Trending
>>   मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानूनी संरचना आवश्यकः सांसद शर्मा >>   समृद्धि मुठीभर मानिसको लागि नभइ आम जनताको लागि हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी >>   मिसन ०८४ मा राजनीतिक दलहरुको एजेण्डा रोजगारी सिर्जना हुनुपर्छः अध्यक्ष ढकाल >>   प्रतिपक्षी बेन्चबाट उपेन्द्रको प्रश्नः भूमाफियालाई जग्गा प्रदान गरी वन फडानी गर्ने सरकारको कस्तो नीति हो… >>   वर्तमान सरकार सवैधानिक उल्लङ्घनको दुर्गन्धित नमूना होः माओवादी सांसद घर्तिमगर >>   सरकारको असक्षमता र कर्तव्यहीनताले शिक्षा क्षेत्र ध्वस्त भयोः सांसद भण्डारी >>   अख्तियारसम्बन्धी विधेयक थन्क्याएर राखेको भन्दै काँग्रेस सांसद थानीको आपत्ति >>   थाइल्याण्ड–कम्बोडिया सीमा झडपमा ९ थाई नागरिकको मृत्यु >>   यो गणतन्त्र बुर्जुवा गणतन्त्र हो, देश विकास हुँदैनः नेता गजुरेल >>   सरकारले भुक्तानी नदिँदा रोकियो १५ वर्ष मुनिका बालबालिकाको निःशुल्क मुटुरोग उपचार, राप्रपाले गरायो ध्यानाकर्षण
Logo
८ श्रावण २०८२, बिहीबार
८ श्रावण २०८२, बिहीबार

यू-१९ विश्वकपमा नेपाल, न्युजिल्याण्ड, अफगानस्तान र पाकिस्तानको समूहमा


काठमडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाल, न्युजिल्याण्ड, अफगानिस्तान र पाकिस्तानसहितको समूह डीमा परेको छ ।

यो समूहको शीर्ष ३ मा पर्नसकेमा नेपालले समूह एमा रहेका बंगलादेश, भारत, आयरल्याड र अमेरिका मध्येका २ टिमसँग सुपर सिक्सको समूह चरण खेल्न पाउने छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल १३ जनवरीमा न्युजिल्याण्डसँग खेल्ने छ । श्रीलंकामा हुने प्रतियोगितामा नेपालले आफ्नो दोश्रो खेल १७ जनवरीमा पाकिस्तानसँग र समूह चरणको अन्तिम खेल २० जनवरीमा अफगानिस्तानसँग हुने छ । गत फेब्रुअरी मार्चमा यूएईमा भएको छनोट प्रतियोगिता जित्दै नेपाल यू-१९ विश्वकमा चयन भएको थियो ।

यू–१९ विश्वकप क्रिकेटमा सहभागी १६ टिमलाई चार चार वटा टिमको चार वटै समूहमा विभाजन गरिएको छ । समूह चरणमा शीर्ष ३ मा पर्ने टिमले अर्को समूहका शीर्ष ३ मा पर्ने २ टिमसँग सुपर सिक्स खेल्ने छ । समूह एका टिमले डीसँग तथा समूह बीका टिमले समूह सीका टिमसँग सुपर सिक्स खेल्ने छन् । २ समूहका सुपर सिक्सका शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् ।

तालिका सहित हेर्नुहोस:

 

 

 

 

 


प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?