Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

ढलान भत्काएर सामाखुसी खोलामा काठमाडाैँ महानगरले सुरू गर्यो सफाइ


२१ श्रावण, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले सामाखुसी खोलामाथिको गरेको ढलान भत्काएर खोलालाई सफाइको काम सुरु गरेका छन् । खोलामाथि आरसिसी ढलान गरेपछि भत्काएर रडलाई काटेर खोला सफाइको कामलाई तीव्रता दिएको छ । स्थानीयले मापदण्डविपरीत खोलामाथि ढलान बनाएको महानगरको भनाइ छ । महानगरले सामाखुसी, रानी बारी लगायतका क्षेत्रको सबै ढलान हटाउने जनाएको छ ।

छोपिएको खोलामा साउन ७ गते १३ वर्षीय बालक साजन मगर बगाएपछि मात्र त्यस क्षेत्रमा खोलामाथि ढलान भएको विषय बाहिर आएको थियो । दुर्घटना रोक्न र सार्वजनिक क्षेत्रको दुरुपयोग रोक्न महानगरले सुरु गरेको यस्तो कार्यको चौतर्फी स्वागत गरेका छन् ।


प्रकाशित मिति: २१ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?