Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

महाराष्ट्रको बुलढानामा सवारी दुर्घना, छ जनाको मृत्यु


१३ श्रावण, एजेन्सी । शनिबार बिहान महाराष्ट्रको बुलढाना जिल्लाको राष्ट्रिय राजमार्ग आज बिहान भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छभने अन्य २१ जना घाइते भएका छन् ।

राष्ट्रिय राजमार्गमा आरामदायी वर्गका दुई वटा बस एकआपसमा ठोक्किँदा उक्त हताहति भएको जिल्ला प्रहरी कार्यालयका अधिकृत एचपी तुम्मोडले बताए । अधिकृत तुम्मोडका अनुसार दुर्घटनामा पाँच जनाको घटनास्थलमै र एक यात्रुको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । अन्य घाइते यात्रुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बुलढाना जिल्लाको मलकापुर नगरस्थित रहेको रेलवे पुलमा अमरनाथ यात्राबाट हिङ्गोलीतर्फ गइरहेको बस र नागपुरबाट नासिकतर्फ गइरहेको अर्को बस एक आपसमा ठोक्किएका थिए । दुर्घटनाको अनुसन्धान भइरहेको छ ।


प्रकाशित मिति: १३ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?