Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

रारामा तालमा बढ्न थाल्यो फोहोर


मुगु। रारा तालमा पर्यटकको सङ्ख्या बढ्न थालेपछि फोहरको समस्या बढ्न थालेको छ । विशेष गरी मुर्माटप र मिली चौरमा बढी फोहर देखिने गरेको छ ।फोहरमैलाको उचित व्यवस्थापनको भरपर्दो माध्यम नहुँदा बिस्कुट, चाउचाउ, पानी र बियरका बोतल, चक्लेटलगायतका प्लाष्टिक र कागज थुप्रिन थालेका छन् ।

सो रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुका प्रमुख राजु घिमिरेका अनुसार रारा आउने सबै पर्यटकबाट प्रवेश शुल्कबापत रु एक सय लिने गरिएको छ । “निकुञ्ज क्षेत्रभित्र कुनै प्रकारको फोहर नगर्न भन्छौँ तर पनि फोहोर भइरहेको छ”, उनले भने। रारा ताल आसपास जम्मा फोहर रारा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकास समितिका कर्मचारीले सङ्कलन गरी व्यवस्थापन गर्दै आएको रारा राष्ट्रिय निकुञ्जका मुख्य संरक्षण अधिकृत घिमिरेले बताए ।

उक्त निकुञ्ज कार्यालयका अनुसार प्रत्येक महिनाको दोस्रो शुक्रबार निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना र कर्मचारी मिलेर फोहर सङ्कलन र व्यवस्थापन
भइरहेको छ भने केही वर्ष अगाडि नेपाल टेलिकमको सहयोग तथा छायाँनाथ रारा नगरपालिकाको पहलमा रारा राष्ट्रिय निकुञ्जका मिलिलगायत विभिन्न ठाउँमा डस्टबिनको व्यवस्था गरिएको थियो ।

सो रारा ताल अवलोकनका लागि चालु आवको मङ्सिर मसान्तसम्म छ हजार ७५ आन्तरिक पर्यटक, सार्क मुलुकका २६ जना र अन्य विदेशी ९९ सय जना गरी छ हजार दुई सय पर्यटक आएका छन् ।


प्रकाशित मिति: १३ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?