Trending
>>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस >>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू
Logo
२८ पुष २०८२, सोमबार
२८ पुष २०८२, सोमबार

वागमती


भरतपुरका ९३ प्रतिशत बासिन्दाको पहुँचमा पुग्यो खानेपानी

४ असार, चितवन । भरतपुर महानगरपालिकाले अन्य पूर्वाधारसँगै स्वच्छ खानेपानीको पहुँच विस्तारमा उच्च प्राथमिकता दिएको छ । अहिले महानगरपालिकाभित्रका ९३ प्रतिशत बासिन्दाले स्वच्छ खानेपानीको उयोग गरिराखेका छन् । पछिल्लो छ वर्षमा महानगरपालिकाभित्र २६ ठूला आयोजना सञ्चालित छन् । कतिपय निर्माण सम्पन्न भइसकेका छन् भने कतिपय अन्तिम चरणमा पुगेका छन् । महानगरपालिकाले

बेथानचोकमा ‘निःशुल्क अनिवार्य शिक्षा’ कार्यक्रम

४ असार ,काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम लागू गरिएको छ । विद्यालय भर्ना नभएका, अपाङ्गता भएका, अभिभावकविहीन, गरिबी वा अन्य कुनै कारण हालसम्म विद्यालय नपुगेका बालबालिकालाई विद्यालयसम्म ल्याउने गाउँपालिकाले नीति लिँदै उक्त कार्यक्रम लागू गरेको हो । कार्यक्रमले चार वर्ष पूरा भई १३ वर्ष ननाघेका बालबालिकाका

विस्फोटक पदार्थ ल्याउन नसक्दा पुल बन्न सकेन

३ असार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको पुल निर्माणका लागि भित्तो फोर्न विस्फोटक ल्याउन नसक्दा पुल निर्माणको काम रोकिएको छ । सो सडकखण्डमा १५ वटा पुल नयाँ निर्माणका लागि ठेक्का लगाइएकामा एउटा पुलको भित्तो फोर्न नसक्दा काम हुन नसकेको हो । भित्तो फोर्नका लागि विस्फोटक पदार्थ ल्याउन जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय,

जनशक्ति खोज्न र रोज्न रोजगार मेला

३ असार ,भक्तपु । रोजगारको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई एकै ठाउँमा ल्याई आ–आफ्नो आवश्यकतानुसारको जनशक्ति खोज्न र रोज्न सहयोग पुर्याउने उद्देश्यले मध्यपुरथिमि नगरपालिकाले रोजगार मेला आयोजना गर्ने भएको छ । मध्यपुरथिमिले विद्यार्थी तथा युवाको वृत्तिविकासमा टेवा पुर्याउन वृत्ति परामर्श सेवा र रोजगारीमा टेवा पुर्याउन यही असार १६ गते शनिबार

हेटौँडा उपमहानगरले ल्यायो दुई अर्ब  ६० करोडको बजेट

२ असार, हेटाैँडा । हेटौँडा उपमहानरगपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि रू दुई अर्ब ६० करोड  ६५ लाख ४० हजार आठ सय अनुमानित बजेट विनियोजन गरेको छ । आज  आयोजित १३औँ नगर सभाबाट उपप्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् ।

जोखिममा रहेका परिवारलाई एकीकृत आवास हस्तान्तरण

२ असार, सिन्धुपाल्चोक । त्रिपुरासुन्दरी गाउँपालिका र एकीकृत हातेमालो ग्रामीण विकास सङ्घको साझेदारीमा निर्मित एकीकृत अस्थायी आवास शनिबार हस्तान्तरण गरिएको छ । पहिरोको जोखिममा रहेका त्रिपुरासुन्दरी गाउँपालिका –३ धुस्कुन हिले भस्मे बस्तीका पाँच परिवारलाई दुई, दुई कोठे अस्थायी आवास हस्तान्तरण गरिएको छ । उक्त गापाका अध्यक्ष भक्तध्वज बोहराले अस्थायी आवास हस्तान्तरण

अब भक्तपुरमा पनि ट्राफिक सचेतना कक्षा

२ असार, भक्तपुर । ट्राफिक कारबाहीमा परेकाले अब भक्तपुरमा पनि सचेतना कक्षा लिन पाउने भएका छन्। ट्राफिक नियम उल्लंघन गर्दा हुने सजायस्वरुप तिर्नुपर्ने जरिवाना र लिनुपर्ने ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा असार ३ गते आइतबारदेखि भक्तपुरमा सञ्चालन हुने भएपछि भक्तपुरवासीलाई सहज हुने भएको छ। मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाएको,

किसानको उत्पादन नगरपालिकामार्फत खरिद विक्री सुरु

२ असार, सिन्धुपाल्चोक । किसानहरूलाई प्रोत्साहित गर्दै उत्पादनमा बढोत्तरी गर्ने उद्देश्यले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाले किसानहरूद्वारा उत्पादित सामाग्री खरिद गर्ने प्रबन्ध मिलाएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ चौतारा बजारको मुख्य स्थानमा तरकारी सङ्कलन केन्द्रको स्थापनासँगै नगरमार्फत किसानहरूसँग खरिद गरेको उत्पादन उपभोक्तालाई बिक्री वितरणको प्रबन्ध समेत मिलाइएको छ

मेलम्चीको मुहान निरीक्षण गर्न सिन्धुपाल्चोक पुगे प्रधानमन्त्री प्रचण्ड

२ असार, सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको मेलम्ची पुगेका छन् । मेलम्ची खानेपानीको मुहान अवलोकन गर्न प्रचण्ड सिन्धुपाल्चोक पुगेका हुन् । प्रचण्डले मेलम्चीमा खानेपानीको महान र दुई वर्ष अघि बाढीले क्षति पुर्याएको स्थान अवलोकन गर्नेछन् । मेलम्चीको मुहान निरिक्षण गर्न प्रधानमन्त्री प्रचण्डसँगै स्वास्थ्य मन्त्री मोहन बस्नेत, खानेपानी मन्त्री महेन्द्र

मेयर बालेनको निर्देशनपछि धमाधम छात्रवृत्ति उपलब्ध गराउँदै काठमाडौँका निजी विद्यालय

२ असार, काठमाडाैँ । काठमाडौं महानगरपालिकाको पटकपटकको ताकेतापछि पछिल्लो समय निजी विद्यालयले छात्रवृत्ति दिएको विवरण पेस गर्न थालेका छन् । कामपाले एक साताअघि मात्रै सबै विद्यालयलाई नियमानुसार छात्रवृत्ति दिन र दिएको विवरण लिएर आउन निर्देशन दिएको थियो । निर्देशन दिएको केही दिनसम्म पनि निजी विद्यालयले विवरण लिएर नआएपछि कामपाले विवरण

सम्वन्धित समाचारहरु