Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

“कँडेलले न्याय पाउनुहुन्छ” : मन्त्री गुरुङ


३१ वैशाख ,चितवन । स्व शङ्कर कँडेलले न्याय पाउने नेपाली कांग्रेसका नेताहरुले बताएका छन् । नेपाली कांग्रेस चितवन क्षेत्र नं ३ ले आज भरतपुर महानगरपालिका–८ स्थित कँडेल निवासमा आयोजना गरेको शोक सभामा बोल्दै कांग्रेसका नेताहरूले यस्तो बताएका हुन् ।

सभामा बोल्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले स्व कँडेललाई अन्याय हुन नदिने बताए । उनले भने, “परिवारले दिएको किटानी जाहेरीमा रहेका दोषीले उन्मुक्ति पाउने छैनन् ।”

किटानीमा उल्लेख भएकाले उन्मुक्ति पाउने गरी छानबिन नहुने उनको भनाइ थियो । नेपाली कांग्रेसका उपसभापतिसमेत रहनुभएका मन्त्री गुरुङले अहिलेको अवस्थामा उत्तेजना र भावनामा बगेर नभई गम्भीर भएर छानबिन गरिने बताए ।

कँडेलको निधनले चितवनवासीलाई मात्रै नभएर सिङ्गो कांग्रेसलाई क्षति भएको उनको भनाइ थियो । उनको निधनले सिङ्गो व्यावसायिक क्षेत्रसमेत मर्माहत बनेको भन्दै मन्त्री गुरुङले परिवारको साथमा कांग्रेस रहेको बताए ।

सभामा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कँडेलको निधनको विषयमा उठेका कुराहरूमा कानूनसम्मत छानबिन हुने बताए । उठेको विषय कानूनसम्मत तवरले छिनोफानो नहुँदासम्म नेपाली कांग्रेससँगै उभिने बताए ।

किटानी जाहेरीमा परेका व्यक्तिहरूलाई पक्राउ गर्न सरकारलाई कांग्रेसले दबाब दिइरहेको उनको भनाइ थियो । किटानी जाहेरी परेका व्यक्ति अनुसन्धानको दायरामा आउनुपर्छ भन्ने कांग्रेसको मान्यता रहेको उनले बताए ।

पार्टीलाई केही दिन्छु भनेर हिँडेका व्यक्तिहरूलाई न्याय दिँदै पार्टीमा आएर केही कमाउँछु भन्ने प्रवृत्तिलाई दण्डित गर्ने गरी कांग्रेस लागेको उनको भनाइ थियो । उनले भने, “पार्टीभित्र आएर दुई पैसा कमाउन खोज्ने प्रवृत्ति मौलाउँदै गएको यो समयमा शङ्करजी जस्ता मान्छे अट्ने ठाउँ बनाउन आवश्यक छ ।”

अपराधमा संलग्नहरूलाई कानरूनी दायरामा ल्याउन आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उमा रेग्मी, नेकपा (माओवादी केन्द्र) की पोलिटब्यूरो सदस्य रेनु दाहाल, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, नेपाली कांग्रेस चितवन क्षेत्र नं ३ का क्षेत्रीय सभापति लालबहादुर दवाडी र स्व कँडेलका भाइ युवराज कँडेललगायतले बोलेका थिए ।

व्यवसायी एवं नेपाली कांग्रेसका महासमिति सदस्य कँडेलले यही वैशाख १९ गते आफ्नै कार्यालयमा देहत्याग गरेका थिए । बाउन्न वर्षीय कँडेलले केही महिनाअघि आफ्नो नेतृत्वको अनमोल फिड्स प्रालिको शेयर प्रदीप रुङ्टालाई बेचेका थिए ।

शेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्टा र सोही कम्पनीका चार्टर्ड एकाउन्टेन्ट जीवन रावलले मानसिक दबाब दिएको उनको सुसाइड नोटमा उल्लेख भएको प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिका–८ निवासी कँडेलका एक छोरा, एक छोरी, एक आमा र श्रीमती हुन् ।


प्रकाशित मिति: ३१ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?