१४ असार, चितवन । भरतपुरको केरुङ्गा खोलाको सीमाङ्कनको काम सुरु भएको छ । आज महानगरपालिकाको वडा नं ५ र ६ को सिमानाबाट सीमाङ्कनको काम सुरु गरिएको हो । खोला सीमाङ्कनको काम सुभारम्भ गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाले सार्वजनिक जमिन संरक्षणको कामलाई निरन्तर अघि बढाएको बताइन् । उनले महानगरमा अतिक्रमित
१४ असार, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरभित्र सञ्चालित निजी विद्यालयलाई सामुदायिक विद्यालयसरहकै तलबको व्यवस्था गर्न निर्देशन दिएका छन् । आज सामाजिक सञ्जालमार्फत् प्रमुख शाहले सरकारले तोकेअनुसारको तलब सुविधा प्राप्त नभए महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गर्न निजी विद्यालयका शिक्षकलाई अनुरोध समेत गरेका छन् । महानगरका संस्थागत (निजी) विद्यालयका
१४ असार, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापतौल र परीक्षण गरेपछि सुनको जलहरी पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीको रोहबरमा बुधबार सुनको जलहरी पशुपतिनाथ मन्दिरको गर्भगृहमै राखिएको हो। कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार अख्तियारले नापतौल गर्न रुद्रगारेश्वरमा ल्याइएको जलहरी
१४ असार ,चौतारा । सिन्धुपाल्चोकको इचोक गाउँ । यो गाउँ केही वर्षअघिसम्म युवतीविहीन थियो । छोरीहरु रोजगारीको नाममा मुम्बईका कोठीमा बेचिन बाध्य थिए । दलालहरु घरघर पुगेर छोरी–चेली फकाइफुल्याइ आकर्षक रोजगारी मिलाइदिन्छु भन्दै भारत लैजान्थे । बाबुआमा आफैँ छोरीचेलीलाई दिल्ली र बम्बई पठाउँथे । घरमा टिनको छानो हाल्न होडबाजी चल्थ्यो
१३ असार ,काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय र कार्यालय प्रमुख श्यामलाल ज्ञवालीलाई जोडेर नक्कली भूटानी शरणार्थी प्रकरणका विषयमा प्रकाशित समाचार झुटो भएको जनाइएको छ । कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक दिनेशराज मैनालीद्वारा आज जारी सूचनामा अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दाको अनुसन्धानलाई जोडेर तथ्यहीन र भ्रमपूर्ण समाचार सार्वजनिक भएको भन्दै आपत्ति
१३ असार ,काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ र उनको परिवारको नाममा ललिता निवासको २९ रोपनीभन्दा बढी जग्गा रहेको दावी गरेको । कीर्ते गरेर सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यक्ति र उनीहरुसँग जोडिएको विषयबारे आज पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै सिआइबीका प्रहरी
१३ असार ,काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ परेका चार जनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । म्याद थपका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा अदालतले उनीहरुलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी
१३ असार ,चितवन । प्राकृतिक कारणले धेरै गैँडा मरेपछि मृत्युको खोजी गरिरहेको चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा विगतको तुलनामा कम गैँडा मरेका छन् । यस वर्ष हालसम्म २२ वटा गैँडा मरेकोमा २० वटा प्राकृतिक कारणले मरेका हुन् भने दुई वटा चोरी शिकारीले मारेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद
१३ असार, हेटाैँडा । आगामी छ महिनाभित्र हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण हुने भएको छ । हेटौँडा अस्पतालले सहिद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी गरेको हो । धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरद्वारा आयोजित अङ्गदान र प्रत्यारोपणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा हेटौँडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र
१३ असार, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले भोलिदेखि सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि दुई हजार २८ शय्या निःशुल्क गरिने बताएका छन् । बिहीबारदेखि उपत्यकाका गङ्गालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्तिबाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले विपन्नका लागि निःशुल्क शय्या उपलब्ध गराउने उनले जानकारी