Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

एलिना भन्छिन-‘हतारमा विहे गरेँ, उहाँलाई गाली नगरिदिनुस, जिन्दगी बिगार्न म आफैं जिम्मेवार छु !’


काठमाडाैं । गायिका एलिना चौहानले सहमतिमै डिभोर्स गरेकाे बताएकी छन् । उहाँलाई गाली नगरिदिनुहोला । उनले विवाहको निर्णय हतारमा लिइएको र जिन्दगी बिगार्न आफैं जिम्मेवार रहृेकाे बताएकी हुन् ।

एलिनाले भनिन्,‘विवाहको निर्णय हतारमा लिइएको थियो, मेरो जिन्दगी बिगार्न म आफैं जिम्मेवार छु ।’एलिनाले श्रीमानलाई गाली नगर्न सबैसँग आग्रहसमेत गरेकी छन् । उनले भावुक मुद्रामा भनिन्, ‘आफूले माया गरेको मान्छेलाई अरुले गाली गर्दा आफूले गाली खाएको भन्दा बढी पीडा हुँदो रहेछ । भोलि उहाँलाई केही भइहाल्यो भने म सहन सक्दिनँ । त्यसैले उहाँलाई कसैले नराम्रो नभनिदिनुहोला । गाली नगरिदिनु होला । जति गाली गर्नु छ बरु मलाई नै गर्नुस ।’

सम्बन्धविच्छेद मुद्दा दायर गरेकी छन् । पति विष्णु सापकोटालाई विपक्षी बनाएर चौहानले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद मुद्दा दायर गरेकी हुन् । पतिले अनेक शंका-उपशंका गरेको र चरित्रमाथि नै प्रश्न उठाएको उनको आरोप छ ।

पति विष्णु सापकोटाले धेरै शंका गरेकै कारण सम्बन्धमा समस्या देखिएको फिराद पत्रमा उल्लेख गरेकी छिन् ।कार्यक्रममा बाहिर लामो समय बस्नुपर्ने अवस्थामा अनेक शंका–उपशंका गर्ने, कार्यक्रमको बीचमा फोन गरेर घर बोलाउनेजस्ता कारण आफूहरुबीच मनमुटाव भएको उनले उल्लेख गरेकी छिन् । ‘म कार्यक्रममा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंका उपशंकाको दृष्टिले हेर्दै अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुई बीचको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न नसक्ने’भनी सम्बन्ध विच्छेदका लागि फिराद पत्र दर्ता गरेकी हुन्


प्रकाशित मिति: १९ माघ २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?