११ बैशाख,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले मुलुकमा स्थापित राजनीतिक परिवर्तनलाई संस्थागत गर्नु अहिले हामी सबैको दायित्व भएको बताउनुभएको छ । नेपाल रिपब्लिक मिडिया १५ औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । सो अवसरमा प्रधानमन्त्रीले भन्नुभयो, 'हिजो संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि
११ वैशाख, काठमाडाैँ । चितवन २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिकाका १ र ३ वडाको मतगणना जारी रहँदा लामिछाने ११५५ मत सहित अघि लागेका हुन् । ६५५ मत सहित दोश्रो स्थानमा रहेका नेकपा एमालेका रामप्रसाद न्यौपानेले उनलाई पछ्याइरहेका छन् । त्यसैगरी,
११ वैशाख, चितवन । चितवन २ को प्रारम्भिक मतगणनामा नेकपा एमालेका रामप्रसाद न्याैपानले अग्रता लिएका छन् । मतगणना सुरू भएपछि पहिलो पटक दिइएको अपडेटमा ३७६ मत सहित न्याैपानेले अग्रता लिएका हुन् । त्यस्तै, दोश्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ३१९ मत पाएका छन् । नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ २४४
११ वैशाख, चितवन । चितवन २ मा मतगणना सुरू भएको छ । इच्छाकामना गाउँपालिकाबाट मतगणना गर्न सुरू गरिएको जानकारी दिइएको छ । सोमबार बिहान बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेबाट मतगणना गर्ने निर्णय गरेको भएता पनि करिब १ घण्टा ढिलो गरी मतगणना सुरू भएको हो । सर्वदलीय बैठकमा नेपाली कांग्रेसले
११ वैशाख, चितवन । चितवन २ मा १ बजेदेखि मतगणना सुरू हुने भएको छ । बिहान ९ बजे बसेको सर्दलीय बैठकले १ बजेबाट मतगणना सुरू गर्ने निर्णय गरेको हो । एमाले र कांग्रेसका उम्मेदवारले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले आचारसंहिता मिचेको भन्दै उजुरी दिएको र सो उजुरीको उचित निर्णय नभएसम्म
११ वैशाख, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका एक सय ९९ हेक्टर जङ्गल डढेलोले नष्ट भएको छ । जिल्ला वन कार्यालयका अनुसार चौतारा साँगा चोकगढी नगरपालिकाको विभिन्न सामुदायिक वनको जङ्गल डढेलोले सखाप पारेको हो । त्यसैगरी चौतारा साँगा चोकगढी नगरपालिका र सुनकोसी गाउँपालिकाका जङ्गल डढेलाले नष्ट भएको डिभिजन वन कार्यालयबाट परिचालित हरित स्वयंसेवक समूहका
११ वैशाख, नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङको जङ्गलमा सिकार गर्न गएका पञ्च घलेको साथीले बोकेको बन्दुक पड्किएर लागेको गोलीले मृत्यु भएको छ । शनिबार राति जङ्गलमा सिकार गर्न गएका ३० वर्षीय घलेको सोही स्थानका अमृत तामाङले बोकेका भरुवा बन्दुक पड्केर गोली लाग्दा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका
११ वैशाख ,काभ्रेपलाञ्चोक । सरकारले भू–उपयोग नियमावली जारी गरी दश क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेअनुसार हालसम्म काभ्रेपलाञ्चोकका आठ स्थानीय तहले वर्गीकरण गरेका छन् । जग्गाको जथाभावी कित्ताकाट रोक्ने उद्देश्यले सरकारले २०७९ जेठमा भू–उपयोग नियमावली जारी गरेको थियो । काभ्रेको बेथानचोक गाउँपालिकाले १६ हजार कित्ता जग्गालाई भू–वर्गीकरण गरी आइतबार मालपोत
१० वैशाख, चितवन । आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ । बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टि हुने क्रम
१० वैशाख, चितवन । नेपाली काँग्रेस चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएको छ । निर्वाचन भइराखेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछानेले फेसबुक लाइभमार्फत मत मागेको, मतदान स्थलमा हूलहुज्जत गरी प्रचार गरेको र प्रमुख जिल्ला अधिकारी