Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

पायक पर्ने स्थानमा मालपोत र नापी कार्यालय सार्न काभ्रेका तीन पालिकाको माग


१९ श्रावण, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको ग्रामीण भेगका तीन पालिकाले स्थानीयबासीलाई पायक पर्ने स्थानमा मालपोत र नापी कार्यालय स्थापना गर्न माग गरेका छन्। नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिकाका जनप्रतिनिधिको बिहीबार बसेको अन्तरपालिका समन्वय बैठकले संयुक्त रुपमा सो माग गरेका हुन्।

नमोबुद्ध नगरपालिकामा भएको सो बैठकले भौगोलिक रुपमा विकट रहेका महाभारत, रोशी , तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकाका सेवाग्राहीलाई नापी र मालपोत कार्यालय, राष्ट्रिय परिचयपत्र र मतदाता नामावलीसम्बन्धी सेवा लिन हाल धुलिखेलमा आउनुपर्छ।

पालिकालाई पायक पर्ने स्थानमा कार्यालय स्थापना गर्न संयुक्तरुपमा अनुरोध र पहल गर्ने निर्णय भएको नमोबुद्ध नगरपालिकाका प्रवक्ता टीकाबहादुर केसीले बताए। yयस क्षेत्रका बासिन्दाको मागअनुसार तीन वटा नै पालिकालाई पायक पर्ने स्थानमा सो कार्यालय स्थापना गर्न अत्यावश्यक छ,’ उनले भने, ‘ती कार्यालय स्थापना र संवैधानिक अधिकारअनुसार हस्तान्तरणका लागि सम्बन्धित निकायलाई संयुक्त रुपमा अनुरोध र आवश्यक पहलसमेत गर्ने निर्णय गरेको हो।’

बैठकले पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, विपद् व्यवस्थापन तथा न्यूनीकरण, खानेपानी तथा सरसफाइ, शिक्षा, स्वास्थ्य, कृषिसँग सम्बन्धित नमोबुद्ध, रोशी र तेमालको साझा योजना तथा कार्यक्रम पहिचान गरी सम्बन्धित निकायमा आवश्यक समन्वय र सहकार्य गर्दै सञ्चालन गर्न संयुक्त रुपमा पहल गर्ने निर्णयसमेत गरेको छ।


प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?