Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्रीले लिए उपप्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी


काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

केहीबेरअघि बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुगेर प्रधानमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठको उपचारमा संलग्न चिकित्सकहरूलाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उपप्रधानमन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ भने प्रधानमन्त्रीले उपचारमा कुनै कमी हुन नदिन चिकित्सकहरूलाई आग्रह समेत गरेका छन् ।

त्यस्तै, नियमित स्वास्थ्य परीक्षणका क्रममा मन्त्री श्रेष्ठ मङ्गलबार उक्त केन्द्रमा भर्ना भएका थिए । उनलाई डा. अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार गरिरहेको र उनको स्वास्थ्यस्थिति सामान्य रहेको केन्द्रले जनाएको छ ।


प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?