Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

बागमती प्रदेशमा लम्पी स्किन विरुद्धको खोप अभियान सुरु


३० ,श्रावण ,काठमाडौँ । बागमती प्रदेशमा पशुचौपायामा लाग्ने लम्पी स्किन रोग विरुद्धको खोप अभियान सुरु भएको छ ।

बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा प्रदेशका १३ जिल्लामा सो खोप अभियान सुरु भएको जनाइएको छ ।

तीन दिन अगाडि साताव्यापीरूपमा सञ्चालन भएको खोप अभियानअन्तर्गत विगत तीन दिनमा १३ हजार पाँच सय १६ गाईगोरु तथा बाछाबाछीलाई लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको सो मन्त्रालयले जनाएको छ ।

प्रथम दिन चार हजार चार सय ६७, दोस्रो दिन चार हजार छ सय ९४ तथा तेस्रो दिन चार हजार तीन सय ३३ पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ ।

उक्त अभियानअन्तर्गत पहिलो तीन दिनमा सबैभन्दा बढी चितवनका पशुलाई खोप लगाइएको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए । त्यहाँ दुई हजार चार सय ८८ पशुमा लम्पी स्किन विरुद्धको खोप लगाइएको हो ।

त्यसैगरी मकवानपुका दुई हजार ४४ पशु, काभ्रेका एक हजार पाँच सय २२, सिन्धुलीका एक हजार एक सय ९८ पशु, धादिङका एक हजार ५५, काठमाडौँका एक हजार ४२, नुवाकोटका नौ सय ९८, रामेछापका नौ सय ८२, सिन्धुपाल्चोकका आठ सय ५६, रसुवाका पाँच सय ८३, भक्तपुरका पाँच सय ५४, ललितपुरका १७ पशु र दोलखाका ८३ पशुमा लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको छ ।

भदौ १ गतेसम्म सञ्चालन हुने सो खोप अभियानअन्तर्गत ५० हजार पशुमा लम्पी स्किन विरुद्धको खोप लगाइने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ ।

सो रोग लागेमा गाईगोरु र बाछाबाछीमा स्वरो आउने, जीउ काँप्ने, छालाको रोग परिवर्तन हुने तथा जीउभरि घाउ, खटिरा हुने, अन्नपानी र दाना नखाने गरेको र त्यस रोगबाट पशुको मृत्यु हुने गरेको बागमती प्रदेशको पशुपक्षी विकास निर्देशनालयका निर्देशक तथा पशु चिकित्सक डा ब्रजकिशोर ठाकुरले बताए ।

छ महिना अगाडि देखापरेको सो रोगको पहिचानमा समस्या रहेको थियो । काठमाडौँको त्रिपुरेश्वरको प्रयोगशालाको परीक्षणपश्चात रोगको पहिचान भई अहिले खोप अभियान सुरु भएको उनले बताए ।


प्रकाशित मिति: ३० श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?