Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

गोरक्ष महायज्ञबाट बेवारिसे गाईबाच्छाका लागि ६७ लाख सङ्कलन


३१ वैशाख, काठमाडाैँ । सडकमा छाडा छोडिएका असहाय गाईबाच्छा संरक्षणका लागि गोरक्ष महायज्ञबाट रु ६७ लाख सहयोग सङ्कलन भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गामा करिब दुई सय बेवारिसे गाईबाच्छा संरक्षणका लागि आयोजित महायज्ञमा रु उक्त रकम सङ्कलन भएको हो । महायज्ञमा रु २१ लाख खर्च भएको थियो ।

बेवारिसे गाईबाच्छा संरक्षणका लागि सहयोग जुटाउने उद्देश्यले वैशाख २२ देखि २८ गतेसम्म आयोजना गरिएको महायज्ञमा श्रद्धालु भक्तजनको उत्साहप्रद उपस्थिति रहेको महायज्ञका संयोजक उत्तम पुडासैनीले जानकारी दिए ।

सडकमा छाडा छोडिएका गाईबाच्छा संरक्षणका लागि नेपालकै इतिहासमा पहिलो पटक आयोजना यस महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले कथावाचन गरेको उनले बताए ।

बेवारिसे गाईबाच्छा संरक्षण अभियानमा जनचासो बढ्ने क्रम पनि जारी छ । गाईबाच्छा संरक्षणका लागि कागेश्वरी मनोहरा नगरपालिकाले एम्बुलेन्स उपलब्ध गराएको थियो ।

वैशाख २२ गते उपराष्ट्रपति रामसहायप्रसाद यादवले महायज्ञ उद्घाटन गरेको थियो । विसं २०७५ जेठ १ गतेदेखि बेवारिसे प्रारम्भ गरिएको अभियानबाट सडकमा दुःख पाएका गाईबाच्छाको संरक्षण भएको छ । छाडा छोडिएका गाईबाच्छा संरक्षणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने आयोजक समितिले जनाएको छ ।


प्रकाशित मिति: ३१ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?