Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

वागमती


वर्तमान सरकार विघटन गर्नुपर्छ : प्रभु साह

काठमाडौं। आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सत्तारुढ गठबन्धन सरकार विघटन हुनुपर्ने बताएका छन् । मुलुकलाई सङ्कटबाट निकास दिनका लागि वर्तमान सरकार विघटन गरी अन्तरिम सरकार बनाएर अघि बढ्नु नै सही निर्णय हुने उनको भनाइ रहेको छ । सोमबार काठमाडौंमा आयोजित पार्टी स्थायी समिति बैठकमा बोल्दै

आज शेयर बजार ११ अङ्कले घट्यो

काठमाडौं। हिजो आइतवार उच्च अङ्कले बढेको शेयर बजार आज सोमवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११.२७ अङ्कले घटेर एक हजार आठ सय ९६.६७ विन्दुमा झरेको छ । आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेको छ । सबैभन्दा धेरै माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीका शेयर झन्डै

भूकम्प पीडितका लागि नेपाल बैंकबाट प्रधानमन्त्रीलाई ५० लाखको चेक हस्तान्तरण

काठमाडौं। नेपाल बैंक लिमिटेडले जाजरकोट भूकम्प पीडितका लागि ५० लाख रुपैयाँ बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बालुवाटारमा सोमबार आयोजित एक कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले उक्त चेक प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा अध्यक्ष अधिकारीले बैंकले

उपमेयर र प्रमुख प्रशासकीय अधिकृतसहित ९ जना विरुद्ध मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरी जिल्लाको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । त्यस्तै, सडक कालोपत्र निर्माणमा वास्तविक भएको कार्यभन्दा बढी नापी किताबमा चढाइ भुक्तानी गरेको भन्ने उजुरीमाथि अनुसन्धान हुँदा अनियमितता भएको पाइएको हो । आयोगले रामधुनी नगरपालिकाका तत्कालीन

बल्खुबाट स्रोत नखुलेको करिब १६ लाख रुपैयाँसहित १ जना पक्राउ

काठमाडौं। स्रोत खुलाउन नसकेको भन्दै प्रहरीले काठमाडौंको बल्खुबाट करिब १६ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारीका २२ वर्षीय हामित खान रहेका छन् भने उनको साथबाट १५ लाख ८४ हजार ५ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । बा.प्र-०२-१७ प ९७५१ नम्बरको मोटरसाइकलमा सवार

कांग्रेसको केन्द्रीय लेखा समितिमा चार सदस्य मनोनीत

काठमाडौं। नेपाली कांग्रेसको  केन्द्रीय लेखा समितिमा चार जना सदस्य मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले श्यामकुमार घिमिरे संयोजकत्वमा रहेको केन्द्रीय लेखा समितिमा सोमबार चार जना सदस्य मनोनीत गरेका हुन् । सो समितिमा मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार धनुषाका दिलीप ढुङ्गाना, अर्घाखाँचीका डेविड बस्याल, मकवानपुरका रमेश नेपाल र सिन्धुलीका अनन्त कार्कीलाई

यी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं। पश्चिमी वायुको प्रभावले सङ्घीय राजधानी काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा आंशिक

अस्थायी आवासको रकम अब हातमै दिइने

काठमाडौं। भूकम्प प्रभावित घरपरिवारलाई तत्काल अस्थायी आवास निर्माण गर्न बनेको कार्यविधिलाई केही संशोधन गरेर सरलीकृत गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भूकम्प प्रभावित घरपरिवारलाई तत्काल अस्थायी आवास निर्माण गर्न बनाइएको ‘भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८०’ लाई केही संशोधन गर्दै सरल बनाइएको

काजोल र रश्मिकापछि आलिया पनि डीप-फेकको शिकार

काठमाडौं। डीप-फेकले बलिउड सेलिब्रिटीलाई हैरानी दिन थालेको छ । पछिल्लो समय नाम चलेका भारतीय कलाकारको डीप–फेक भिडियो र तस्वीर इन्टरनेटमा भाइरल बनिरहेका छन् । यसबाट रश्मिका मन्दाना र काजोलजस्ता स्टार पीडित भइसकेका छन् । यो सूचीमा जोडिएकी छिन् आलिया भट्ट । इन्टरनेटमा भाइरल भइरहेको नयाँ डीप–फेक भिडियोमा आलियाजस्तै देखिने एक

ग्लोबल आइएमई बैंकको नयाँ शाखा बैतडीको पाटनमा

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले बैतडीको पाटन नगरपालिका-६ स्थित पाटन बजारमा आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले एक समारोहबिच शाखाको समुद्घाटन गरेका छन् । त्यस्तै, नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरूको संख्या २५१ पुगेको छ । उक्त बैंकले ३५१ शाखा, ३६९ एटीएम,

सम्वन्धित समाचारहरु