Trending
>>   इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति ओमानबाट पक्राउ >>   ट्रम्पद्वारा अमेरिकामा ५ सय अर्ब अमेरिकी डलरको एआई पूर्वाधार लगानीको घोषणा >>   नेपालमा पछिल्लो ६ महिनामा मात्र आगलागीमा परी २२ जनाको मृत्यु >>   प्रोजल ग्रिन इनर्जी र गोल्यान पावरद्वारा औपचारिक रूपमा संयुक्त उद्यम शुरु >>   भारतको महाराष्ट्रमा रेल दुर्घटनामा ११ जनाको मृत्यु >>   सरकार पूर्णतः असफल र डेलिभरी दिन नसकेको हाम्रो निस्कर्ष होः डोलप्रसाद अर्याल (अन्तरवार्ता) >>   शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्दै शुरु भयो शहीद सप्ताह >>   सरकार जसको बनेपनि नेपालको वैदेशिक सहायता नीति एउटै बनाउनुपर्छः महामन्त्री थापा >>   एमसिसी राम्रो रहेछ भन्नेकुरा जनताले अहिले आएर बुझेका छन्ः सभापति देउवा >>   बढ्न थाल्यो देशभरको तापक्रम
Logo
१० माघ २०८१, बिहीबार
१० माघ २०८१, बिहीबार

वागमती


भरतपुर अस्पतालमा सेवा विस्तार गरिने, पिआइसियु, सिसियु र बर्न युनिट थप गरिँदै

२७ चैत्र, चितवन । चितवनको भरतपुर अस्पतालले सेवा विस्तार गर्ने भएको छ । अस्पतालको ६७औँ वार्षिकोत्सवका अवसरमा नयाँ वर्षसँगै ती सेवा विस्तार गर्न लागिएको हो । अस्पतालमा पिआइसियु, सिसियु र बर्न युनिट थप गरिँदै छ भने आइसियु र एनआइसियु सेवा विस्तार गरिँदै छ । अक्सिजन प्लान्ट थप गरिएको छ । अक्सिजन

भक्तपुरमा आजदेखि बिस्काः जात्रा

२७ चैत्र, भक्तपुर । आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ । तौमढीस्थित भैरवको रथमा पूजा गर्न बिहानैदेखि घुइँचो लागेको छ । बिहान ५ बजेदेखि सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुला गरेर जात्राको शुभारम्भ भएको गुठी संस्थान

बागमती प्रदेशका नवनियुक्त मन्त्रीद्वारा पद र गोपनीयताको शपथ

२६ चैत ,हेटौँडा । बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद र गोपनीयताको आज शपथ लिएका छन्‌ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त दुवै जना मन्त्रीलाई पद र गोपनीयताको शपथ आज साँझ गराएका हुन्‌ । मुख्यमन्त्री शालिकराम जमकट्टेलले नेपाली कांग्रेसका तर्फबाट बहादुर सिंह लामालाई आर्थिक मामिला तथा योजनामन्त्री र तीर्थ लामालाई

नुवाकोटमा मनाइयो सन्दुरे जात्रा

२६ चैत्र, नुवाकोट । भैरवी वर्ष बन्धन २०७९ अन्तर्गतको सिन्दुरे जात्रा धुमधामका साथ मनाइएको छ । बिहीबार साँझ देवीघाटस्थित जालपादेवी मन्दिरमा जानुभएका धामी हरिमानसिंह डङ्गोल, धमिनी ज्ञानुमाया डङ्गोलसहित भैरवीदेवीको रथ शनिबार साँझ भैरवीदेवी मन्दिर परिसरमा पु¥याएसँगै सिन्दुर खेल्दै यस वर्षको सिन्दुरे जात्रा मनाइएको हो । भैरवी वर्ष बन्धन अन्तर्गतको मुख्य रौनक

पाटन क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार विष्ट विजयी

२६ चैत्र, ललितपुर । पाटन संयुक्त क्याम्पसमा सभापतिमा  नेविसंघका बागी उम्मेदवार सुशील विष्ट विजयी भएका छन् । शनिबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट स्वतन्त्र उम्मेदवार विष्ट विजयी भएका हुन् । गत चैत ५ गते हुनु पर्ने निर्वाचन आन्तरिक कारणले स्थगित भए पछि शनिवार निर्वाचन गरिएको थियो । जुन निर्वाचनवाट विष्ट ८४१

चितवन क्षेत्र नम्बर २ का २९ स्थल अति संवेदनशिल

२६ चैत्र, चितवन । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं २ का ४३ मध्ये २९ स्थललाई अतिसंवेदनशिलको सूचिमा राखिएको छ । निर्वाचन स्थललाई दुई भागमा वर्गीकरण गर्दै बाँकी १४ स्थललाई भने संवेदनशिल स्थलको सूचिमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । उपनिर्वाचनमा सबै मतदान

मङ्गलटारमा स्वास्थ्य शिविर

२६ चैत्र, काभ्रे । काभ्रेको रोशी गाउँपालिका–९ मङ्गलटारमा आयोजित दुईदिने बृहत् स्वास्थ्य शिविरबाट पाँच सय स्थानीय लाभान्वित भएका छन् । त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी केन्द्रीय विभाग र मङ्गल जनविजय माध्यमिक विद्यालयले संयुक्त रुपमा सो शिविर आयोजना गरेका थिए । शिविरमा स्त्रीरोग, प्रयोगशाला सेवा (मधुमेह, उच्च रक्तचाप, रगत, दिसा, पिसाब), नाक, कान, घाँटी,

काठमाडाैँको ह्याम्स हस्पिटलमा हेलिकप्टर दुर्घटना

२५ चैत्र, काठमाडाैँ । काठमाडाैँको ह्याम्स हस्पिटलमा हेलिकप्टर दुर्घटना भएको छ । शनिबार दिउँसो हस्पिटलको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टर दुर्घटना भएको हो । दुर्घटनामा पाइलट सकुशल रहेको र कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ । अवतरणका क्रममा हेलिकोप्टरको पुच्छरको पंखा खुस्किएर अर्को घरमा पुगेको बताइएको छ । बिरामी लिनका

ललितपुरमा बन्दै गरेको अपार्टमेन्ट वरपरका घरहरू भासिए

२५ चैत्र, ललितपु । ललितपुरमा बन्दै गरेको अपार्टमेन्टको वरिपरीका घरहरू भासिएका छन् । ललितपुरको बखुण्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा शुक्रबार राती वरपरका घरहरू भासिएका हुन् । स्थानीयहरूले आफूहरुसँग अनुमतिसमेत नलिई अपार्टमेन्ट बनाउन सुरु गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरूले तत्कालका लागि बासस्थानको व्यवस्था मिलाउन समेत माग गरेका छन् ।

सामाखुसी यातायातले ५ करोडमा थप्यो १० वटा बस

२५ चैत्र, काठमाडाैँ । सामाखुसी यातायात प्रालीले रु पाँच करोडको लागतमा १० बस सञ्चालनमा ल्याएको छ । विसं २०५७ मा काठमाडौँका उत्तरी क्षेत्रका नागरिकलाई यातायात सेवा प्रदान गर्ने उदेश्यले सञ्चालनमा आएको उक्त प्रालीले आजदेखि बस थप गरेको हो । उक्त सेवाको प्रालीका अध्यक्ष सानुकाजी प्रजापति र प्रालीका प्रमुख सल्लाहकार एवम्

सम्वन्धित समाचारहरु