काठमाडौँ । कम्युनिष्ट नेता तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा विष्णुबहादुर मानन्धरद्वारा लिखित ‘संङ्घर्षका पानाहरु’ पुस्तकको विमोचन गरिएको छ । शनिवार काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी मानन्धरको आत्माकथा ‘संङ्घर्षका पानाहरु’को विमोचन गरिएको हो । पुस्तक विमोचन कार्यक्रममा पूर्वराजदुत निलाम्बर आचार्यले विष्णुबहादुर मानन्धरजस्तो नेता आजको समाजमा फेला पार्न नसकिने बताएका छन् ।
काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ हाजिर जमानीमा रिहा भएका छन्। अमेरिकामा अध्ययनरत एक युवतीले बलात्कारको आरोप लगाए पनि औपचारिक उजुरी नपरेपछि उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा चैत २१ गते पक्राउ गरिएको थियो। उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको थियो । प्रहरीका अनुसार उनलाई शुक्रबार
काठमाडौँ। डिजिटल युगमा समाचारको स्वरूप बदलिँदै जाँदा पाठकको रुचि पनि दिनअनुसार फरक हुने गरेको पाइएको छ। विशेषगरी शनिबारका दिन मानिसहरू संघर्ष, सफलता र प्रेरणादायी कथातर्फ बढी आकर्षित हुने देखिएको छ। यसका पछाडि सामाजिक, मनोवैज्ञानिक र समय व्यवस्थापनसम्बन्धी विभिन्न कारणहरू रहेका छन्। साता भरि काम, व्यापार र दैनिकीमा व्यस्त रहने अधिकांश
काठमाडौँ । एकै महिनामा एक लाख २० हजार पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ को मार्चमा १ लाख २० हजार ५ सय १६ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । बोर्डको तथ्यांक अनुसार मार्च २०२६ मा दक्षिण एशियाली (सार्क) मुलुकबाट मात्रै ४२ हजार ६६८
काठमाडौँ । आज चैत्र शुक्ल पूर्णिमाका दिन हनुमान जन्मजयन्ती भव्य रूपमा मनाइएको छ । हिन्दु धर्मावलम्वीहरूले भगवान हनुमानको जन्मोत्सवको रूपमा यो पर्वलाई विशेष महत्वका साथ मनाउने गर्छन् । देशका विभिन्न भागमा हनुमान मन्दिरहरूमा भक्तजनहरूको घुइँचो लागेको छ । काठमाडौंको प्रसिद्ध हनुमानढोका, साँखु, बौद्ध, पशुपतिनाथ लगायतका क्षेत्रमा बिहानैदेखि पूजा–आराधना, हनुमान चालीसा
काठमाडौँ । पत्रकार तथा आख्यानकार वसन्त पराजुलीको उपन्यास ‘बखान’ लाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । साहित्य संगम चितवनले भरतपुरमा आयोजित एक समारोहबीच पराजुलीलाई नगद २० हजार रुपैयाँ, दोसल्ला तथा सम्मानपत्रसहित सम्मान गरेको हो । संस्थाका उपाध्यक्ष चिराग भण्डारीकाअनुसार साहित्य संगम चितवनले यसअघि १४ जना स्रष्टालाई
काठमाडौँ । नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा भारती घिमिरे र साकर आप्टे र अस्मिता अधिकारी, मदनकृष्ण श्रेष्ठ, विपिन कार्कीले स्वर दिनुभएको छ । त्यस्तै चलचित्रमा अभिनेता मदनकृष्ण श्रेष्ठसँगै सुनिल थापा, शिव श्रेष्ठ,
-सागर फुयाल (बर्लिन,जर्मनी) तिम्रो साथ खोजेको छु हो प्रिय जीवन मरणको दोसाँधमा छु आशा भन्नु तिमीमात्रै हात देऊ प्रिय बरू माग के माग्छ्यौ ताराजून? बाँयाँ हातको खेल ! दिन्छु, टपक्क टिपेर शीरमा सिउरिदिन्छु त्यो टिप्नको लागि पनि एउटै उपाय अवसानको यो दलदलबाट निस्कनु निकाल्नसक्ने तिमीमात्रै हात देऊ प्रिय ॥
काठमाडौँ। ‘कमरेड जलजला उपन्याशसको विवेचना’ नामक पुस्तक विमोचन गरिएको छ । शनिवार काडमाडौमा आयोजित एक कार्यक्रममा वामपन्थी नेपाल मोहनविक्रम सिंहले उक्त पुस्तकको विमोचन गरेका हुन् । वामपन्थी नेता मोहनविक्रम सिंहले जलजला उपन्यासले कर्म गर्ने तर व्यक्तिगत फलको आश गर्न नहुनेमा जोड दिएको बताएका छन् । उपन्यासको मुख्य उदेश्य संसारलाई आमामय
काठमाडौँ। चलचित्र विकास बोर्डको स्वायत्ततासम्बन्धी स्पष्ट नीतिगत व्यवस्था आवश्यक रहेको सांसदहरुले बताएका छन् । शुक्रवार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो धारणा राखेका हुन् । चलचित्र क्षेत्रको विकासमा सरकारले सहयोग गर्नुपर्ने तर बोर्डलाई पूर्ण नियन्त्रण वा पूर्ण स्वायत्त छोड्ने कुरामा सचेत हुनुपर्ने उनीहरुको भनाइ छ । उनीहरुले