Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

लाइसेन्स नभएका चालकलाई बचाउन खोज्दा आफै प्रहरी नियन्त्रणमा


३१ वैशाख, सिन्धुपाल्चोक । सवारी साधन दुर्घटना पछि बेपत्ता भएका भएका चालकलाई बचाउन खोज्ने अर्का व्यक्ति आफै प्रहरी हिरासतमा पुगेका छन् ।

दुर्घटना भएको बखत आफैँले मिनीट्रक चलाएको हो भन्दै  सवारीचालक अनुमतिपत्र नभएका नक्कली चालकलाई बचाउन प्रहरी सामू उपस्थित भएका सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ पीपलडाँडाका ३० वर्षीय ईश्वर बस्नेतलाई प्रहरीले पक्राउ गरी प्रमाण दबाउन नहुने सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको हो  ।

यही बैशाख २५ गते राति २ बजे हेलम्बु गाउँपालिका वडा नं–२स्थित ढोडेनीमा छ्वाली अनलोड गर्ने क्रममा मिनीट्रकले ठक्कर दिँदा ३० वर्षीया पेमा तामाङको घटनास्थलमै मृत्यु भएपछि चालक फरार भएका थिए । आफूसँग लाइसेन्स नभएका कारण फरार भएका हेलम्बु–२ का ४२ वर्षीय चालक छेनाम तामाङलाई बचाउन लाइसन्स प्राप्त निज बस्नेतले दुर्घटना भएको बेला चालक आफू रहेको भनी  मेलम्ची इलाका प्रहरी कार्यालयमा उपस्थित भएर आत्मसमर्पण गरेका थिए ।

उनको बयानमा  शङ्का लागेकाले अनुसन्धन गर्दा बस्नेतले घटना भएको  बेलामा गाडी नचलाएको तर तामाङले नै चलाएको  खुलेपछि उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटना भएको बेलाका चालक तामाङसँग सवारी साधन अनुमतिपत्र नभएकाले उनलाई  बचाउन लाइसन्स प्राप्त चालक बस्नेतले आत्मसमर्पण गर्न आएको प्रहरी उपरीक्षक बाल नरसिं राणाले जानकारी दिए ।

उनका अनुसार सक्कली र नक्कली दुबै चालकलाई पक्राउ गरी प्रमाण दबाउन नहुने सम्वन्धी कसुरमा सात दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।


प्रकाशित मिति: ३१ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?