Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

मेलम्चीबाट काठमाडाैँतर्फ पठाइयो पानी


१६ जेठ, काडमाडाैँ । जेठ ५ गतेदेखि बन्द गरिएको मेलम्ची खानेपानी सोमबार बेलुकी देखि काठमाडौं उपत्यका तर्फ छाडिएको छ । सुरुङमा पथान्तरण गरिएको पानी बिहीबार देखि वितरण सुरु गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश कुमार राईले जानकारी दिए ।

सुरुङको रेक्टिफिकेशन तथा बाढीले क्षतिग्रस्त हेडवर्क्स लगायतका संरचनाको निर्माण गर्न बन्द गरिएको मेलम्ची खानेपानी पुनः वितरण सुरु गरिएको राईले बताए । हेडवर्क्सको अल्प तथा मध्यकालिक पानी पथान्तरणका कार्यहरू नदी फर्काएरै गर्नुपरेकाले मेलम्ची खानेपानी विकास समितिले १० दिन अघि सूचना जारी गरेर मेलम्चीको सुरुङ बन्द गरेको थियो ।

हेडवर्क्समा नयाँ संरचना निर्माण भएपछि सामान्य बाढीमा पहिले जस्तो सुरुङ बन्द गर्नु नपर्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।


प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?