३० चैत्र, म्याग्दी । विसं २०४४ अघि सुनसान र गुमनाम थियो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ गाउँ । विसं २०४४ मा पहिलो पटक दुई मेगावाट क्षमताको तातोपानी जलविद्युत आयोजना निर्माण भयो । त्यसयता हालसम्म यहाँ साना र ठूला गरी नौ जलविद्युत अयोजना सञ्चालनका लागि निर्माण कार्य सुरु भएकाले यहाँको स्वरूप
३० चैत्र, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सरावल गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा आएका ठूला उद्योग तथा कलकारखानालाई वातावरण अनुगमन प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ। वातावरणीय दृष्टिकोणले संवेदनशील उद्योग तथा आयोजनालाई आगामी वैशाख ३० गतेभित्र अनिवार्य स्वअनुगमन प्रतिवेदन पेस गर्न निर्देशन दिइएको हो। उद्योगले अर्धवार्षिक स्वअनुगमन प्रतिवेदन पेस गर्नुपर्नेमा नगरेको
३० चैत्र, बागलुङ । कालीगण्डकी नदी दोहनका कारण कुरुप बनेपछि यहाँ पाइने शालिग्राम शिला बचाउने अभियान चलाइने भएको छ । शालिग्राम बचाउने अभियानमा आम नागरिकलाई जोड्न लक्ष्यले शालिग्राम महोत्सवको तयारी गरिएको हो । बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको रङ्गवेंकटेश्वर मुक्तिनारायण मन्दिर व्यवस्थापन समिति र शालिग्राम सङ्ग्रहालय व्यवस्थापन समितिलगायत अन्य धार्मिक संस्थाको अगुवाइमा
३० चैत्र, तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशका समस्या समाधानका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा आज आयोजित कोणसभामा उनले देशका समस्या सबैका साझा भएकाले समाधानका लागि आपसी सहमति र सहकार्य आवश्यक रहेको बताए । गुणस्तरीय शिक्षा, बेरोजगारी अन्त्य, सुलभ
२९ चैत्र, गोरखा । ढुङ्गाले लागेर घाइते भएका व्यक्तिको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ३ सल्लेरी नजिकैको भिरमा माथिबाट खसेको ढुङ्गाले लागेर धार्चे गाउँपालिकाका ४८ वर्षीय गणेश गुरुङ घाइते भएका थिए । ढुङ्गाले लागेर गम्भीर घाइते भएका गुरूङको राजेन्द्र बजगाईंको पहलमा हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
२९ चैत्र, तनहुँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार जनताले निर्वाचित गर्नुपर्ने बताएका छन्। कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले बन्दीपुर गाउँपालिका–४ मा आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले जनताले आफ्ना हरेक सुख, दुःखमा सँगै हुने उम्मेदवार खोजेको उल्लेख गरे । “भाषण गर्ने तर गाउँ ठाउँ
२९ चैत्र, बागलुङ । आठ महिना पहिले गाउँमाथिबाट आएको पहिराले चर्किएका घरहरूमा लिपपोतसमेत गरिएको छैन । पहिराको त्रासले पीडित परिवारमा चर्केका घरमा बस्ने मनस्थिति नै छैन । छाडेर जाउँ अन्यत्र कतै ठाउँ छैन । घर वरपरको जमिन चर्केको छ, घर छेउको बारीमा चिरा परेको छ । हिउँदका महिना पहिरो बढ्ला
२९ चैत्र, काठमाडाैँ । पछिल्लो एक सातायता पर्वत अस्पतालमा बिरामीको चाप बढेको छ । अस्पतालमा दैनिक ज्वरोका मात्र दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । ज्वरो, रुघाखोकीलगायत कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामी उपचारका लागि आउने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिना अधिकारीले जानकारी दिए । “पहिलाभन्दा दोब्बरले
२८ चैत्र, बागलुङ । बागलुङ जिल्लाको दशवटा स्थानीय तहका ८५ वडामध्ये ३७ वडा पहिराको उच्च जोखिममा र ३१ वडा मध्यम जोखिममा परेका छन् । मनसुनजन्य प्रकोपको स्तरीकरण गर्दा बागलुङ जिल्ला नै पहिराको उच्च जोखिममा पर्छ । जिल्ला विपद् व्यवस्थापन समितिले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने सिलसिलामा प्रकोपको स्तरीकरण
२८ चैत्र, म्याग्दी । म्याग्दीका सामुदायिक विद्यालयमा आजदेखि पाठ्यपुस्तक बिक्री वितरण सुरु भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ म्याग्दीले सदरमुकाम बेनीमा सरकारी पाठ्यपुस्तक बिक्री केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक बिक्री वितरण गर्न सुरु गरेका हुन् । महासङ्घमा आबद्ध २८ व्यवसायीले सामूहिकरूपमा लगानी गरी पाठ्यपुस्तक खरिद गरेको