१५ वैशाख, एजेन्सी । हङ्गेरीका शीर्ष सेना प्रमुखलाई राष्ट्रपतिको आदेशअनुसार बिहीबार पदमुक्त गरिएको छ । उनलाई हटाइनुको कारण खुलाइएको छैन । गत जनवरीमा प्रधानमन्त्री भिक्टर ओर्बानको सरकारले पारित गरेको कानुनअनुसार रक्षामन्त्रीले ४५ वर्षभन्दा माथिका कुनै पनि व्यक्तिलाई बर्खास्त गर्न सक्ने व्यवस्था भएपछि यस वर्ष सयौं वरिष्ठ अधिकारी र सैन्य गुप्तचर अधिकारीलाई
१५ वैशाख, एजेन्सी । रुसले युरोपमा कच्चा तेल र तेल उत्पादनको निर्यातमा ठूलो मात्रामा कटौती गर्ने र बचत गरिएको मात्रा एसियामा पुर्यानउने योजना बनाएको छ । रुसी उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले बिहीबार सो बारे बताएका हुन् । रुसले सन् २०२२ मा एसियामा करिब ४ करोड टन कच्चा तेल र तेल उत्पादन
१४ वैशाख, एजेन्सी । श्रीलङ्काका स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले सरकारी अस्पतालमा प्रयोग हुने १०० भन्दा बढी प्रकारका औषधिको अभाव रहेको बिहीबार संसद्मा बताएका छन् । सरकारी अस्पतालमा एक हजार ३४७ प्रकारका औषधि प्रयोग हुँदै आएको तर यसमध्ये११२ प्रकारका औषधिको अभाव रहेको उनले बताए । सरकारले औषधि आयातमा वार्षिक ५० अर्ब रुपैयाँ
१४ वैशाख, एजेन्सी । चीनले द्वन्द्वग्रस्त सुडानबाट करिब आठ सय नागरिकको उद्धार गर्न नौसेना परिचालन गरेको रक्षा मन्त्रालयले जनाएको छ । सोमबार मध्यरातदेखि युद्धविराम लागू भएपछि जनमुक्ति सेना आफ्ना नागरिकको उद्धारमा जुटेको हो । रक्षा मन्त्रालयले परिचालन हुने नौसेनाका जहाज र सैनिकबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन । संयुक्त राज्य अमेरिका
१४ वैशाख, एजेन्सी । भारतले सुडानको राजधानी खार्तुम र अन्य भागमा फसेका आफ्ना नागरिकको उद्धारलाई तीव्र गतिमा अघि बाढएको छ । बहत्तरघण्टे युद्धविरामको उपयोग गर्दै सैन्यविमान र युद्धपोत प्रयोग गरेर पाँच सय ३४ जनालाई उद्धार गर्न लागेको हो । राजधानी खार्तुमबाट आठ सय किलोमिटर टाढा रहेको सुडान बन्दरगाहबाट भारतीय जलसेनाको
१४ वैशाख, एजेन्सी । जापानको जनसङ्ख्या सन् २०७० सम्ममा आठ करोड ७० लाखमा झर्ने अनुमान गरिएको छ । यो सन् २०२० को तुलनामा ३० प्रतिशतले कम हुनेछ । ‘नेशनल इन्स्टिच्युट अफ पपुलेसन एण्ड सोसियल सेक्युरिटी रिसर्च’ले सार्वजनिक गरेको प्रक्षेपणअनुसार सन् २०४३ मा कूल जनसङ्ख्याको तीन करोड ९५ लाख ३० हजार जनसङ्ख्या
१४ वैशाख, एजेन्सी । जेलेन्स्कीका प्रवक्ता सर्गी नाइकीफोरोभले फेसबुकमा दुई नेताबीच करिब एक घण्टा लामो टेलिफोन संवाद भएको पुष्टि गरेका छन् । चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीका अनुसार सीले जेलेन्स्कीलाई ‘वार्ता र वार्ता’ नै युद्धको ‘निकासको एक मात्र उपाय’ भएको बताएका थिए । “युक्रेन सङ्कटको विषयमा चीन जहिले पनि शान्तिको पक्षमा उभिएको
१४ वैशाख, एजेन्सी । द्वन्द्वग्रस्त सुडानबाट १० हजारभन्दा बढी मानिस भागेर कास्टल र अर्कीनको स्थलसीमा पार गर्दै छिमेकी मुलुक इजिप्ट पुगेको इजिप्टले जनाएको छ । इजिप्टको जनरल अथोरिटी फर ल्याण्ड एण्ड ड्राई पोर्ट्स (जीएएलडीपी) ले बुधबार एक विज्ञप्ति जारी गरी द्वन्द्वग्रस्त सुडानबाट करिब पाँच दिनमा १० हजारभन्दा बढी मानिस भागेर इजिप्ट
१३ वैशाख, एजेन्सी । काङ्ग्रेस नेता राहुल गान्धी सुरत अदालतले गत महिना गरेको फैसलाविरुद्ध गुजरात उच्च अदालत पुगेका छन् । उक्त अदालतले मानहानी मुद्दामा उनलाई दोषी ठहर गर्र्दै तल्लो अदालतले गरेको दुई वर्षको जेल सजायको फैसलालाई सदर गरेको थियो । सुरत अदालतले नेता गान्धीको पुनरावेदन अस्वीकार गरेपछि उच्च अदालतमा न्यायको
१३ वैशाख, एजेन्सी। भारतमा विगत दुई दिनदेखि कोरोनाका बिरामी बढेका छन् । मङ्गबारको तुलनामा आज करिब ४० प्रतिशतले बिरामी बढेका केन्द्रीय परिवारस्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार नौ हजार छ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको तथा २९ जनाले ज्यान गुमाएका छन् । मङ्गलबार छ हजार नौ सय ३४