Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

धार्मिक प्रदर्शनका क्रममा हाइभोल्टेजको करेन्ट लागेर ४ जनाको मृत्यु


१४ श्रावण, एजेन्सी । भारतमा मुस्लिम धर्मावलम्बीको एक धार्मिक प्रदर्शनका क्रममा अत्यधिक भोल्टेजको तारमा छोइँदा शनिबार करेन्ट लागेर कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका प्रहरीले जानकारी दिएको छ।

इस्लामी क्यालेन्डर अनुसार अहिले मुहर्रम महिनामा पर्छ। यो संसारभरका शियाहरूको लागि सबैभन्दा पवित्र समय हो। मुहर्रममा सातौं शताब्दीमा पैगम्बर मुहम्मदका नाति हुसेनको शहादतको प्रतीकको रूपमा ठूलो आशुरा जुलुस निस्कन्छ।

बोकारो जिल्लाका प्रहरी सुपरिटेन्डेन्ट प्रियदर्शी आलोकले एएफपीलाई बताएअनुसार पूर्वी राज्य झारखण्डमा केही भक्तजनले बोकेको धातुको खम्बामाथिको केबलमा ठोक्किँदा एक जुलुसका सदस्यको मृत्यु भएको हो।


प्रकाशित मिति: १४ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?