भक्तपुर । बिस्का जात्राको पहिलो दिन पाँचतले मन्दिरस्थित टौमढीबाट तान्न सुरु गरेको प्यागोडा शैलीको भैरवनाथको रथको तान्ने क्रममा रथको मुख्य तीन खामा भाँचिएको छ । रथमा धेरै क्षति पुगेकाले मर्मत गर्ने कार्य जारी रहेको छ। रथ तान्ने क्रममा मुख्य तीन खामा भाँचिएका गुठी कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी दिइन्
ललितपुर । गोदावरी नगरपालिका-१२ ठेचो दुरिखेल बस्ने ३२ वर्षीय रमेश खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा रमेश समेत ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत चापागाउँ खटिएको प्रहरीले नगद ३२ हजार ५ सय ३५ रूपैयाँ र २ बुक ताससहित उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले
पोखरा । पोखरा महानगरपालिकाका एक इन्जिनियरलाई अख्तियारले घुससहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले महानगरमा कार्यरत इन्जिनियर उषाकिरण रोकायालाई डेढ लाख रुपैयाँ घुससहित राति पक्राउ गरेको हो । पोखरा ५ पस्र्याङबाट उनी पक्राउ परेका हुन् । उनी पक्राउ परेको अख्तियार पोखराका प्रमुख आसमान तामाङले पुष्टि गरे
काठमाडौं । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एक प्रहरी जवानले हवल्दारलाइ सलाम नगरेको भन्दै हवल्दारले जवानलाई थप्पड हानेको छन् । सिंहदरबार सुरक्षा गणमा कार्यरत् प्रहरी जवान सुन्दर सिंहलाई हवल्दार उज्जवल भण्डारीले बिहान साढे १० बजे तिर दुर्व्यवहार गरेको प्रहरी स्रोतले बताएको छ । हवल्दार भण्डारी अर्थमन्त्रीको सुरक्षामा खटिएका प्रहरी हुन् ।
काठमाडौं । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच कानूनीरुपमा सम्बन्ध विच्छेद भएको छ । चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको हो । २०७७ सालमा गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीचकोर्ट म्यारिज भएको थियो। ऋचाले दायर गरेको डिभोर्सको मुद्दामा उनीहरुले
काठमाडौँ । नवनियुक्त १० जिल्ला न्यायाधीशहरूको पदस्थापन भएको छ । आइतबार न्याय परिषद्ले १० जिल्ला न्यायाधीशहरूको पदस्थापन गरेको हो । पदस्थापन हुने न्यायाधीशहरुमा अर्जुप्रसाद कोइरालालाई सरकार वकिलको कार्यालय दोलखाको जिल्ला न्यायाधिवक्ता, नरेन्द्रबहादुर बुढालाई सर्वोच्च अदालतको इजलास अधिकृत, जीवनकुमार भण्डारीलाई पठाइएकाे छ । उच्च अदालत विराटनगरको रजिष्ट्रार, मुकुन्द आचार्यलाई उच्च अदालत
काठमाडाैं । यो बर्ष नेपालमा ३७००० जोडीले डिभोर्स गरेकाे डरलाग्दाे तथ्य फेला परेकाे छ । विज्ञहरूले नेपाली समाजमा सम्बन्ध बिच्छेद बढ्नु डरलाग्दाे तथ्य भएकाे बताएका छन ।
काठमाडौँ । ललितपुर महानगरपालिका-२३ स्थित हात्तिवनमा सिक्मा मेटल उद्योगमा आज बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आगलागी भएको स्थानमा जलेको अवस्थामा शव फेला परेको छ । कृष्ण लेत्फे र भीम लेत्फे सञ्चालक रहेको सिक्मा मेटल इन्टेक्समा आगलागी भएको थियो । विद्युत् शर्ट
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ससद्सामु गरिएका प्रतिबद्धता योजनाबद्ध रूपमा कार्यान्वयन भइरहेको बताउनुभएको छ । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संसद्मा सरकारले लिएको मार्गचित्रअनुरूप सुशासन, सामाजिक न्याय र समृद्धिका क्षेत्रमा प्राथमिकताका साथ काम भइरहेको बताउनुभएको हो । “सार्वजनिक सेवा प्रवाहमा सुधारका सम्बन्धमा लाइनमुक्त
काठमाडाैं । बागमती प्रदेशमा एमालेका तर्फबाट मंगलबार चार मन्त्री थपिएका छन्। उनीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्। मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार एकैदिन दुईपटक मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा एमालेबाट चारजनालाई मन्त्रीमा नियुक्त गरेका हुन्।