Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

यू-१९ विश्वकपमा नेपाल, न्युजिल्याण्ड, अफगानस्तान र पाकिस्तानको समूहमा


काठमडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाल, न्युजिल्याण्ड, अफगानिस्तान र पाकिस्तानसहितको समूह डीमा परेको छ ।

यो समूहको शीर्ष ३ मा पर्नसकेमा नेपालले समूह एमा रहेका बंगलादेश, भारत, आयरल्याड र अमेरिका मध्येका २ टिमसँग सुपर सिक्सको समूह चरण खेल्न पाउने छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल १३ जनवरीमा न्युजिल्याण्डसँग खेल्ने छ । श्रीलंकामा हुने प्रतियोगितामा नेपालले आफ्नो दोश्रो खेल १७ जनवरीमा पाकिस्तानसँग र समूह चरणको अन्तिम खेल २० जनवरीमा अफगानिस्तानसँग हुने छ । गत फेब्रुअरी मार्चमा यूएईमा भएको छनोट प्रतियोगिता जित्दै नेपाल यू-१९ विश्वकमा चयन भएको थियो ।

यू–१९ विश्वकप क्रिकेटमा सहभागी १६ टिमलाई चार चार वटा टिमको चार वटै समूहमा विभाजन गरिएको छ । समूह चरणमा शीर्ष ३ मा पर्ने टिमले अर्को समूहका शीर्ष ३ मा पर्ने २ टिमसँग सुपर सिक्स खेल्ने छ । समूह एका टिमले डीसँग तथा समूह बीका टिमले समूह सीका टिमसँग सुपर सिक्स खेल्ने छन् । २ समूहका सुपर सिक्सका शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् ।

तालिका सहित हेर्नुहोस:

 

 

 

 

 


प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?