Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

पायक पर्ने स्थानमा मालपोत र नापी कार्यालय सार्न काभ्रेका तीन पालिकाको माग


१९ श्रावण, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको ग्रामीण भेगका तीन पालिकाले स्थानीयबासीलाई पायक पर्ने स्थानमा मालपोत र नापी कार्यालय स्थापना गर्न माग गरेका छन्। नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिकाका जनप्रतिनिधिको बिहीबार बसेको अन्तरपालिका समन्वय बैठकले संयुक्त रुपमा सो माग गरेका हुन्।

नमोबुद्ध नगरपालिकामा भएको सो बैठकले भौगोलिक रुपमा विकट रहेका महाभारत, रोशी , तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकाका सेवाग्राहीलाई नापी र मालपोत कार्यालय, राष्ट्रिय परिचयपत्र र मतदाता नामावलीसम्बन्धी सेवा लिन हाल धुलिखेलमा आउनुपर्छ।

पालिकालाई पायक पर्ने स्थानमा कार्यालय स्थापना गर्न संयुक्तरुपमा अनुरोध र पहल गर्ने निर्णय भएको नमोबुद्ध नगरपालिकाका प्रवक्ता टीकाबहादुर केसीले बताए। yयस क्षेत्रका बासिन्दाको मागअनुसार तीन वटा नै पालिकालाई पायक पर्ने स्थानमा सो कार्यालय स्थापना गर्न अत्यावश्यक छ,’ उनले भने, ‘ती कार्यालय स्थापना र संवैधानिक अधिकारअनुसार हस्तान्तरणका लागि सम्बन्धित निकायलाई संयुक्त रुपमा अनुरोध र आवश्यक पहलसमेत गर्ने निर्णय गरेको हो।’

बैठकले पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, विपद् व्यवस्थापन तथा न्यूनीकरण, खानेपानी तथा सरसफाइ, शिक्षा, स्वास्थ्य, कृषिसँग सम्बन्धित नमोबुद्ध, रोशी र तेमालको साझा योजना तथा कार्यक्रम पहिचान गरी सम्बन्धित निकायमा आवश्यक समन्वय र सहकार्य गर्दै सञ्चालन गर्न संयुक्त रुपमा पहल गर्ने निर्णयसमेत गरेको छ।


प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?