Trending
>>   ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधन’ प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   जनताले ल्याएको लोकतान्त्रिक गणतन्त्र जनताले चाहेसम्म रहन्छ: रक्षामन्त्री >>   सरकारले शासन सञ्चालनमा पक्षपात गरेको नेकपा एसको आरोप >>   लोकतन्त्रको विकल्प प्रतिगमन हुन सक्दैन, राजनीतिक प्रणालीलाई समृद्ध बनाऔँः सांसद बिष्ट >>   प्रचण्डलाई राप्रपाको चेतावनीः भविष्यमा सदनमा नपस्ने व्यवस्था जनताले गर्छन् भन्ने हेक्का होस् >>   जनताको आक्रोशलाई नजरअन्दाज गर्न मिल्दैन, असन्तुष्ट पक्षसँग संवाद गरौंः महामन्त्री थापा >>   काँग्रेस केन्द्रिय कार्यालमा शिक्षकहरुको धर्ना >>   सरकारले लोकतन्त्रको लक्ष्मण रेखा नाघ्योः अध्यक्ष दाहाल >>   सिएनआईले चैत्र ३ गते वुमेन लिडरसिप समिट—२०२५ आयोजना गर्ने >>   सरकारको शासकीय शैलीका कारण राजावादीहरु सक्रिय भएः अध्यक्ष दाहाल
Logo
२७ फाल्गुन २०८१, मंगलवार
२७ फाल्गुन २०८१, मंगलवार

धाेकेबाज रामकुमारीः एमाले फुटाउन माधवलाई हात, अहिले अध्यादेशमा ओलीलाई साथ !


काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै तुक नरहेको बताएकी छन् । आफ्नो पार्टी एकीकृत समाजवादी पनि अध्यादेशमार्फत नै जन्मिएकाले कम्तिमा त्यो पार्टीमा रहेका नेताहरुले अध्यादेशको विरोध गर्न नहुने उनको तर्क छ । २०७८ भदौमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश ल्याएपछि एमाले विभाजन भएको थियो । तत्कालीन सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार दल विभाजनका लागि संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत चाहिने व्यवस्था गरिएको थियो । तत्कालीन समयमा सरकारले एमाले विभाजनकै लागि उक्त अध्यादेश ल्याएको थियो । माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले अहिले सरकारले ल्याएको अध्यादेशको विरोध गरिरहेको छ । एकीकृत समाजवादी सरकारविरुद्ध विपक्षी मोर्चा नै बनाएर अगाडि बढिरहेको छ ।

एकीकृत समाजवादी स्थापना कालमा सचिव भएर काम गरेकी अनि एमाले विभाजनमा भूमिका खेलेको ब्याजस्वरुप मन्त्री बनेकी झाँक्री यतिबेला त्यही पार्टीप्रति उदासिन छिन् । उनी पार्टीका कार्यक्रमहरुमा पनि विरलै देखिन्छिन् । एमाले विभाजन गराउन झाँक्रीको निकै ठूलो हात छ । पार्टी अध्यक्ष माधव नेपाललाई हात समाएर डोहोर्याउँदै निर्वाचन आयोगमा पुर्याएको उनको फोटो निकै चर्चित बनेको थियो ।

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा एकीकृत समाजवादीको तर्फबाट झाँक्री गुल्मी क्षेत्र नं. २ को उम्मेदवार थिईन् । सो निर्वाचनमा झाँक्री पराजीत भईन् । प्रतिस्पर्धी रहेका एमाले नेता गोकर्ण विष्ट विजयी भए । पराजनीति हुँदै गर्दापनि झाँक्रीले सम्मानजनक मत पाएकी थिईन् । विष्टले २०४७६ मत प्राप्त गर्दा झाँक्रीले २६४४२ मत पाएकी थिईन् । प्रतिनिधि सभाको निर्वाचनमा पराजय व्यहोरेकी झाँक्रीले पार्टीको आन्तरिक निर्वाचनमा समेत पराजय व्यहोर्नु पर्यो । उनी पार्टीको १०औं महाधिवेशनमा जयन्तीदेवी राईसँग महिला उपाध्यक्षमा पराजीत भईन् । पराजीत भएको रन्कोमा एक राष्ट्रिय टेलिभिजनमा अन्तरवार्ता दिन पुगेकी झाँक्रीले अब जिन्दगीमा कलम चिन्ह लिएर चुनाव नलड्ने घोषणासमेत गरिन् ।

यता नेकपा (एमाले) का नेताहरु ढिलो चाँडो एकीकृत समाजवादी रित्तिनै उद्घोष गरिरहेका छन् । माधव नेपालबाहेक एकीकृत समाजवादीका सबै नेताहरु पूरानै घर फर्किने एमाले नेताहरुको दाबी रहेको छ । नेतृ झाँक्रीले भने एमालेमा फर्किँदै गर्दा वा अन्य कुनै पार्टीमा जाँदै गर्दा आफू एक्लै नजाने बताउँदै आएकी छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कका लागि पत्रकार ऋषि धमलासँगको अन्तरवार्तामा नेतृ झाँक्रीले पार्टीका नेताहरुले अध्यादेशको विरोध गर्न नसुहाउने बताईन् । अध्यादेश ल्याएरै एमाले फुटाएको स्मरण गराउँदै उनले एकीकृत समाजवादीले विरोध गर्नु मनासिव नहुने उनको तर्क छ ।

‘म संलग्न रहेको राजनीतिक दलको अध्यक्षसहितले अध्यादेशको विरोध गर्नुभयो भन्ने चाही मनासिव लाग्दैन । तर्क संगत पनि लाग्दैन । पार्टीको स्थायी कमिटीमा अध्यादेशको विरोध गर्ने वा नगर्नेबारे छलफल पनि भएको छैन । अध्यादेश ल्यानै हुँदैन भन्ने पनि होईन । हामीले अध्यादेश ल्याएर नेकपा (एमाले) फुटाएको हो । हामीलाई त्यतिबेला अध्यादेश चाहिएको थियो । आफूले जे कुरा गरिएको छ, अरुले त्यही गर्दाखेरी गलत भयो भन्ने कुरा त्यति राम्रो देखिँदैन,’– उनले भनिन् ।

अध्यादेश सरकारले काम गर्ने सन्दर्भमा सुविधा प्रयोग गर्नकै लागि ल्याउने अभ्यास रहेको उनले बताईन् । विपक्षमा रहेर राइलो गर्ने चलन ठीक नरहेको उनको भनाइ छ । त्यही काम गर्दा ठीक, अरुले गर्दा बेठीकजस्ता मौसमी तर्कहरु गर्न नहुने उनले बताईन् । मौसमी रुपमा गरिने विरोध र अस्थिरताको कारण नै जनतामा राजनीतिप्रति नकरात्मक जनमत निर्माण भएको उनले बताईन् । ‘हामीले के सम्म गर्यौं भने प्रतिपक्षको मोर्चा बनाएर कोही मान्छे ठगीमा समातिएको छ भनेपनि त्यो माथि अन्याय भयो भनेजस्तो प्रतिपक्षले रोइलो गरेका छन् । मौसमी राजनीतिक मुद्दा चाहिँ उठाउन हुँदैन,’– उनले भनिन् ।


प्रकाशित मिति: २० माघ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?