Trending
>>   सभ्य र हिंसारहित समाज निर्माण होस् : प्रधानमन्त्री ओली >>   एनपिएलले नेपालको आर्थिक गतिविधि चलायमान बनाउनेछः खेलकुदमन्त्री चौधरी >>   महिला नेपाल प्रिमियर लिगको आयोजना गर्न क्यानलाई प्रधानमन्त्रीको निर्देशन >>   एनपिएलको ट्रफी अनावरण (फोटो फिचर) >>   रोमानियाको राष्ट्रपति चुनावमा वर्तमान प्रधानमन्त्रीको नेतृत्व >>   कोप २९ विश्वव्यापी जलवायु सम्झौता प्याकेजमा पुग्यो >>   प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग आसन्न चीन भ्रमणबारे छलफल गर्दै >>   यी दुई प्रदेशमा हल्का वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना >>   आज मिति २०८१ साल मङ्सिर १० गते सोमबार,हेर्नुहोस आजको राशिफल >>   संसदमा पेश भएका विधेयकहरु ६० दिनभित्र पास गर्नेगरी काम गर्दैछौँः उद्योगमन्त्री भण्डारी
Logo
१० मंसिर २०८१, सोमबार
१० मंसिर २०८१, सोमबार

मधेस


प्रहरीमाथि आक्रमण गरेर स्थानीयले भगाए हतियारसहित पक्राउ परेका व्यक्ति, २ प्रहरी घाइते

१६ श्रावण, बारा । बारामा प्रहरीमाथि आक्रमण गरी स्थानीयले हतियारसहित पक्राउ परेका एक जना व्यक्तिलाई भगाएका छन् । बाराको जितपुर सिमरा उमहानगरपालिका वडा नम्बर १६ टांगिया बस्तीका स्थानीयले आज मङ्गलवार बिहान प्रहरीमाथि आक्रमण गरी भरुवा बन्दुकसहित पक्राउ परेका ३५ वर्षका सागर लामालाई भगाएका हुन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन पाँच राउन्ड

इजाजत नलिई नापतौल यन्त्र प्रयोग गर्ने व्यापारीविरुद्ध मुद्दा दायर

१६ श्रावण, वीरगञ्ज । गुणस्तर तथा नापतौल कार्यालय वीरगन्ज पर्साले गत आर्थिक वर्ष २०७९/८० मा पर्सा, रौतहट र चितवनका १९ व्यापारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयले कम नापतौलमा सामान बिक्री गरेर उपभोक्तालाई ठगी गर्ने तथा इजाजत नलिई कारोबार गर्ने रौतहटका १३, चितवनका पाँच र पर्साका एक व्यापारीमाथि सम्बन्धित जिल्लाको

लम्पी स्किनबाट मधेशमा दुई हजार बढि पशु मरे

१५ ,श्रावण ,महेन्द्रनगर (धनुषा) । लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा दुई हजारभन्दा बढी पशु मरेका छन् । प्रदेशका आठवटै जिल्लामा यस रोगका कारण गाईवस्तुको व्यापक क्षति भएको हो । जनकपुरधामा आज आयोजित कार्यक्रममा लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा दुई हजार बढि गाईवस्तु मरेको तथ्याङ्कले सार्वजनिक गरियो । मधेस

मधेस प्रदेश सरकारका दुईमन्त्रीले दिए राजीनामा

१५ श्रावण, जनकपुर । मधेस प्रदेश सरकारका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् । प्रदेश सरकारका विनाविभागीय मन्त्री वसन्त कुशवाहा र विना विभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले आज मुख्यमन्त्री सरोजकुमार यादव समक्ष राजीनामा बुझाएका हुन् । उनिहरु दुवै जना जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी थिए । जनमत पार्टीका नेता विपी साहका

महोत्तरीमा ४० प्रतिशत मात्र रोपाइँ, रोपिएका धान सुक्दै

१५ श्रावण, महोत्तरी । महोत्तरी जिल्लामा यसपालि समयमा वर्षा नहुँदा अहिलेसम्म ४० प्रतिशत मात्र धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख डा रामचन्द्र यादवका अनुसार यसपटक मनसुनी वर्षानहुँदा र किसानले समयमै ब्याड राख्न नपाउँदा कम रोपाइँ भएको हो । साउन महिनाको दोस्रो साता बित्न लाग्दा पनि जिल्लामा यथेष्ट

एक वर्षदेखि तलब पाएनन् सागरनाथ वन परियोजनाका कर्मचारीले

१५ श्रावण, सर्लाही । सर्लाहीको सागरनाथ वन परियोजनामा करिब रु २० करोड मूल्यको काठ बिक्री नभएर थन्किएको छ । परियोजना क्षेत्रमा उत्पादन भएको काठ बिक्री नहुँदा परियोजनाका एक सय ४६ कर्माचारी विगत करिब एक वर्षदेखि तलब नपाएर आन्दोलित भएका छन् । सरकारले वन नियमावलीमार्फत गोलिया काठ मापन गर्ने नयाँ शूत्र (हुबर)

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

१४ श्रावण, महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका– ५ खैरबन्नीमा मामाघर आएका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । यसरी डुबेर मृत्यु हुनेमा सर्लाहीको गोडैता नगरपालिका ९ बस्ने महेश मलिक डोमको ५ वर्षकी छोरी चञ्चला कुमारी मलिक डोम र भारतको सीतामढी बथनाहा बस्ने राम भजन मलिकको छोरी वर्ष ४ की अर्चनाकुमारी

बलान नदी नियन्त्रण गर्न अस्थायी तटबन्ध निर्माण

१४ ,श्रावण ,लहान । लहान नगरपालिकाले सिरहा र सप्तरीको सिमाना रहेको बलान नदीको कटान रोक्न अस्थायी तटबन्ध निर्माण गर्न थालेको छ । नदीले पश्चिम किनार रहेका लहान–२३ को करैया तिलेबोना गाउँका किसानको सयौँ बिघा उर्वर जमिन कटान गरेर बस्तीतिर सोझिएपछि नगरपालिकाले चासो दिएको हो । अस्थायी तटबन्ध निर्माण गर्नका लागि

पानी नपरेपछि सुक्दै बोटबिरुवा

१३ ,श्रावण ,महोत्तरी । साउन दोस्रो साता बित्नै लाग्दासम्म राम्ररी पानी नपरेर धान रोपाइँ गर्न नपाएका यहाँका किसान यसपालि खडेरी पर्ने चिन्ताले पिरोलिएका छन् । धान रोपाइँ गर्न नपाइएको र अन्य बोटबिरुवा पानीबेगर सुक्दै गएपछि किसान यसपालि ठूलो खडेरी पर्ने चिन्ताले पिरोलिएका हुन् । “साउन आधा बित्नै लाग्यो, धान रोप्न

धनुष मन्दिरमा पानी माग्दै किसानले चढाए दुध

१३ श्रावण, जनकपुर । लामो खडेरीका कारण चिन्तित बनेका धनुषाधामका किसान वर्षाको कामना गर्दै धनुष मन्दिरमा दुध चढाएका छन् । साउन महिनाको दोस्रो साता बितिसक्दा समेत पानी नपरेर धान रोप्न नपाएर चिन्तित यहाँका किसान धनुषाधाममा रहेको प्रसिद्ध धनुष मन्दिरमा शनिबार दुध चढाएका हुन् । धनुष मन्दिरमा दुध चढाएमा वर्षा हुने जनविश्वास

सम्वन्धित समाचारहरु