Trending
>>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

वागमती


उपभोक्ता अधिकारसम्बन्धी कानुन कार्यान्वयन नहुँदा ठगी बढ्दो

काठमाडौं। संविधान र कानुनमा उपभोक्ता अधिकारको स्पष्ट व्यवस्था भए पनि विभिन्न बाहनामा अत्यावश्यक वस्तुमासमेत उपभोक्ता ठगिने गरेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । चाँगुनारायण नगरपालिकासँगको सहकार्यमा राष्ट्रिय सञ्चारकेन्द्रले आज भक्तपुरको चाँगुनारायणमा आयोजना गरेको उपभोक्ता सचेतनासम्बन्धी कार्यक्रममा सहभागीले कानुनमा व्यवस्था भएका प्रावधानको कार्यान्वयन हुन नसक्दा उपभोक्ता ठगिन बाध्य भएको बताएका

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ: अध्यक्ष नेपाल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्ने बताएका छन् । अध्यक्ष नेपालले ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै संवैधानिक व्यवस्थाअनुसार सार्वजनिक निकाय तथा विभिन्न कार्यस्थल अपाङ्गतामैत्री बनाइनुपर्नेमा जोड दिएका हुन् । उनले समाजमा विधमान सबै प्रकारका

फागुन १ मा राजाकै हातबाट दियो बालेर हिन्दु राष्ट्र घोषणा गर्छौँ : दुर्गा प्रसाईँ

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईँले फागुन १ गते वसन्तपुरमा दियो बालेर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने बताएका छन् । प्रसाईँले राजाले पनि चुप लागेर दरवारभित्र बस्न छाडेर जनताको आँसु पुछ्न सडकमा आउनुपर्ने बताएका छन् । उनले अबको आन्दोलन विकेन्द्रित हुने भन्दै फागुन १ गतेबाट व्यवस्था परिवर्तनको आन्दोलन निर्णायक

स्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित एक जना पक्राउ

काठमाडौं। स्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका-३ चमारटोलस्थित सीमा इलाकाबाट शनिबार एक जनालाई नियन्त्रणमा लिएको हो । सोही जिल्लाको बरियारपट्टी गाउँपालिका–२ श्रीपुर बस्ने ४२ वर्षीय महोमद फिरोजलाई उल्लेखित रुपैयाँसहित बिओपी बरियारपट्टीले नियन्त्रणमा लिएका हो । भारतबाट साईकलमा नेपालतर्फ

तिम्ल्याहा बच्चा जन्माएकी रबिनालाई पालिकाले दियो लहिनो गाई

काठमाडौं। गौरीगञ्ज गाउँपालिका-४ की सुकुम्बासी मजदुर परिवारकी रबिना ताजपुरियालाई तिम्ल्याहा शिशु हुर्काउन आर्थिक कठिनाइ भएको छ । उनले डेढ महिनाअघि तिम्ल्याहा छोरालाई जन्म दिएकी थिइन् । दैनिक ज्याला-मजदुरी गरेर जीविका चलाउँदै आएको उनको परिवारमा लत्ताकपडा र खाद्यान्नको जोहो नभएकाले तिम्ल्याहा सन्तानलाई चिसोबाट जोगाउँदै स्याहार्न समस्या भएको हो । त्यस्तै, तिम्ल्याहा

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छेन सङबीच भेटवार्ता भएको छ । त्यस्तै, खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार उनीहरुबीचमा आपसी हित एवं चासोको विषयमा कुराकानी भएको थियो । नेकपा एकीकृत समाजवादीका विदेश विभाग प्रमुख समेत रहेका खनाललाई भेट्न चिनियाँ राजदूत उनको निवास डल्लु पुगेका थिए ।

भौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन आवश्यक: मन्त्री ज्वाला

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन लागिपरेको बताएका छन् । अपाङ्गता भएका व्यक्तिको ३२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमा उनले यातायात, सडक तथा धार्मिकस्थल निर्माण गर्दा अपाङ्गमैत्री बनाउन मन्त्रालयले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री ज्वालाले अपाङ्गता भएका वर्गले आत्मनिर्भर

भूकम्प प्रभावित क्षेत्रमा आवास निर्माण गर्दै सांसद आचार्यको टोली

काठमाडौं। नेपाली कांग्रेसले आफ्ना केन्द्रीय सदस्य तथा नेताहरुलाई जाजरकोटको भूकम्प प्रभावित क्षेत्रमा गई पीडितहरूका लागि आवास निर्माण गर्न दिएको निर्देशनअनुसार कांग्रेस नेताहरु जाजरकोटमा खटिएका छन् । यसैक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं सङ्घीय सांसद मोहन आचार्य पनि भूकम्प प्रभावित क्षेत्रका पीडितका लागि आवास निर्माणको काममा खटिएका छन् । उनको नेतृत्वमा बिहीबारदेखि

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

काठमाडौं। राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । उनले अष्ट्रेलियामा फ्रान्स्टोन पेनिन्सुला क्रिकेट क्लबमा रहेर एक महिना क्रिकेट खेल्नेछन् भने शनिबार अष्ट्रेलिया उडेका उनी जनवरी १६ तारिखमा नेपाल फर्किने छन् ।

अर्थले प्राधिकरणलाई भन्यो : सडक बत्तीको बक्यौता पालिकाबाटै लिनु

काठमाडौं। अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असुल उपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता रकम सम्बन्धित कार्यालयबाट नै असुलउपर गर्न निर्देशन दिइएको हो । त्यस्तै, सरकारी कार्यालयमध्ये सबैभन्दा बढी

सम्वन्धित समाचारहरु