलादेश सरकारले बङ्गलादेशको राजधानी ढाकाबाट करिब २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको बन्दरगाह शहर चट्टोग्रामजोड्ने दोहोरो रेलमार्ग निर्माणका लागि आइतबार ४० करोड अमेरिकी डलरमा ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।

बङ्गलादेशको आर्थिक सम्बन्ध महाशाखाका सचिव सरिफा खान र बङ्गलादेशका लागि एडिबीका उपदेशीय निर्देशक जियाङ्बो निङले ढाकामा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यो ऋणले ढाकाबाट करिब ४०० किलोमिटर दक्षिणपूर्वमा रहेको विश्वको सबैभन्दा लामो अटुट बलौटे समुद्र तटमध्ये एक चट्टोग्राम र कक्स बजारबीचको १०२ किलोमिटर लामो नयाँ रेलमार्गको निर्माण पूरा गर्न मद्दत गर्नेछ ।

यो सहयोग दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग चट्टोग्राम–कक्स बजार रेलवे परियोजनाका लागि एडीबीको १.५ अर्ब डलरको ऋणको तेस्रो भाग हो ।

“एडीबीले सरकारलाई सडकबाट रेलमा स्थानान्तरण गर्न सहयोग गरिरहेको छ, जुन जलवायु अनुकूल, सुरक्षित, किफायती र यातायातको कुशल माध्यम हो,” निङले भने ।

“यो परियोजना एक प्राथमिकता प्राप्त लगानी हो र यसले लगानी, व्यापार र पर्यटनलाई बढावा दिएर कक्स बजार क्षेत्रका सेवा नपुगेका क्षेत्रहरू खोल्नेछ,” एडिबीका उपदेशीय निर्देशकले भने ।

सन् २०२३ मा खुल्ने अपेक्षा गरिएको नयाँ रेल लिंकले सन् २०२४ सम्ममा चट्टोग्राम र कक्स बजारबीच वार्षिक २९ लाख यात्रु ओसारपसार गर्ने लक्ष्य राखेको छ । यस रेलमार्गको निर्माण एडीबीको आठौं पञ्चवर्षीय योजना र रेलवेको प्रमुख योजना अन्तर्गत आफ्नो लक्ष्य पूरा गर्न मद्दत गर्ने धेरै रेलवे परियोजनाहरू मध्ये एक हो ।


प्रकाशित मिति: ११ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?