Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार


पत्रकार तथा आख्यानकार वसन्त पराजुलीको उपन्यास ‘बखान’ लाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । साहित्य संगम चितवनले भरतपुरमा आयोजित एक समारोहबीच पराजुलीलाई नगद २० हजार रुपैयाँ, दोसल्ला तथा सम्मानपत्रसहित सम्मान गरेको हो । संस्थाका उपाध्यक्ष चिराग भण्डारीकाअनुसार साहित्य संगम चितवनले यसअघि १४ जना स्रष्टालाई सम्मान गरिसकेको छ । कार्यक्रममा साहित्यकार उदय अधिकारीले शहीद शिवप्रसाद पौडेलको संक्षिप्त परिचय प्रश्तुत गर्दै २०३७ सालको विद्यार्थी आन्दोलनका क्रममा भएको बलिदानको स्मरण गर्नुभयो । कार्यक्रममा वक्ताहरूले ‘बखान’ उपन्यासले स्थानीय मुद्दालाई राष्ट्रिय स्तरमा स्थापित गरेको उल्लेख गर्दै कृतिले चितवनको सामाजिक यथार्थ बोकेको धारणा राख्नुभयो । प्राध्यापक डा. कर्ण बानियाँले वास्तविक घटनालाई आख्यानीकरण गर्दै पत्रकारिता र साहित्यको सुन्दर संगम प्रश्तुत भएको बताउनु भयो । उहाँकाअनुसार उपन्यासको पहिलो अध्याय केही जटिल भएपनि दोस्रो अध्यायदेखि कथा प्रवाहले पाठकलाई आकर्षित गर्छ । त्यस्तै सो अवसरमा साहित्यकार बालकृष्ण थपलिया, भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठान परिषद् सदस्य प्रकाश चापागाईलगायतले कृतिको प्रशंसा गर्नुभयो । सम्मान ग्रहणपछि लेखक वसन्त पराजुलीले उक्त सम्मानले आफ्नो लेखनलाई अझ परिस्कृत र सुधार गर्न प्रेरणा मिलेको बताउनु भयो । उहाँले वास्तविक जीवनका अनुभव तथा ज्येष्ठहरूसँग गरिएका संवादलाई आख्यानमा रूपान्तरण गरेको उल्लेख गर्नुभयो । साहित्यकार अनिल शर्मा ‘बिरही’ले ‘बखान’ ले विगतका बलिदानलाई वर्तमान आन्दोलन र उपलब्धिसँग जोड्दै यसको महत्व झल्काएको बताउनु भयो ।

काठमाडौँ । पत्रकार तथा आख्यानकार वसन्त पराजुलीको उपन्यास ‘बखान’ लाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ ।

साहित्य संगम चितवनले भरतपुरमा आयोजित एक समारोहबीच पराजुलीलाई नगद २० हजार रुपैयाँ, दोसल्ला तथा सम्मानपत्रसहित सम्मान गरेको हो । संस्थाका उपाध्यक्ष चिराग भण्डारीकाअनुसार साहित्य संगम चितवनले यसअघि १४ जना स्रष्टालाई सम्मान गरिसकेको छ । कार्यक्रममा साहित्यकार उदय अधिकारीले शहीद शिवप्रसाद पौडेलको संक्षिप्त परिचय प्रश्तुत गर्दै २०३७ सालको विद्यार्थी आन्दोलनका क्रममा भएको बलिदानको स्मरण गरेका छन्  । कार्यक्रममा वक्ताहरूले ‘बखान’ उपन्यासले स्थानीय मुद्दालाई राष्ट्रिय स्तरमा स्थापित गरेको उल्लेख गर्दै कृतिले चितवनको सामाजिक यथार्थ बोकेको धारणा राखेका छन्  ।

प्राध्यापक डा. कर्ण बानियाँले वास्तविक घटनालाई आख्यानीकरण गर्दै पत्रकारिता र साहित्यको सुन्दर संगम प्रश्तुत भएको बताए । उनकाअनुसार उपन्यासको पहिलो अध्याय केही जटिल भएपनि दोस्रो अध्यायदेखि कथा प्रवाहले पाठकलाई आकर्षित गर्छ । त्यस्तै सो अवसरमा साहित्यकार बालकृष्ण थपलिया, भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठान परिषद् सदस्य प्रकाश चापागाईलगायतले कृतिको प्रशंसा गरेका छन्  ।

सम्मान ग्रहणपछि लेखक वसन्त पराजुलीले उक्त सम्मानले आफ्नो लेखनलाई अझ परिस्कृत र सुधार गर्न प्रेरणा मिलेको बताएका छन् । उनले वास्तविक जीवनका अनुभव तथा ज्येष्ठहरूसँग गरिएका संवादलाई आख्यानमा रूपान्तरण गरेको उल्लेख गरेका छन्।

साहित्यकार अनिल शर्मा ‘बिरही’ले ‘बखान’ ले विगतका बलिदानलाई वर्तमान आन्दोलन र उपलब्धिसँग जोड्दै यसको महत्व झल्काएको बताए  ।


प्रकाशित मिति: १५ चैत्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?