Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

एलिना भन्छिन-‘हतारमा विहे गरेँ, उहाँलाई गाली नगरिदिनुस, जिन्दगी बिगार्न म आफैं जिम्मेवार छु !’


काठमाडाैं । गायिका एलिना चौहानले सहमतिमै डिभोर्स गरेकाे बताएकी छन् । उहाँलाई गाली नगरिदिनुहोला । उनले विवाहको निर्णय हतारमा लिइएको र जिन्दगी बिगार्न आफैं जिम्मेवार रहृेकाे बताएकी हुन् ।

एलिनाले भनिन्,‘विवाहको निर्णय हतारमा लिइएको थियो, मेरो जिन्दगी बिगार्न म आफैं जिम्मेवार छु ।’एलिनाले श्रीमानलाई गाली नगर्न सबैसँग आग्रहसमेत गरेकी छन् । उनले भावुक मुद्रामा भनिन्, ‘आफूले माया गरेको मान्छेलाई अरुले गाली गर्दा आफूले गाली खाएको भन्दा बढी पीडा हुँदो रहेछ । भोलि उहाँलाई केही भइहाल्यो भने म सहन सक्दिनँ । त्यसैले उहाँलाई कसैले नराम्रो नभनिदिनुहोला । गाली नगरिदिनु होला । जति गाली गर्नु छ बरु मलाई नै गर्नुस ।’

सम्बन्धविच्छेद मुद्दा दायर गरेकी छन् । पति विष्णु सापकोटालाई विपक्षी बनाएर चौहानले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद मुद्दा दायर गरेकी हुन् । पतिले अनेक शंका-उपशंका गरेको र चरित्रमाथि नै प्रश्न उठाएको उनको आरोप छ ।

पति विष्णु सापकोटाले धेरै शंका गरेकै कारण सम्बन्धमा समस्या देखिएको फिराद पत्रमा उल्लेख गरेकी छिन् ।कार्यक्रममा बाहिर लामो समय बस्नुपर्ने अवस्थामा अनेक शंका–उपशंका गर्ने, कार्यक्रमको बीचमा फोन गरेर घर बोलाउनेजस्ता कारण आफूहरुबीच मनमुटाव भएको उनले उल्लेख गरेकी छिन् । ‘म कार्यक्रममा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंका उपशंकाको दृष्टिले हेर्दै अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुई बीचको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न नसक्ने’भनी सम्बन्ध विच्छेदका लागि फिराद पत्र दर्ता गरेकी हुन्


प्रकाशित मिति: १९ माघ २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?