Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

ढुङ्गाले लागेर घाइते भएका व्यक्तिको सांसद् बजगाईंको पहलमा हेलिकप्टरमार्फत उद्धार


२९ चैत्र, गोरखा । ढुङ्गाले लागेर घाइते भएका व्यक्तिको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ३ सल्लेरी नजिकैको भिरमा माथिबाट खसेको ढुङ्गाले लागेर धार्चे गाउँपालिकाका ४८ वर्षीय गणेश गुरुङ घाइते भएका थिए ।

ढुङ्गाले लागेर गम्भीर घाइते भएका गुरूङको राजेन्द्र बजगाईंको पहलमा हेलिकप्टरमार्फत उद्धार गरिएको हो । प्रमुख जिल्ला अधिकारिको उद्धार समन्वयमा प्रधानमन्त्री विपद व्यवस्थापन कोष कार्यक्रम मार्फत नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी उनलाई उपचारका लागि काठमाडाैँको राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएको छ ।

उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको जानकारी दिइएको छ ।


प्रकाशित मिति: २९ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?