२१ श्रावण, काठमाडाैँ । सामाखुशी खोलामाथिको प्रहरी बिट खाली गराइएको छ । काठमाडाैँ महानगरले काठमाडौं महानगरपालिका-२६ स्थित खोलामाथि बनेको प्रहरी बिट शुक्रबार खाली गराएको हो ।
उक्त प्रहरी बिट अहिले सोही क्षेत्रमा रहेको आशिष चर्चमा सारिएको जानकारी दिइएको छ ।
काठमाडौं महानगरपालिकाले सामाखुशी खोलालाई पूर्ववत् अवस्थामा फर्काउन असारदेखि स्ल्याब हटाउन सुरू गरेको छ । खोलामाथि बनाइएको स्ल्याब हटाउँदा उक्त क्षेत्रका धेरै संरचनाहरूमा असर पुगेको छ ।
प्रकाशित मिति: २१ श्रावण २०८०, आईतवार