Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

वागमती


हेलिकप्टर दुर्घटना अपडेट : दुई जना गम्भीर घाइते, थप उपचारका लागि काठमाडौँ ल्याइयो

२२ वैशाख, काठमाडाैँ । सङ्खुवासभाको भोटखोलामा हेलिकप्टर दुर्घटनामा परी गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।गम्भीर घाइते भएका पाईलट सुरेन्द्र पाण्डे र स्थानीय भविन गुरुङलाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको हो । पाइलट पाण्डेलाई सिम्रिक एयरको हेलिकप्टरबाट र स्थानीय गुरुङलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको जिल्ला प्रहरी

कृषिमा जापानी सीप र प्रविधि भित्र्याउन तालिम

२२ वैशाख, काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाभित्र कृषि क्षेत्रमा जापानी सीप र प्रविधि भित्र्याउन युवा महिलालाई तालिम दिन थालिएको छ । यसका लागि नगरले गत चैत अन्तिम साता जापानको कृषिसँग सम्बन्धित रिनोकिनो कम्पनीसँग स्थानीय कृषकलाई सीप र प्रविधि तथा भाषाबारे छ महिने तालिम प्रदान गर्ने सम्झौता गरेको थियो । सम्झौतामा जापानका

विद्यार्थी सङ्ख्या कम भएपछि विद्यालयको कक्षा घटुवा

२२ वैशाख, नुवाकोट  नुवाकोटको बेलकोटगढी नगरपालिकाले विद्यार्थी सङ्ख्या कम भएका १९ सामुदायिक विद्यालयको तह समायोजन (कक्षा घटुवा) गरेको छ । शैक्षिक सत्र २०७८÷७९ मा निरन्तर विद्यार्थी सङ्ख्या घटेर न्यून भएपछि कार्यपालिका बैठकमार्फत कक्षा घटुवाको निर्णय गरिएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिए । पालिकाले गठन गरेको ‘अनुगमन कार्यदल’ले पटक–पटक (भदौदेखि चैतसम्म)

बागमतीमा शिक्षकहरूलाई सिकाइ कार्यशाला

२२ वैशाख, मकवानपुर । जिल्लाको बागमती नगरपालिकाले शिक्षकहरूका लागि सिकाइ कार्यशाला सुरु गरेको छ । तल्लो तहदेखि नै शिक्षा सुधार गर्न नगरपालिकाले आफ्नो क्षेत्रका सबै सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्मका शिक्षकलाई ‘क्रियाकलापमा आधारित सिकाइ कार्यशाला’ सुरु गरेको नगर शिक्षा शाखाका प्रमुख मीनप्रसाद उपाध्यायले जानकारी दिए । उहाँका अनुसार

व्यवसायी कँडेल मृत्यु प्रकरण : आरोपीमध्ये रावल पक्राउ

२२ वैशाख ,चितवन । व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल रहेका छन् । भरतपुर महानगरपालिका–८ का ३७ वर्षीय रावललाई बाराको सिमाराबाट गए राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक

सर्वोच्चको परमादेश : ‘विदेशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण प्रतिशत पेस गर्नू’

२१ वैशाख ,काठमाडौँ । सर्वोच्च अदालतले दुई महिनाभित्र भारतलगायतका देशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण गरी अदालतमा प्रतिवेदन पेस गर्न परमादेश गरेको छ । न्यायाधीशद्वय शुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले आज उक्त आदेश गरेको हो । अदालतले उक्त विषयमा चार बुँदे निर्देशनसमेत दिएको छ । “नेपालमा पैठारी हुने

कानून निर्माण प्रक्रियालाई तीव्रता दिन्छु : मन्त्री गुरुङ

२१ वैशाख ,काठमाडौँ । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कानून निर्माणको प्रक्रियालाई तीव्रता दिने बताएका छन् । शपथग्रहणपछि मन्त्रालयमा आज पदभार ग्रहणमा उनले निर्माण गर्ने क्रममा रहेका र नयाँ निर्माण गर्नुपर्ने कानूनलाई प्राथमिकताका साथ अगाडि बढाउने बताए । उनले आफू स्वतन्त्र न्यायालयप्रति प्रतिबद्ध रहेको भन्दै न्याय प्रणालीलाई

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

२१ वैशाख, मकवानपुर । मकवानपुरको हेटौँडा–कुलेखानी–काठमाडौँ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका वडा नं–६ जुरिखेतस्थित सडकमा बुधबार साँझ काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२०२०प४२३७ नं को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक बाराको

पाँच वर्षमा पनि पूरा भएन मिनि रङ्गशाला

२१ वैशाख, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा निर्माण गर्न लागिएको मिनि रङ्गशाला पाँच वर्ष पुग्दा पनि पूरा हुनसकेको छैन । विसं २०७६ मा निर्माण थालिएको मिनि रङ्गशाला निर्माण व्यवसायीले ढिलासुस्ती गर्दा पूर्णताः पाउन नसकेको हो । रङ्गशाला निर्माण भए सिन्धुपाल्चोक मात्रै नभएर आसपासका जिल्लाको फुटबल प्रतियोगिता गर्न आउँदा आम्दानीको स्रोतमा समेत

विज्ञापन गर्नका लागि अनुमति लिन काठमाडौँ महानगरपालिकाको निर्देशन 

२१ वैशाख, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले विज्ञापन दातालाई बाह्य विज्ञापन गर्न अनुमति लिन तथा नवीकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाले आज सूचना प्रकाशित गरी महानगरपालिका क्षेत्रभित्र काठमाडौँ महानगरपालिका विज्ञापन कर निर्देशिका, २०६४ र काठमाडौँ महानगरपालिका विज्ञापन बोर्ड तथा प्रचार सामग्री नियमन गर्ने नीति, २०७० मा भएको व्यवस्थाअनुसार मापदण्ड पूरा गरेका

सम्वन्धित समाचारहरु