६ असार, चितवन । चितवनमा चैतेधान खेती गरेका छ हजार नौ सय ९३ कृषकले चैतेधान प्रोत्साहन अनुदान पाउने भएका छन् । सरकारले चैतेधान खेती गर्ने कृषकका लागि प्रोत्साहन गर्ने गरी पहिलोपटक सञ्चालन गरेको यस कार्यक्रममा जिल्लाका पाँच पालिकाका कृषकले आवेदन दिएका थिए । खैरहनी, राप्ती, रत्ननगर, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा
६ असार, भक्तपुर । पर्यटकीय गन्तव्यको रूपमा पहिचान बनाउँदै आएको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडा रानीकोट सडकखण्डमा योयो जीपलाइनले सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना निर्माण गर्दा सडक पहिरोको जोखिममा परेको छ । जीपलाइनले घ्याम्पेडाँडा हुँदै रानीकोट जाने आठ मिटर चौडा सडकको मापदण्ड एवं सामुदायिक वनको जग्गा अतिक्रमण गरेर टिकट काउन्टरदेखि रेष्टुरेन्टसम्म बनाउँदा
६ असार, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अब जिल्लाको स्थायी ठेगाना भएका सेवाग्राहीको मात्रै राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्ने व्यवस्था मिलाइएको छ । यसअघि बाहिरी जिल्लाका नागरिकको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा विवरण दर्ता गर्ने स्थान तोकिएकामा अब काठमाडौँ बाहिर स्थायी ठेगाना भएका सेवाग्राहीको हकमा राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि
५ असार ,काभ्रे । काठमाडौँ उपत्यकाको ललितपुर र भक्तपुरबाट काभ्रेपलाञ्चोक जोड्ने गरी दुई सुरुङमार्गको सम्भाव्यता अध्ययन भइरहेको छ । सरकारको चालु आर्थिक वर्षको बजेटबाट ‘चार भञ्ज्याङ, चार सुरुङ मार्ग’ कार्यक्रमअन्र्तगत दुई सुरुङ मार्गको अध्ययन थालिएको हो । ललितपुरको गोदावरी तथा काभ्रेपलाञ्चोकको पनौती (मानेदोभान) सडक खण्डमा सुरुङ मार्ग निर्माणको प्रारम्भिक सम्भाव्यता
५ असार, चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा दुई महिनायता कार्यकारी निर्देशक नहुँदा दैनिक कामकाज प्रभावित भएको छ । अस्पतालमा बिरामीलाई अत्यावश्यक अक्सिजनदेखि अन्य औषधिजन्य सामग्री खरिद प्रभावित बनेको हो । बिल भुक्तानी हुन नसक्दा अत्यावश्यक सामग्री आउन छाडेपछि नियमित काममासमेत अवरोध पुगेको छ । अस्पतालका सूचना अधिकारी गृहनारायण
५ असार, काठमाडाैँ । आफ्नो क्षेत्राधिकारभित्र पर्ने संस्थागत घरबहाल कर सङ्घीय सरकारअन्तर्गतको आन्तरिक राजस्व विभागले उठाइरहेकाले आफूलाई उपलब्ध गराउन मागसहित काठमाडौँ महानगरपालिकाले पत्राचार गरेको छ । महानगरका प्रमुख बालेन्द्र शाहले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई पत्र लेख्दै संविधान र कानुनले बहाल करलाई स्थानीय सरकारको अधिकारमा राखेकामा व्यक्तिगत घरबहाल कर महानगरले
५ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेले जनताको धन र ज्यानको रक्षा गरेर विकास निर्माणका काम गर्नुपर्ने बताएका छन् । भरतपुर महानगरपालिका–१२ कालिका टोलमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले जनतालाई उठिबास लगाएर गरिने विकासको अर्थ नभएको बताए ।
५ असार, धादिङ । काठमाडौँबाट २७ किलोमिटरको दूरीमा पर्ने ‘ट्रयाम्प जिपलाइन’मा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ । धादिङको थाक्रे गाउँपालिका–७ सातघुम्तीस्थित ‘नौबिसे ट्रयाम्प अग्र्यानिक रिसोर्ट एन्ड जिपलाइन’ नियमित सञ्चालनमा आएको एक वर्षमै करिब चार हजारले यसको मनोरञ्जन लिइसकेका छन् । एक हजार दुई सय मिटर लामो सो जिपलाइन पछिल्लो समयमा
५ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जले आमासँग छुट्टिएर रहेको अवस्थाको दश दिनको भाले गैँडाको बच्चा (केटो ) को बाघमारा मध्यवर्ती सामुदायिक वनबाट उद्धार गरेको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार उद्धार गरिएको केटोलाई राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा राखिएको छ । आमासँग छुट्टिएर बसेको अवस्थामा यही असार १
५ असार ,भरतपुर । चितवनको रामनगरमा झन्डै चार महिना श्रमदान गरेर खानेपानी ल्याइएको छ । भरतपुर महानगरपालिका– २९ स्थित खहरेखोलाको पानी ल्याउन भरतपुर महानगरपालिका–१ का स्थानीयले श्रमदान गरेका हुन् । उनीहरुलाई चितवनका विभिन्न क्षेत्रका नागरिकले पनि श्रमदानमा साथ दिएका थिए । भरतपुरको रामनगर, ठिमुरा र देवघाट क्षेत्रका बासिन्दालाई पानी खुवाउन