Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

बागमती प्रदेशमा लम्पी स्किन विरुद्धको खोप अभियान सुरु


३० ,श्रावण ,काठमाडौँ । बागमती प्रदेशमा पशुचौपायामा लाग्ने लम्पी स्किन रोग विरुद्धको खोप अभियान सुरु भएको छ ।

बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा प्रदेशका १३ जिल्लामा सो खोप अभियान सुरु भएको जनाइएको छ ।

तीन दिन अगाडि साताव्यापीरूपमा सञ्चालन भएको खोप अभियानअन्तर्गत विगत तीन दिनमा १३ हजार पाँच सय १६ गाईगोरु तथा बाछाबाछीलाई लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको सो मन्त्रालयले जनाएको छ ।

प्रथम दिन चार हजार चार सय ६७, दोस्रो दिन चार हजार छ सय ९४ तथा तेस्रो दिन चार हजार तीन सय ३३ पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ ।

उक्त अभियानअन्तर्गत पहिलो तीन दिनमा सबैभन्दा बढी चितवनका पशुलाई खोप लगाइएको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए । त्यहाँ दुई हजार चार सय ८८ पशुमा लम्पी स्किन विरुद्धको खोप लगाइएको हो ।

त्यसैगरी मकवानपुका दुई हजार ४४ पशु, काभ्रेका एक हजार पाँच सय २२, सिन्धुलीका एक हजार एक सय ९८ पशु, धादिङका एक हजार ५५, काठमाडौँका एक हजार ४२, नुवाकोटका नौ सय ९८, रामेछापका नौ सय ८२, सिन्धुपाल्चोकका आठ सय ५६, रसुवाका पाँच सय ८३, भक्तपुरका पाँच सय ५४, ललितपुरका १७ पशु र दोलखाका ८३ पशुमा लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको छ ।

भदौ १ गतेसम्म सञ्चालन हुने सो खोप अभियानअन्तर्गत ५० हजार पशुमा लम्पी स्किन विरुद्धको खोप लगाइने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ ।

सो रोग लागेमा गाईगोरु र बाछाबाछीमा स्वरो आउने, जीउ काँप्ने, छालाको रोग परिवर्तन हुने तथा जीउभरि घाउ, खटिरा हुने, अन्नपानी र दाना नखाने गरेको र त्यस रोगबाट पशुको मृत्यु हुने गरेको बागमती प्रदेशको पशुपक्षी विकास निर्देशनालयका निर्देशक तथा पशु चिकित्सक डा ब्रजकिशोर ठाकुरले बताए ।

छ महिना अगाडि देखापरेको सो रोगको पहिचानमा समस्या रहेको थियो । काठमाडौँको त्रिपुरेश्वरको प्रयोगशालाको परीक्षणपश्चात रोगको पहिचान भई अहिले खोप अभियान सुरु भएको उनले बताए ।


प्रकाशित मिति: ३० श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?