Trending
>>   इजरायलसँगको युद्धमा विजयी भएको हिजबुल्लाहको घोषणा >>   आज ४१ पदका लागि स्थानीय तहको उपनिर्वाचन >>   आज मिति २०८१ साल मङ्सिर १६ गते आइतबार,हेर्नुहोस आजको राशिफल >>   वर्तमान सरकार बनेपछि अर्थतन्त्रमा थपिएका समस्याहरुको जिम्मा लिन्छौँः अर्थमन्त्री पौडेल >>   राजनीतिलाई सही दिशामा लैजान आवश्यकः अध्यक्ष नेपाल >>   विराटनगर किङ्समाथि जनकपुरको सहज जित >>   सत्ता परिवर्तनका लागि काँग्रेससँग पहल गरेको छैन, गगनजीप्रति दया लाग्छः अध्यक्ष दाहाल >>   रुसद्वारा ‘कोन्डोर–एफकेए रडार’ उपग्रह प्रक्षेपण >>   गुगलद्वारा फिनल्यान्डमा डाटा सेन्टर विस्तार >>   सत्ता समीकरण परिवर्तन गर्न पर्दाभित्र र बाहिर कसैले कोशिस नगरे हुन्छः उपप्रधानमन्त्री पौडेल
Logo
१६ मंसिर २०८१, आईतवार
१६ मंसिर २०८१, आईतवार

वागमती


उपत्यकामा विशेष सार्वजनिक बस सेवा सञ्चालनबारे प्रधानमन्त्री प्रचण्डले गरे छलफल

१६ श्रावण, काठमाडौं । काठमाडौं उपत्यकामा विशेष सार्वजनिक बस सेवा सञ्चानबारे प्रधानमन्त्री प्रचण्डले छलफल गरेका छन् । सार्वजनिक वस सेवा सञ्चालनबारे प्रधानमन्त्री प्रचण्डले साउन १५ गते सोमबार भौतिक योजना तथा यातायता मन्त्रालय,यातयात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी र ट्राफिक प्रहरी लगायतका निकायसँग बहुपक्षिय छलफल गरेका हुन् । छलफलका क्रममा काठमाडौं

भरतपुर महानगर पूर्वजनप्रतिनिधि मञ्च गठन

१६ ,श्रावण ,भरतपुर । भरतपुर महानगरपालिका पूर्वजनप्रतिनिधि मञ्च गठन गरिएको छ । सोमबार महानगरका पूर्वजनप्रतिनिधिको भेलाले मञ्च गठन गरेको हो । महानगरपालिकाका निवर्तमान प्रवक्ता तथा वडा नं १० का वडाध्यक्ष अरुणपीडित भण्डारीको संयोजकत्वमा मञ्चको तदर्थ समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा चन्द्रमित्र पण्डित, सचिवमा पदमपाणि सुवेदी, कोषाध्यक्षमा विजय भुजेल,

काठमाडौँ शान्ति समाजमा नयाँ नेतृत्व

१५ ,श्रावण ,काठमाडौँ । मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको २६औँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । साधारणसभाले भगवान् पुडासैनीको सभापतित्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपसभापतिमा विकास थापा, सचिवमा सार्जन चापागाईं, सहसचिवमा रोजिना बिष्ट, कोषाध्यक्षमा सानु लामा निर्वाचित भएका छन् ।

गेष्ट हाउसमा बसेर जुवातास खेलिरहेका १२ जना पक्राउ

१५ श्रावण, काठमाडाैँ । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले टोखाबाट १२ जनालाई पक्राउ गरेको छ । टोखा नगरपालिका–९ मिलन टोलस्थित राजेन्द्रप्रसाद जोशीको सेती गण्डकी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा बैतडी पुर्चौडी नगरपालिका–९ घर भएका ३६ वर्षीय राजेन्द्रबहादुर थापासमेत १२ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी वृत्त

हेटौँडामा राजमार्ग विस्तार थालियो, ३ सय ४० घरको सडकमा पर्ने जग्गा खाली गराइने

१५ श्रावण, हेटाैँडा । हेटौँडा उपमहानगरपालिका क्षेत्रसित जोडिएको पूर्वपश्चिम राजमार्ग विस्तार आजदेखि सुरु भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले जारी गरेको १५ दिने सूचनाको म्याद सकिएसँगै राजमार्ग विस्तारको काम अघि बढेको हो । राजमार्गभित्र पर्ने हेटौँडा–१५ को वडा कार्यालयको पर्खाल हटाएसँगै सडक विस्तार थालिएको वडाध्यक्ष सुनिल मोक्तानले जानकारी दिए ।

महानगर प्रमुख दाहाल : ‘मर्निङवाक’ सँगै गुनासो सुन्दै

१५ श्रावण, चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई महानगरवासीको एउटा आरोप सधैँ रहने गरेको छ, ‘सहज भेट्न पाइँदैन’ । जब उनी कार्यालय पुग्छिन् बाहिर नगरवासीको भीड लाग्ने गर्दछ । सचिवालयका कर्मचारीलाई पालो मिलाउन हम्मेहम्मे हुने गर्दछ । कतिपय भेट्न नपाएको गुनासो गर्दै फर्कने गर्दछन् । धेरै जनसङ्ख्या भएको महानगरमा कार्यालय

बालुवाटारमा निर्माण व्यवसायीले गरे प्रदर्शन

१५ श्रावण, काठमाडाैँ । निर्माण व्यवसायीहरूले सोमबार बिहान बालुवाटारमा प्रदर्शन गरेका छन् । असार मसान्त सकिए पनि पनि निर्माण व्यवसायीहरूको ठुलो रकम भुक्तान नगरिएको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी भएकाहरूले 'सम्पूर्ण ठेक्काको एकमुष्ठ म्याद थप गर' लेखिएका प्लेकार्ड समेत बोकेका थिए ।

हिमालयन फुटबल क्लबको आयोजनामा खुल्ला फुटसल प्रतियोगिता हुने

१५ श्रावण, काठमाडाैँ । हिमालयन फुटबल क्लबको आयोजनामा काठमाडौंमा खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । साउन १८ र १९ गते चल्ने प्रतियोगितामा देशभरका जुनकुनै समूहले पनि सहभागिता जनाउन सक्नेछन् । साउन १५ गतेसम्मलाई आवेदन मिति तोकिएको प्रतियोगितामा हाल सहभागी समूहको दर्ता प्रक्रिया चलिरहेको क्लबले जनाएको छ । यो प्रतियोगितामा सहभागी

काठमाडाैँको महांकाल मन्दिरमा ट्यांकर ठोक्कियो

१५ श्रावण, काठमाडाैँ । काठमाडौंको महांकाल मन्दिरमा ट्यांकर ठोक्किएको छ । उक्त दुर्घटनामा ट्यांकरका चालक घाइते भएका छन् । गएराति सवा २ बजे ना २ क ४० नम्बरको पानी ट्यांकर मन्दिरमा ठोक्किएको प्रहरीले जानकारी दिएको छ । ट्यांकर ठोक्किएपछि मन्दिरको पर्खाल भत्किएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चालक ५९ वर्षीय

चौताराबाट काठमाडौँसम्म विद्युतीय गाडी सञ्चालन, भाडादर परिमार्जन हुने

१५ श्रावण, काठमाडाैँ । सिन्धुपाल्चोकको चौताराबाट काठमाडौँसम्म विद्युतीय गाडी सञ्चालन हुन थालेको छ । सिन्धुचौतारा यातायातले सानो सिरुवारी र स्याउलेबाट विद्युतीय गाडी सञ्चालन गरेको हो । चौताराका युवा व्यवसायी हिरोमणि श्रेष्ठ र निमेष श्रेष्ठले विद्युतीय गाडी सञ्चालन गरेका हुन् । पहिलो चरणमा १०÷१० सिट यात्रु क्षमता भएको चार बसबाट सेवा प्रदान

सम्वन्धित समाचारहरु