Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

शालिग्राम बचाउन महोत्सव


३० चैत्र, बागलुङ । कालीगण्डकी नदी दोहनका कारण कुरुप बनेपछि यहाँ पाइने शालिग्राम शिला बचाउने अभियान चलाइने भएको छ । शालिग्राम बचाउने अभियानमा आम नागरिकलाई जोड्न लक्ष्यले शालिग्राम महोत्सवको तयारी गरिएको हो ।

बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको रङ्गवेंकटेश्वर मुक्तिनारायण मन्दिर व्यवस्थापन समिति र शालिग्राम सङ्ग्रहालय व्यवस्थापन समितिलगायत अन्य धार्मिक संस्थाको अगुवाइमा आगामी वैशाख ११ देखि १५ गतेसम्म महोत्सव हुने भएको हो । महोत्सवमा कालीगण्डकी नदी र शालिग्रामको महत्व दर्शाउन विभिन्न क्रियाकलाप सञ्चालन गरिने आयोजकले जनाएको छ ।

नदी सभ्यता र शालिग्रामको संरक्षणमा आम नागरिकलाई प्रेरित गर्ने, शालिग्रामको महिमाबारे प्रचारप्रसार गर्ने र वातावरण संरक्षणमा चासो बढाउन मेला गर्न लागिएको ऋषि प्रपन्नाचार्यले बताए । महोत्सवमा कालीगण्डकी र शालिग्रामको महत्वबारे कवि सम्मेलन, भजन, लोकगीत, र रत्यौलीको माध्यमबाट प्रष्ट बनाउने लक्ष्य राखिएको छ । महोत्सवमा स्थानीयसहित विभिन्न धार्मिकस्थलबाट भक्तजन तथा धार्मिक अगुवाको सहभागिता रहने उनले जानकारी दिए । रू छ करोड ५० लाखमा बनाइएको भूमिगत शालिग्राम सङ्ग्रहालयमा एक लाख १५ हजार शालिग्राम सङ्ग्रह गरिएका छन् ।

सङ्ग्रहालय निर्माणपछि शालिग्रामको महत्वबारे धेरैले बुझ्ने अवसर पाएका छन् । यहाँ दैनिक दुई सयदेखि पाँच सय धार्मिक पर्यटक आउने बताइएको छ । “नदीमा लोप हुन लागेकाले शालिग्रामको सङ्ग्रहालय बनाउनुपर्‍यो” ऋषि प्रपन्नाचार्यले भने, “अब कालीगण्डकी बचाउन सकिएन भने शालिग्रामको अस्तित्व नै लोप हुनेछ । नदी किनारका ठूला ढुङ्गासमेत फोडेर सकिएकाले अब नदी सभ्यता नै लोप हुने अवस्थामा पुगेको छ ।”

नदीको सभ्यता जोगाउन र वातावरण संरक्षण गर्न राज्यले नीतिगत व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । कालीगण्डकी नदीमा मात्र शालिग्राम पाइने भएकाले ढुङ्गा गिटी र बालुवा उत्खनन गर्दा संरक्षणसम्बन्धी नीति बनाउनुपर्ने माग गरिएको छ । महोत्सवमा शालिग्रामको गौरवगाथा विषयक कवि गोष्ठी, कालिगण्डकी र शालिग्रामको काव्यव्यथा विषयक रत्यौली, आत्यात्मिक प्रवचन, शालिग्रामकै महिमा विषयक भजन, झाँकी र नृत्य तथा प्रवचन, कालीगण्डकी र शालिग्रामको कथाव्यथा विषयक आध्यात्मिक दोहोरी र प्रवचन समावेश गरिएको आयोजकले जनाएको छ ।


प्रकाशित मिति: ३० चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?