Trending
>>   अमेरिकाले हस्तक्षेपकारी उद्देश्यका लागि गैरसरकारी संस्थाहरू प्रयोग गरेको इरानको आरोप >>   साउदी युवराजले जेलेन्स्कीलाई भेटे >>   प्रतिनिधि सभाको बैठक बस्दै,यस्तो छ आजको सम्भावित कार्यसूची >>   कास्कीमा भूकम्पको धक्का >>   दुई संसदीय समितिको बैठक बस्दै >>   यी तीन प्रदेशका एक–दुई स्थानमा मेघगर्जन / चट्याङ्गसहित हल्का वर्षाको सम्भावना >>   राजावादीहरुको प्रदर्शनबारे देउवाः कुनै अद्भुत प्रदर्शन भएको छैन >>   हामी जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने दयनीय अवस्थामा छैनौं: प्रधानमन्त्री >>   सरकारको कुशासनको फाइदा उठाएर व्यवस्था बिरोधी अभियान चलाइयोः माओवादी केन्द्र >>   लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राजावादीहरुको विरुद्धमा एकतावद्ध हुन नेकपा एसको आह्वान
Logo
२७ फाल्गुन २०८१, मंगलवार
२७ फाल्गुन २०८१, मंगलवार

गण्डकी


म्याग्दीमा आठ महिनामा छ पुल निर्माण

म्याग्दी। म्याग्दीमा आठ महिनाका अवधिमा छवटा नयाँ सडक पुल निर्माण सकिएको छ भने थप एक वटा मोटरेबल पुल निर्माणको अन्तिम चरणमा छ । सो ग्रामीण बस्ती जोड्ने सडकमा पुल निर्माण भएपछि यातायातका साधन आवतजावत सहज भएको छ भने सङ्घीय सरकारमार्फत चार र प्रदेश सरकारमार्फत तीन वटा पुल निर्माण भएका हुन्

पर्यटक आकर्षणको केन्द्र बन्यो पञ्चकोट

ढोरपाटन,बागलुङ। बागलुङ बजारको शिरमा सर्वसिद्धीधाम पञ्चकोट रहेको छ । समुद्री सतहबाट एक हजार सात सय ५० मिटरको उचाइमा रहेको पञ्चकोट एक दशक अगाडि भिरालो पहाड थियो । यहाँ पर्यटक भित्र्याउन धार्मिक संरचना निर्माण गर्ने योजना बनाउँदा कसैले पनि विश्वास गरेका थिएनन् । अहिले यो क्षेत्र गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक पर्यटकीय

दमौली अस्पताललाई रु छ लाख सहयोग

तनहुँ। व्यास नगरपालिका कार्यालयले दमौली अस्पताललाई रु छ लाख अनुदान उपलब्ध गराउने भएको छ । दमौली अस्पतालमा कार्यरत गाइनोलोजिष्ट र एनेस्थेसिस्ट दुईजना चिकित्सकलाई पारिश्रमिकबापत सो रकम उपलब्ध गराउन लागेको हो । त्यस्तै, सुत्केरीको शल्यक्रिया सेवालाई निरन्तरता दिन चालु आर्थिक वर्षको छ महिना नगरपालिकाले अनुदान दिएर सहयोग गर्न लागेको व्यास नगरपालिकाका

चौरासी पूजाको खर्च कटाएर विद्यालयलाई चार लाख सहयोग

म्याग्दी। मालिका गाउँपालिका–४ च्युरीबोटका एक वृद्धा र उनका परिवारले चौरासी पूजामा हुने खर्च कटाएर विद्यालयलाई रु चार लाख सहयोग गरेका छन् । त्यसैगरी, च्युरीबोट घर भई हाल बेलायत बसोबास गर्नुहुने घनमाया पुन र उहाँका छोराहरुले मङ्गलबार चौरासी वर्ष पुगेको अवसरमा सिद्धार्थ माविलाई रकम हस्तान्तरण गरेका हुन् । घनमायाले आफ्नो नामबाट

बेनी-जोमसोम-कोरला सडक : ६ पुल निर्माण अन्तिम चरणमा

म्याग्दी। गण्डकी प्रदेशको भाग्य रेखा मानिएको राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने काली गण्डकी कोरिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकअन्तर्गत थप ६ पुल निर्माण भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा एक, मुस्ताङको थासाङ गाउँपालिकामा एक र लोमान्थाङ गाउँपालिकामा चार मोटरेबल पुल सञ्चालनमा आएको बेनी-जोमसोम-कोरला सडक आयोजनाले जनाएको छ । उक्त आयोजनाका इन्जिनियर विष्णु चापागाईँले निर्माणको

सातौँ बागलुङ महोत्सव हुँदै

गलकोट,बागलुङ। बागलुङ उद्योग वाणिज्य सङ्घले चार वर्षपछि गर्न थालेको सातौँ बागलुङ महोत्सवको तयारी पूरा भएको छ । यही पुस ११ देखि २१ गतेसम्म आयोजना हुने बागलुङ महोत्सव–२०८० को तयारीलाई अन्तिमरुप दिइएको छ भने यसअघि २०७६ सालमा महोत्सव आयोजना गरिएको थियो विगतका वर्षमा गरिएका महोत्सवले बागलुङ बजारको व्यापार फष्टाउँदै आएको थियो

कास्कीमा कारको ठक्करबाट दुई युवकको मृत्यु

गण्डकी। कास्कीको पोखरा महानगरपालिका–५ प्रस्याङमा गए राति कारले ठक्कर दिँदा दुईजना पैदलयात्रीको मृत्यु भएको छ । त्यस्तै, बागलुङ बसपार्कबाट जिरो किमीतर्फ जाँदै गइरहेको कारले ठक्कर दिँदा पोखरा–३ नदीपुरका २० वर्षीय ढोलन्द्र छन्त्याल र परिचय नखुलेका अर्का एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो कारको ठक्करबाट गम्भीर

मर्स्याङ्दी कोरिडोरमा पर्यटन सम्भावना अध्ययन गर्ने तयारी

डुम्रे,तनहुँ। मर्स्याङ्दी नदी कोरिडोर अन्तर्गतका स्थानीय तहले समग्र कोरिडोर क्षेत्रको पर्यटन प्रवर्द्धन र औद्योगिक ग्रामको सम्भाव्यता अध्ययन गर्ने भएका छन् । तनहुँको बन्दीपुरमा आइतबार बसेको अन्तरपालिका समन्वय बैठकबाट कोरिडोर क्षेत्रमा युवालाई रोजगारी सिर्जना गर्ने गरी औद्योगिकग्राम बनाउने लक्ष्यका साथ अध्ययन गरिने भएको हो । गण्डकी प्रदेशले एक लाख पर्यटक भित्र्याउने

पोखरा विमानस्थलबाट झण्डै २८ करोडको वस्तु आयात

काठमाडाैं। नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थलमध्ये त्रिभुवन विमानस्थलपछि पोखराबाट बढी अन्तर्राष्ट्रिय व्यापार भएको देखिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चालु आर्थिक वर्षको पहिलो ५ महिनामा २७ करोड ७४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । त्यसैगरी, उडानमार्फत व्यवसायीले सो मूल्य बराबरको सामान भित्राएको भन्सार विभागको तथ्याङ्कमा देखिएको छ, यो विमानस्थल

अतिथिलाई उपहार : चोयाको डोकोमा रायोको साग

गलकोट,बागलुङ। आइतबार रायडाँडामा आयोजित बालमैत्री शुभारम्भ कार्यक्रममा कृषिलाई बढवा दिइएको अनौठो दृश्य देखियो । उक्त कार्यक्रममा पुगेका बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठसहित अन्य अतिथिलाई मायाको चिनो दिन उद्घोषकले बोलाए । मायाको चिनोको व्यवस्थापन मिलाउने त्यहाँका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले अतिथिलाई निगालोको सानो डोकोमा रायोको साग हालेर मायाको चिनो दिएका छन् ।

सम्वन्धित समाचारहरु