Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन


काठमाडौँ। ‘कमरेड जलजला उपन्याशसको विवेचना’ नामक पुस्तक विमोचन गरिएको छ ।

शनिवार काडमाडौमा आयोजित एक कार्यक्रममा वामपन्थी नेपाल मोहनविक्रम सिंहले उक्त पुस्तकको विमोचन गरेका हुन् । वामपन्थी नेता मोहनविक्रम सिंहले जलजला उपन्यासले कर्म गर्ने तर व्यक्तिगत फलको आश गर्न नहुनेमा जोड दिएको बताएका छन् । उपन्यासको मुख्य उदेश्य संसारलाई आमामय बनाउने रहेको उल्लेख गर्दै उनले आमाले आफ्ना सन्तानहरुलाई निस्वार्थ माया गरेजस्तो सबैले निस्वार्थ भावले माया गर्न उपन्यासले आह्वान गरेको उनको भनाई छ ।

उनले भने, ‘उपन्यासको मुख्य उदेश्य हो, सारा संसारलाई आमामय बनाउने, आमामय बनाउनुको अर्थ हुन्छ, सबै मानिस हुने, मानिसहरुले आफ्ना सन्तानहरुलाई जस्तै निस्वार्थ भावले माया गर्छन्, त्यसैगरि नै माया गरौँ ।’

नेता दीनानाथ शर्माले उपन्याशमा सिंगो कम्युनिष्ट आन्दोलन भएको बताउदै जलजला साहित्यक उपन्यास मात्रै नभएर दर्शन, विचार, सिद्धान्त, राजनिति, समकालिन युग सबै भएको बताएका छन् । नेपालको सिंगो कम्युनिष्ट आन्दोलन जलजला उपन्यासमा पढ्न पाईने उनको भनाई छ ।

उनले भने, ‘उपन्यासमा पनि सिंगो कम्युनिष्ट आन्दोलन छ । उपन्यास मात्रै होईन यो । मैले मनोजजीको पुस्तक पनि हेरे उँहाँले पनि यही कुरालाई जोड दिनुभएको छ । यो उपन्यास साहित्यिक कृति मात्रै होईन । यहाँ दर्शन छ, विचार छ, सिद्धान्त छ, राजनिति छ, समकालिन युग छ । नेपालको सिंगो कम्युनिष्ट आन्दोलन हामीले जलजला उपन्यासमा पढन पाउँछौँ ।’

मोहन विक्रम सिंहले लेख्नुभएको जलजला उपन्यासलाई मनोज भट्टले विवेचना गरेर उक्त पुस्तक लेखेका हुन् ।


प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?