Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

ढुङ्गाले लागेर घाइते भएका व्यक्तिको सांसद् बजगाईंको पहलमा हेलिकप्टरमार्फत उद्धार


२९ चैत्र, गोरखा । ढुङ्गाले लागेर घाइते भएका व्यक्तिको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ३ सल्लेरी नजिकैको भिरमा माथिबाट खसेको ढुङ्गाले लागेर धार्चे गाउँपालिकाका ४८ वर्षीय गणेश गुरुङ घाइते भएका थिए ।

ढुङ्गाले लागेर गम्भीर घाइते भएका गुरूङको राजेन्द्र बजगाईंको पहलमा हेलिकप्टरमार्फत उद्धार गरिएको हो । प्रमुख जिल्ला अधिकारिको उद्धार समन्वयमा प्रधानमन्त्री विपद व्यवस्थापन कोष कार्यक्रम मार्फत नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी उनलाई उपचारका लागि काठमाडाैँको राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएको छ ।

उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको जानकारी दिइएको छ ।


प्रकाशित मिति: २९ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?