Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

बिदाका दिन चलाइएका सरकारी गाडी युवाहरूले लिए नियन्त्रणमा


३० भदाै, जनकपुर । जनकपुरधामका युवाहरूले सरकारी बिदाका दिन सरकारी गाडी चलाउन नपाइने भन्दै शनिबारका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिएका छन् ।

सरकारी गाडीको दुरुपयोग बढेको भन्दै युवाहरूले जनकपुरधाम उपमहानगरपालिकास्थित भानु चोकमा शनिबारका दिन पनि सरकारी गाडी चलाएको भन्दै गाडी नियन्त्रणमा लिई धनुषा ट्राफिक प्रहरीलाई बुझाएका हुन् ।

राष्ट्रिय युवा सङ्घ नेपाल मधेश प्रदेशका अध्यक्ष लव अधिकारीको नेतृत्वमा गत शनिबारदेखि सञ्चालन गरिएको अभियानमा बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिइएको हो ।

उनका अनुसार दोस्रो साताको यो अभियानमा १५ मिनेटको अन्तरालमा ५ वटा सरकारी सवारी साधन नियन्त्रणमा लिइएको छ । गत शनिबार १२ वटा गाडी नियन्त्रणमा लिई ट्राफिक प्रहरीको जिम्मा लगाइएको थियो । अभियान प्रभावकारी भएकै कारण दुरुपयोग हुने गाडीको सङ्ख्या शनिबार न्यून देखिएको सङ्घका प्रदेश अध्यक्ष अधिकारीले बताए ।


प्रकाशित मिति: ३० भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?