Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

शालिग्राम बचाउन महोत्सव


३० चैत्र, बागलुङ । कालीगण्डकी नदी दोहनका कारण कुरुप बनेपछि यहाँ पाइने शालिग्राम शिला बचाउने अभियान चलाइने भएको छ । शालिग्राम बचाउने अभियानमा आम नागरिकलाई जोड्न लक्ष्यले शालिग्राम महोत्सवको तयारी गरिएको हो ।

बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको रङ्गवेंकटेश्वर मुक्तिनारायण मन्दिर व्यवस्थापन समिति र शालिग्राम सङ्ग्रहालय व्यवस्थापन समितिलगायत अन्य धार्मिक संस्थाको अगुवाइमा आगामी वैशाख ११ देखि १५ गतेसम्म महोत्सव हुने भएको हो । महोत्सवमा कालीगण्डकी नदी र शालिग्रामको महत्व दर्शाउन विभिन्न क्रियाकलाप सञ्चालन गरिने आयोजकले जनाएको छ ।

नदी सभ्यता र शालिग्रामको संरक्षणमा आम नागरिकलाई प्रेरित गर्ने, शालिग्रामको महिमाबारे प्रचारप्रसार गर्ने र वातावरण संरक्षणमा चासो बढाउन मेला गर्न लागिएको ऋषि प्रपन्नाचार्यले बताए । महोत्सवमा कालीगण्डकी र शालिग्रामको महत्वबारे कवि सम्मेलन, भजन, लोकगीत, र रत्यौलीको माध्यमबाट प्रष्ट बनाउने लक्ष्य राखिएको छ । महोत्सवमा स्थानीयसहित विभिन्न धार्मिकस्थलबाट भक्तजन तथा धार्मिक अगुवाको सहभागिता रहने उनले जानकारी दिए । रू छ करोड ५० लाखमा बनाइएको भूमिगत शालिग्राम सङ्ग्रहालयमा एक लाख १५ हजार शालिग्राम सङ्ग्रह गरिएका छन् ।

सङ्ग्रहालय निर्माणपछि शालिग्रामको महत्वबारे धेरैले बुझ्ने अवसर पाएका छन् । यहाँ दैनिक दुई सयदेखि पाँच सय धार्मिक पर्यटक आउने बताइएको छ । “नदीमा लोप हुन लागेकाले शालिग्रामको सङ्ग्रहालय बनाउनुपर्‍यो” ऋषि प्रपन्नाचार्यले भने, “अब कालीगण्डकी बचाउन सकिएन भने शालिग्रामको अस्तित्व नै लोप हुनेछ । नदी किनारका ठूला ढुङ्गासमेत फोडेर सकिएकाले अब नदी सभ्यता नै लोप हुने अवस्थामा पुगेको छ ।”

नदीको सभ्यता जोगाउन र वातावरण संरक्षण गर्न राज्यले नीतिगत व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । कालीगण्डकी नदीमा मात्र शालिग्राम पाइने भएकाले ढुङ्गा गिटी र बालुवा उत्खनन गर्दा संरक्षणसम्बन्धी नीति बनाउनुपर्ने माग गरिएको छ । महोत्सवमा शालिग्रामको गौरवगाथा विषयक कवि गोष्ठी, कालिगण्डकी र शालिग्रामको काव्यव्यथा विषयक रत्यौली, आत्यात्मिक प्रवचन, शालिग्रामकै महिमा विषयक भजन, झाँकी र नृत्य तथा प्रवचन, कालीगण्डकी र शालिग्रामको कथाव्यथा विषयक आध्यात्मिक दोहोरी र प्रवचन समावेश गरिएको आयोजकले जनाएको छ ।


प्रकाशित मिति: ३० चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?