Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

विपिनको निशर्त रिहाइका लागि अन्तर्राष्ट्रिय शक्तिसँग आग्रह गर्ने निर्णय


काठमाडौं। संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हमासबाट बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको बिनाशर्त रिहाइ गर्न अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गर्ने निर्णय गरेको छ।

बिहीबार सिंहदरवारमा बसेको समितिको बैठकपछि निर्णय सुनाउँदै समिति सभापति राजकिशोर यादवले विपिन जोशीको अविलम्ब रिहाइका लागि हमासलगायत शक्तिहरूसँग आग्रह गर्ने निर्णय भएको बताएका छन् । सो बैठकले समितिको ६ महिनाको भावी कार्ययोजना र समितिको कार्य प्राथमिकीकरणका लागि नौ सदस्यीय कार्यदल गठन गरेको उनले जानकारी दिएका छन् ।
उनले नेपाल कुनै पनि पक्षधरता देश नरहेको र जहिले पनि शान्तिको वकालत गर्ने भएकाले नेपालका नागरिकलाई कारण बिना बन्धक बनाइन नहुने समेत बताए।

त्यसैगरी, यादव संयोजक रहेको कार्यदलमा उदय शमशेर जबरा, एकनाथ ढकाल, छिरिङ यामु लामा, देवीप्रकाश भट्टचन, डा. धवल शमशेर जबरा, प्रेम सुवाल, शिशिर खनाल र सम्झना थपलिया सदस्य रहेका छन् ।


प्रकाशित मिति: १४ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?