Trending
>>   आज मिति २०८२ साल जेठ ११ गते आइतबार,हेर्नूहोस् आजको राशिफल >>   अन्तिम प्रहरमा परीक्षाको तयारी कसरी गर्ने ? >>   पर्यटन प्रवर्द्धनका लागि प्राकृतिक र धार्मिक सम्पदाको प्रभावकारी रूपमा उपयोग गर्न जरुरीः अध्यक्ष ढकाल >>   ‘३० वर्ष यताकै धेरै वर्षा हुनेः हिमाली क्षेत्रमा हिम पहिरोदेखि हिमताल विष्फोट हुनसक्ने चेतावनी’ >>   काँग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरु नगण्य छन्ः सभापति देउवा >>   देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भयोः उपप्रधानमन्त्री सिंह >>   जनताको अधिकारको नाममा नागरिकमाथि गोली प्रहार गर्नु माओवादीको हिंसाको चरम कायरता >>   काँग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्छौँः गृहमन्त्री लेखक >>   लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न काँग्रेस नेता कोईरालाको सुझाव >>   राम्रो लेखक हुन राम्रो पाठक पनि हुनुपर्छः मन्त्री पन्त
Logo
११ जेष्ठ २०८२, शनिबार
११ जेष्ठ २०८२, शनिबार

कोशी प्रदेश


कोशी प्रदेश सरकारले फरक ढङ्गले काम गरिरहेकोे छः मुख्यमन्त्री कार्की

इनरुवा,सुनसरी। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले फरक ढङ्गबाट जनताको समस्यालाई सम्बोधन गर्न विभिन्न काम गरिरहेको जानकारी दिएका छन् । उनले भने ,“ सरकारले प्रदेशको भौतिक पूर्वाधार,शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा फरक ढङ्गबाट विपन्न जनतालाई लाभ हुने गरी काम गरिरहेको छ । ” सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा स्थित जामिया

गुणस्तर सुधार गर्न सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षणमा जोड

भोजपुर। टेम्केमैयुङ गाउँपालिका–४ नागीले सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिएको छ । उक्त गाउँपालिकाले विद्यार्थीलाई प्रविधिमैत्री शिक्षणमा जोड दिँदै गुणस्तरमा सुधार ल्याउन पहल थालेको हो । त्यस्तै, शैक्षिक सुधारका लागि यहाँका शिक्षक तथा कर्मचारीलाई तीन महिने प्रविधिसम्बन्धी आइसिटी तालिम दिएको छ भने सो वडाले शिक्षक तथा कर्मचारीलाई प्रविधिमा दक्ष बनाउँदै,

भोजपुरको दुर्गम भेग हतुवागढीको बारीगाउँमा बिजुली

 टक्सार,भोजपुर। बिजुली बाल्ने चाहना पूरा भएकामा भोजपुरको दक्षिण हतुवागढी गाउँपालिका–८ बारीगाउँका रामबहादुर राईको परिवार हर्षले गद्गद् भएको छ । नेपाल विद्युत् प्राधिकरणले गाउँमा विद्युतीकरण गरेसँगै राई परिवारमात्र नभई छिमेकी पनि दङ्ग छन् । रामबहादुर भन्छन्, “गाउँमा बिजुली पुगेपछि म मात्रै होइन, गाउँका बूढाबूढी, तन्नेरीदेखि बालबालिका सबै खुसी छौँ ।” अहिलेसम्म

हतुवागढी गाउँपालिकामा लोकसेवा र शिक्षकसेवाको निःशुल्क तयारी कक्षा

भोजपुर। हतुवागढी गाउँपालिकाले लोकसेवा तथा शिक्षासेवा आयोगका परीक्षार्थीलाई लक्षित गरी स्थानीय स्तरमै निःशुल्क तयारी कक्षा सञ्चालन गरेको छ । उक्त गाउँपालिकाले यहाँका युवा जनशक्तिलाई आयोगको परीक्षा तयारीका लागि सहज होस् भन्ने उद्देश्यले कक्षा सञ्चालन सुरु गरेको हो । त्यस्तै, लोकसेवा र शिक्षकसेवा आयोगले लिने परीक्षा तयारीका लागि टाढा जानुपर्ने र

गठबन्धनका नेतालाई खुसी पार्न कोशीले ल्याएको अध्यादेशको एमालेद्वारा विरोध

काठमाडौं। कोशी प्रदेश सरकारले ल्याएको अध्यादेशको एमालेले विरोध गरेको छ । केही प्रदेश ऐन संशोधन गर्न ल्याएको अध्यादेश फिर्ता लिन एमालेले माग गरेको हो । एमाले कोशी प्रदेश संसदीय दलले आज पत्रकार सम्मेलन गर्दै गठबन्धन दलका नेताहरूलाई खुसी पार्न ल्याएको अध्यादेश फिर्ता नलिए सांसदबाटै निष्क्रिय पार्नेसम्मको चेतावनी दिएको हो ।

पानी जेटबोटले सहज बन्दै भोजपुरवासीको यात्रा

भोजपुर। भोजपुरको दक्षिणी क्षेत्रका नागरिकलाई सडकका माध्यमबाट तराईका जिल्ला पुग्न निकै कठिन हुने गरेको थियो । पछिल्लो समय अरुण नदीमा पानी जेटबोट सञ्चालनमा आएपछि स्थानीयलाई यात्रा गर्न सहज भएको छ । यसअघि यहाँका ठूला नदी दूधकोशी र अरुणमा पुल नहुँदा सवारीसाधन सञ्चालनका लागि स्थानीयले सास्ती भोग्दै आएका थिए । वर्षात्को

मन्त्रिपरिषद् विस्तारको तयारीमा कोशीका मुख्यमन्त्री कार्की

काठमाडौं। मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश सरकार विस्तारको तयारी गरेका छन् । उनले जिम्मेवारी सम्हालेको सय दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरेको भन्दै आलोचना भइरहेको छ । मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा मुख्यमन्त्री कार्कीले आज विभिन्न दलका नेताहरूसँग छलफल गर्ने भएका छन् । उक्त छलफलमा सहमति जुटाएर सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार

महामन्त्री थापाको ‘संवाद यात्रा’ सुरु: गगन-विश्व-प्रदिप एकैठाँउमा !

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आज १३ माघ देखि झापाबाट ‘संवाद यात्रा’ सुरु गरेका छन् । महामन्त्री थापाले आज शनिबार बिहान ८ बजे झापाको मेची भन्सारबाट यात्रा आरम्भ गरेका हुन् । समुदायमा कांग्रेस अभियानअन्तर्गत यात्रा शुभारम्भ कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य

‘फ्लोरक्रस’ हुँदा माओवादीकी चम्पादेवीकाे हार,कृष्ण सिटौला विजयी !

काठमाडाैं । कोशी प्रदेशबाट सत्तागठबन्धनका कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन्। ‘अन्य’तर्फ भएको प्रतिस्पर्धामा विपक्षी गठबन्धनबाट रापपाका उद्धव पौडेललाई पछि पार्दै सत्तागठबन्धनका सिटौला विजयी भएका हुन्। महिलातर्फ भने ‘फ्लोरक्रस’ हुँदा सत्तागठबन्धनले हार व्यहोरेको छ। सत्तागठबन्धनबाट माओवादीकी चम्पादेवी कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला विजयी भएकी छिन्।

प्रधानमन्त्री कपमा कोशी प्रदेशको लगातार आठौँ हार

काठमाडौं। राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार आठौँ हार बेहोर्नु परेको छ। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा कोशी प्रदेश आठौँ खेलमा सुदूरपश्चिमसँग आठ विकेटले पराजित भएको हो। कोशीले दिएको १२४ रनको लक्ष्य सुदूरपश्चिमले २१.१ ओभरमै दुई विकेट गुमाएर पूरा गरेको हो । सुदूरपश्चिमका लागि नरेन भट्टले अर्धशतक

सम्वन्धित समाचारहरु