Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

रारामा तालमा बढ्न थाल्यो फोहोर


मुगु। रारा तालमा पर्यटकको सङ्ख्या बढ्न थालेपछि फोहरको समस्या बढ्न थालेको छ । विशेष गरी मुर्माटप र मिली चौरमा बढी फोहर देखिने गरेको छ ।फोहरमैलाको उचित व्यवस्थापनको भरपर्दो माध्यम नहुँदा बिस्कुट, चाउचाउ, पानी र बियरका बोतल, चक्लेटलगायतका प्लाष्टिक र कागज थुप्रिन थालेका छन् ।

सो रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुका प्रमुख राजु घिमिरेका अनुसार रारा आउने सबै पर्यटकबाट प्रवेश शुल्कबापत रु एक सय लिने गरिएको छ । “निकुञ्ज क्षेत्रभित्र कुनै प्रकारको फोहर नगर्न भन्छौँ तर पनि फोहोर भइरहेको छ”, उनले भने। रारा ताल आसपास जम्मा फोहर रारा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकास समितिका कर्मचारीले सङ्कलन गरी व्यवस्थापन गर्दै आएको रारा राष्ट्रिय निकुञ्जका मुख्य संरक्षण अधिकृत घिमिरेले बताए ।

उक्त निकुञ्ज कार्यालयका अनुसार प्रत्येक महिनाको दोस्रो शुक्रबार निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना र कर्मचारी मिलेर फोहर सङ्कलन र व्यवस्थापन
भइरहेको छ भने केही वर्ष अगाडि नेपाल टेलिकमको सहयोग तथा छायाँनाथ रारा नगरपालिकाको पहलमा रारा राष्ट्रिय निकुञ्जका मिलिलगायत विभिन्न ठाउँमा डस्टबिनको व्यवस्था गरिएको थियो ।

सो रारा ताल अवलोकनका लागि चालु आवको मङ्सिर मसान्तसम्म छ हजार ७५ आन्तरिक पर्यटक, सार्क मुलुकका २६ जना र अन्य विदेशी ९९ सय जना गरी छ हजार दुई सय पर्यटक आएका छन् ।


प्रकाशित मिति: १३ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?