Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

मलंगवामा निषेधाज्ञा जारी


५ ,असोज ,मलङ्गवा (सर्लाही) । सर्लाही जिल्ला सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा आजपनि जारी रहेको छ ।

दुई समुदायबीच झडप भएपछि सर्लाही सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यु) जारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय मलङ्गवाले गए राति १०ः०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कफ्र्यु आदेश जारी गरेको हो ।

मूर्ति विर्सजन (सेलाउन) जाने क्रममा मलङ्गवा–३ मा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन गए राति १०ः०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कफ्र्यु आदेश गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

पुरानो मलङ्गवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट/बाबा पेट्रोलपम्म) सीमा क्षेत्रभित्र कसैले आजवतजावत, भेला हुन, बाहिर हिँडडुल गर्न एवं अरु कुनै प्रकारको गतिविधि गर्न नपाइने कफ्र्यु आदेशमा भनिएको छ ।

कफ्र्यु आदेशपछि अहिले मलङ्गवाको स्थिति सामान्य रहेको सर्लाहीको प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।


प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?