२१ ,श्रावण ,गण्डकी । ‘एक वडा, एक पकेट’ कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिकाका किसानले रु एक करोड ८१ लाख प्रोत्साहन रकम बुझेका छन् । अन्न, तरकारी, फलफूललगायत कृषिजन्य उत्पादनमा लागेका २० वडाका झन्डै पाँच हजार किसानलाई प्रोत्साहन रकम वितरण गरिएको महानगरको कृषि महाशाखाले जनाएको छ । महानगरले गत आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार
२१ श्रावण, पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमणका कारण परीक्षण गराउनेको सङ्ख्या बढेको छ । हिमालय आँखा अस्पताल घारिपाटनमा आँखा परीक्षण गर्न आउने बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । विगतको तुलनामा यसवर्ष आँखा पाक्ने समस्या बढी देखिएको अस्पतालका स्वास्थ्य निर्देशक डा इलिया श्रेष्ठले जानकारी दिए
२१ श्रावण, पोखरा । पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा व्यङ्ग्य चित्रकार दुर्गा बराल ‘वात्स्यायन’ क्यानभासमा चित्र कोर्दै गरेको भेटिए । उनीसँगै अन्य कलाकार पनि त्यहीँ छन् । शनिबार उहाँहरु सबैले विन्ध्यवासिनीबाट देखिएको दृश्य क्यानभासमा उतार्दै गरेको देखिन्थ्यो । वात्स्यायनको अनुभव र उनको कलासँग अग्रज र अनुज कलाकार भलाकुसारी गरिरहेको भेटिन्थ्यो । अग्रज
२१ श्रावण, मनाङ । मनाङको हिमशृङ्खला, तालतलैया, अग्ला तरेली परेका डाँडा, हिमालका मनोरम दृश्यमा रमाउन पर्यटक आउने गर्दछन् । विशेषगरी यहाँ आउने पर्यटक हिमतालमा रमाउने गरेको पाइन्छ । यहाँका अग्ला डाँडाकाँडा, छहरा, झरनामा पर्यटकले मोहित हुँदै मनाङ प्रवेश गर्छन् । यहाँका सफा, स्वच्छ झरना, छहराका पानीले मोहित पारेको पर्यटक बताउँछन् ।
२१ ,श्रावण ,म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले घरजग्गा भाडामा लगाएकाको लगत सङ्कलन गर्न थालेको छ । घरधनीलाई करको दायरामा ल्याउन नगरपालिका क्षेत्रमा निजी स्वामित्वमा रहेको घर तथा जग्गा भाडामा लगाएकाहरूको विवरण सङ्कलन गर्न थालेको हो । नगरपालिकाका कर अधिकृत प्रभा शर्माले आगामी भदौ २१ गतेभित्र वडा कार्यालयमा घर तथा जग्गा
२१ ,श्रावण ,ढोरपाटन । ढोरपाटन नगरपालिका–९ छ्यान्तुङकी थमकुमारी भण्डारी अहिले ७० वर्ष पूरा भईन् । उनले अहिलेसम्म टुकी र दियालो बालेर रात कटाउँदै आएकि थिईन् । वर्षौँदेखि अन्धकारमा जीवन बिताउँदै आउनुभएकी भण्डारीको घर आजभोलि उज्यालो बनेको छ । उनले भनिन्, “गाउँ अहिलेसम्म अन्धकारमा थियो, नगरपालिकाले सोलार बत्ती वितरण गरेपछि अहिले
२० ,श्रावण ,गलकोट । लोपोन्मुख शालग्राम शिलाको संरक्षण गर्दै आएको बागलुङ नगरपालिका–४ कुडुँले फेदीमा रहेको श्रीधराचार्य शालग्राम सङ्ग्रहालयमा औषधालय स्थापना गरिएको छ । सङ्ग्रहालयले स्थापना गरेको औषधालयको आज एक कार्यक्रमका बीच नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे । अध्यक्ष ढकालले नेपालमा आफ्नो धर्म, संस्कृति र परम्पराको संरक्षणका
२० ,श्रावण ,गण्डकी । गण्डकी प्रदेश सरकारले आफ्नो १०० दिनको उपलब्धि सार्वजनिक गर्दै यस बीचमा स्वास्थ्यलगायत जनसरोकारका विभिन्न विषयमा महत्त्वपूर्ण पहलकदमी सुरु भएको जनाएको छ । प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो नेतृत्वमा यही वैशाख १५ गतेदेखि हालसम्मको अवधिमा भए गरेका कामबारे जानकारी गराउँदै सीमित बजेटमा जनताको आवश्यकता सम्बोधन गर्न प्रयास
२० श्रावण, तनहुँ । तनहुँमा एक वर्षको अवधिमा रु २९ करोडको सुन्तला उत्पादन भएको छ । जिल्लामा उत्पादित अधिकांश सुन्तला जिल्ला बाहिर निर्यात भएको छ । आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा नौ हजार छ सय ४५ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । उक्त सुन्तला बिक्री गरेर
२० श्रावण, बागलुङ । यतिबेला बागलुङको ढोरपाटनका पशुपालक किसान बुकी क्षेत्रमा छन् । बर्खायाम पशुचौपायाका लागि पोषिलो घाँस पर्याप्त पाइने हुँदा सयौँ किसान हजारौँ भेँडाबाख्रा र गाईभैँसी लिएर बुकी पुगेका हुन् । चार हजार पाँच सय मिटरको उचाइमा पर्ने बुकी क्षेत्र यति बेला हरियाली घाँस र पशुचौपायले ढाकिएको छ । हरेक